×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज बाट कार्यान्वयनमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज बाट कार्यान्वयनमा

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार संम्वाददाता

सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज बाट कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको व्यवस्था अनुसार अब दुई खाले लगानीकर्तालाई फरकफरक पुँजीगत लाभकर लाग्ने भएको छ ।

आइतबार देखिको सेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्ने भएको छ ।

बजेटले एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन र एक वर्षभन्दा धेरै अवधिको लागि सेयर राखेर बिक्री गर्नेलाई दिर्घकालीन लगानीकर्ता मानेको छ ।

सिडिएससी एण्ड क्लेयरिङ हाउसका अनुसार नयाँ पुँजीगत लागकर गणना प्रणाली आइतबारको कारोबारबाट कार्यान्वयनमा आउने जनाएको छ ।

जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरिएको ७८ / ७९ को बजेटमा पूँजीगत लाभकरको नयाँ व्यवस्था गरिएको थियो र यसअघि सबै लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: