×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने, अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने अर्थमन्त्रीको भनाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने, अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने अर्थमन्त्रीको भनाई

Artha Sarokar

१४ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् । बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा उनले मन्त्रीपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यजर गरेर मात्र बजेटको सम्बन्धमा कदम चाल्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उनले विज्ञहरुको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न आफूले गर्ने बताए । उनले उत्पादन र रोजगारीमा केन्द्रित भएर त्यसलाई सहयोग पुग्ने खालका पूर्वाधार विकास गर्ने कुरामा सरकारको ध्यान रहेको उल्लेख गरेका छन् । कार्यक्रममा पूर्वअर्थमन्त्री एवं पूर्व सभामुख कृष्ण बहादुर महरा र पूर्व अर्थमन्त्री डा. रामशरण महतले अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर पूर्ण आकारको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो ।

कृष्णबहादुर महरा भने, ‘अहिले पाँच दलको गठबन्धन सरकार छ । यो अवस्थालाई मध्यजनर गरेर सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनुपर्दछ । सोही आधारमा नयाँ बजेट ल्याउनुपर्दछ । मेरो राय अध्यादेश बजेटलाई प्रतिस्थापन गर्नुपर्दछ भन्ने छ । नयाँ बजेट नै ल्याउनुपर्दछ । पुरक बजेट ल्याउने चर्चा पनि भइरहेको छ तर त्यसो नगरी अध्यादेशलाई प्रतिस्थापन नै गरेर नयाँ बजेट ल्याउनुपर्दछ । कोभिड महामारीलाई कुशलतापूर्वक नियन्त्रण गरेर अर्थतन्त्रलाई चलाायमाान बनाउने खालको बजेट बनाउनुपर्दछ । कोभिड भन्याछ, राजश्वका स्रोतहरु बन्द ग¥याछ । यसरी हुँदैन । आर्थिक क्रियाकलाप संचालन हुने वातावरण बनाउनमा प्राथमिकता दिनुपर्दछ ।

बजेट कार्यान्वय प्रक्रियामा सुधार ल्याउनुपर्दछ । बजेट कार्यान्वयनमा ढिलाई हुने काम रोकिएन । पुँजीगत खर्च बढाउन सकिएन । समयमा काम हुँदैन । जेठ असार तिर काम गर्ने प्रवृत्तिमा सुधार गर्नुप¥यो । बजेट कार्यान्वयन हुने खालको केही नयाँ कार्यक्रमहरु पनि ल्याउनुपर्याे । श्रम हामीसँग छ । स्रोत साधन हामीसँग छ । आन्तरिक स्रोतको कमी छैन । यसलाई उपयोग गर्नुप¥यो । मुलुकमा समृद्धिको चाहनालाई पूरा गर्ने हो भने आन्तरिक स्रोत साधनको उपयोग गर्ने खालको बजेट कार्यक्रम ल्याउनुपर्दछ । वित्तीय हस्तान्तरण म अर्थमन्त्री हुँदा सुरु भएको हो । नियमनको प्रभावकारी मापदण्ड बनाएर वित्तीय हस्तान्तरण गर्न कञ्जुस्याँई गर्नुहुँदैन । सबै प्रदेशका अर्थमन्त्रीहरुसँग निरन्तर छलफल गरी उनीहरुलाई सक्रिय तुल्याउनुपर्दछ । वित्तीय अराजकता आउन नदिनेतर्फ पनि ध्यान दिनुपर्दछ । ठूला आयोजना मात्र संघीय सरकारले संचालन गर्ने तर अन्य ससाना आयोजनाहरु प्रदेश र स्थानीय तहहरुलाई नै गर्न दिनुपर्दछ । यसरी मात्र संघीयताको राम्रोसँग कार्यान्वयन हुनसक्छ ।

यस्तै डा.रामशरण महतले भने, ‘काम चलाउ सरकारले अध्यादेशबाट बजेट ल्याउनु गलत थियो । संसदको विश्वास प्राप्त सरकारले मात्र पूर्ण आकारको बजेट ल्याउनुपर्छ । काम चलाउ सरकारले काम चलाउ बजेट मात्र प्रस्तुत गर्नुपर्ने हो, संसदको पुनस्थापना हुने अवस्थामा पूर्ण आकारको बजेट ल्याउनु ठिक थिएन । अध्यादेशलाई नै प्रस्तुत गर्ने काम भएको छ संसदमा, अध्यादेशमा भएका सकारात्मक कुरा समावेश गर्ने र नमिलेका कुराहरुलाई सच्याएर नयाँ बजेट ल्याउनुपर्दछ । कार्यान्वयन गर्नसक्ने बजेट ल्याउनुपर्दछ । वास्तविक बजेट ल्याउनु पर्छ, कृत्रिम बजेट प्रस्तुत गर्नुहुँदैन । बजेटका लक्षहरु पूरा नहुने अवस्था आइराखेको हुन्छ । बजेटकाो आकार अनावश्यक रुपमा ठूलो बनाउने गरिएको छ । १३ अर्बभन्दा बढीको बजेट कार्यान्वयन हुन सक्दैन । १० महिनामा ८ सय अर्बजति मात्र खर्च हुने गरेको छ ।

साढे १६ सयको बजेट वास्तविक बजेट होइन यस्तो बजेट जिडिपीको ४० प्रतिशतको हाराहारीमा हुनपुग्यो । पुँजीगत खर्च कम हुने अवस्था जहिले पनि आउने गरेको छ । कार्यान्वयन गर्ने क्षमता कमजोर भएर यस्तो भएको हो यसलाई ध्यानमा राखेर बजेट प्रस्तुत गर्नुपर्छ । वितरणवादी बजेट बनाउनु हुँदैन । ठूलो बजेट बनाउनलाई ऋण लिने चलन छ । पहिले पहिले ८५ प्रतिशत राजश्व र बैदेशिक अनुदानको आधारमा बजेट बनाउने गरिन्थ्यो । तर अहिले कुल बजेटको ३७ प्रतिशत ऋण लिएर बजेट बनाउने काम भयो । आजभन्दा ६ वर्ष अगाडि जिडिपीको कुल तिर्नुपर्ने ऋण जिडिपिको २५ प्रतिशत थियो तर अहिले ३८ प्रतिशत पुगिसकेको छ । प्रति व्यक्ति ऋण भार ५२ हजार पुर्याइ सकिएको छ । यो ज्यादै नराम्रो स्थिति हो । जिडिपिको २ प्रतिशतसम्म मात्र आन्तरिक ऋण उठाउनुपर्दछ । हामीकहाँ जिडिपिको ६ प्रतिशत आन्तरिक ऋण पुर्याएर भावि पुस्तालाई अप्ठेरो पारिएको छ ।

कर्मचारीको संख्या घटाउनुपर्दछ । प्रशासनिक खर्च घटाउनुपर्दछ । सामाजिक सुरक्षाको कार्यक्रम सबैलाई एकैनासले हैन कि आम्दानीको स्रोत कमजोर हुनेहरुको लागि लक्षित गरेर व्यवस्था गर्नुपर्दछ ।
प्रदेश सरकारले र स्थानीय सरकारले गर्नुपर्ने कामहरु पनि संघबाट घोषणा भएका छन् । यस्तो कुरा सच्याउनुपर्दछ । राजनैतिक हितलाई ध्यानमा राखेर बजेट बनाउने गरियो । वास्तविक खालको आकार हुनुपर्दछ । बैदेशिक ऋण बढाउनु हुँदैन । बजेटको मुख्य उद्देश्य कोभिड खोप सबै नेपालीलाई दिनुपर्दछ । निशुल्क खोप लगाउनुपर्दछ । स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड गर्नु पर्दछ । राहत वितरणमा निम्न वर्गलाई समेट्नुपर्दछ । रोजगारी सृजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्दछ । नेपाललाई क्लीन इनर्जी पावर हाउसका रुपमा परिणत गर्ने खालको कार्ययोजना ल्याउनुपर्दछ । हाइड्रो प्रोजेक्टहरुको निर्माण सम्पन्न गर्ने कार्यक्रम ल्याउनुपर्दछ । जलविद्युत क्षेत्रमा बैदेशिक लगानी आकर्षित गर्नुपर्दछ ।

रोजगारी खाली पैसा बाँड्नेमा होइन कि जनशक्तिको दक्षता बद्धि गर्नेतर्फ खर्च गर्नुपर्छ । प्राविधिक तालिमको व्यवस्था गर्नुपर्दछ । क्षमतावान बनाएर मात्र बाहिरबाट आएको जनशक्तिलाई प्रतिस्थापन गर्न सकिन्छ । औद्योगिक क्षेत्रमा उत्पादन बढाउनको लागि काम गरौं । आयस्रोत नहुनेहरुलाई बरु भत्ता सहितको सीप विकास गर्नुपर्दछ । आयोजना छनोट गर्दा नयाँ आयोजनामा भन्दा पूराना आयोजना सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्दछ । विना अध्ययनका राजनीतिक स्वार्थका नयाँ नयाँ आयोजना छनोट गर्ने चलन छ । यसलाई तोड्नुपर्दछ । रेल र पानीजहाजका सपना बाँड्नेभन्दा राम्रो रोड बनाउनुपरो । रेल नै चाहिने हो भने पनि राम्रोसँग अध्ययन गरेर मात्र त्यसबारे सोच्नुपर्छ । सडक सञ्जालले धान्न नसक्नेगरी व्यापार हुनथाल्यो भने मात्र रेलको जरुरी छ । तर अझै २० वर्षसम्म सडक सञ्जालले नै धान्नसक्छ नेपालमा । रेल भनेको निकै महङ्गो छ । गाँउ गाँउमा १२ महिना चल्ने सडक बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्दछ । आधारभूत आवश्यकता पूरा भइसकेपछि मात्र विलासिताको चरणमा प्रवेश गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी