काठमाडौं । मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा ६ वटा बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा लिङतेप एवं खाम्लुङ्ग गा.वि.स. (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा.लि प्रवद्र्धक रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कुमारी बैंक मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एस.बि.आइ बैंक र सिभिल बैंकसहित ७ बैंकले ऋण लगानी गर्ने भएका हुन् ।
उक्त आयोजनामा ७ बैंकले ७०० करोड रुपैयाँ (६७५ करोड आवधिक कर्जा र २५ करोड चालु पूजी कर्जा) ऋण लगानी गर्ने भएका हुन् । यस सम्बन्धमा प्रवद्र्धक कम्पनी र बैंकले मिति २०७८ श्रावण ०७ गते बिहीबारका दिन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । परियोजनाको अनुमानित लागत करीब ९ अर्ब रहेको उक्त आयोजनामा बैंकले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंकबाट १ अर्ब, मेगा बैंक नेपालबाट १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब नेपाल एस.बि.आइ बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट १ अर्ब र सिभिल बैंकबाट ५० करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने भएको छ ।
आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमानै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा जानकारी गराईएको छ । निर्माण सम्पन्न पश्चात उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघुस्थित सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घण्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्