×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

जलविद्युत् आयोजनासँगको विवादले सिँचाइ आयोजना अन्योलमा

BIZBAZAR
खोटाङ । रावाबेँसी गाउँपालिकामा सञ्चालन हुन लागेको जलविद्युत् आयोजना र सिँचाइ योजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । दूधकोशी पावर कम्पनी प्रालिको प्रवद्र्धनमा सञ्चालन हुने ६।५ मेगावाटको रावाखोला जलविद्युत् आयोजना र वडा नं ६ हौँचुरस्थित हौँचुर गरा सिँचाइ आयोजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको हो ।
हौँचुरबेँसीका करिब १०१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने सिँचाइ आयोजनाका लागि बोलपत्र आह्वानको म्याद दोस्रोपल्ट थप गर्दासमेत विवाद हल हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताउनुभयो । सिँचाइ आयोजनाको बोलपत्र ९ठेक्का० आह्वान भएपछि जलविद्युत् आयोजनालाई असर पर्ने भन्दै दूधकोशी पावर कम्पनीले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि नबढाउन निवेदन दिएपछि सिँचाइ आयोजनाको काम शुरु नहुँदै झमेलामा फसेको हो ।
हौँचुरमा सिँचाइ प्रणाली पुनःस्थापना आयोजना कुवेत फण्ड ९आइएसआइपी–केएफएइडी०अन्तर्गत रु पाँच करोड चार लाखको हौँचुर–गरा सिँचाइ आयोजनाको काम अघि बढाइएको थियो । विसं २०७६ मा विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको सिँचाइ योजनाको काम २०७९ असारसम्ममा पूरा गर्नुपर्ने म्याद छ । आयोजनाका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत चैत ३१ गते बोलपत्र आह्वान गरेको थियो । जलविद्युत् आयोजना र हौँचुर–गरा सिँचाइ आयोजनाका लागि एउटै मुहान रावाखोला भएपछि विवाद शुरु भएको हो ।
जलविद्युत् आयोजनाको मुहान सिँचाइ आयोजनाको भन्दा केहीमाथि रहेको बताइएको छ तर सिँचाइ आयोजनाले जलविद्युत् आयोजनालाई असर गर्ने दूधकोशी पावर कम्पनीका अध्यक्ष प्रेम लामाले बताउनुभयो । सिँचाइ आयोजनाका लागि कार्यक्रम तथा बजेट स्वीकृत गराएर निर्माण प्रक्रिया अघि बढाउने सहमति लिएसँगै वडा कार्यालय हौँचुरले गत वैशाख २७ गते ठेक्का प्रक्रिया अघि नबढाउन सिफारिस गरेको थियो । दुई आयोजनाबीच विवाद चर्किँदै गएपछि वैशाख २७ गते सिँचाइ योजनाले जलविद्युत्लाई असर गर्ने/नगर्ने सत्यतथ्य पत्ता लगाउन रावाबेँसी गाउँपालिकाले लिखित पत्राचार गरेको थियो ।
उपभोक्ता समितिसँग योजना सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको तथा बोलपत्र आह्वान भइसकेको अवस्थामा हालसम्म सो सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया रोक्का रहेको छ । दुई आयोजनाबीच चुलिएको विवाद समाधानमा भने हालसम्म कसैको पहलकदमी देखिएको छैन । वडा कार्यालय हौँचुर र गाउँपालिकाले पठाएको पत्रका आधारमा जलविद्युत्लाई पर्ने असरका बारेमा सम्बन्धित पक्षसँग समन्वय, छलफल र परामर्श गरी सात दिनभित्र सत्यतथ्य जानकारी दिन डिभिजन कार्यालयले वैशाख २९ गते उपभोक्ता समितिलाई पत्राचार गरेको थियो । त्यही बीचमा जेठ ६ गते वडा कार्यालय हौँचुरले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउन डिभिजनमा पत्राचार गरेको थियो ।
डिभिजन कार्यालयमा वडाको पत्र आएको भोलिपल्टै जलविद्युत् आयोजनाले गाउँपालिकालाई सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया स्थगन गर्न सिफारिस गरेको थियो । विवाद लम्बिँदै गएपछि सिँचाइ उपभोक्ता समितिले ठेक्काको म्याद सात दिन थप गरिदिन भन्दै जेठ २० गते डिभिजनसमक्ष माग गरेको प्रमुख ज्ञवालीले बताउनुभयो । विसं २०३८ मा निर्माण शुरु गरेर २०३९ मा पूरा गरिएको सिँचाइ योजनाले ओगटेको जग्गालाई विसं २०४१ मा नापी नक्सामा कायम गरिएको उपभोक्ता समितिको दाबी छ । हौँचुर-गरा सिँचाइ आयोजना नयाँ योजना नभई पुरानो कुलोलाई प्रणालीमा सुधार गर्न मात्र लागिएको सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लीलाध्वज केसीले बताउनुभएको छ ।
सिँचाइ कुलो स्थगन फुकुवाको माग गर्दै जेठ ९ गते गाउँपालिकासमक्ष माग गरेको उपभोक्ता समितिले जेठ १६ गते विज्ञप्ति जारी गरेको थियो । दूधकोशी पावर कम्पनी प्रालिका अध्यक्ष लामाले भने नामनिशानै नभएको कुलोको कुरा निकालेर करोडौँको लगानी फसिसकेको जलविद्युत् आयोजनामा विवाद झिकेको आरोप लगाउनुभयो । जलविद्युत् आयोजनालाई बिगार्ने नियत देखिएकाले जलविद्युत् र सिँचाइ आयोजनामध्ये कुनै एउटा मात्र आयोजना सञ्चालन गर्न सकिने अध्यक्ष लामाको भनाइ छ । जेठ १८ गते गाउँपालिकामा भएको बैठकमा पनि सिँचाइ योजनाको ठेक्का प्रक्रिया रोक्का राख्ने निर्णय भएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal