×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले चीनसँग गोप्य सम्झौता गरेको खोप विश्वकै महँगो भएको खुलासा, हेर्नुहोस कुन कम्पनीको खोप कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालले चीनसँग गोप्य सम्झौता गरेको खोप विश्वकै महँगो भएको खुलासा, हेर्नुहोस कुन कम्पनीको खोप कति ?

Artha Sarokar

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । चीनबाट सन् २०१९ को डिसेम्वरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्वलाई नै आक्रान्त पारेको छ । यो महामारीबीच बच्न विश्वका धेरै कम्पनीहरूले खोप निर्माण कार्यका लागे । कोभिड विरुद्धको खोप निर्माणमा अमेरिकादेखि बेलायत, चीन, दक्षिण कोरिया, रसिया, भारतलगायतका देश लागि परे ।
यी देशहरूले फाइजर बायोटेक, मोडेर्ना, एस्ट्रेजेनका (कोभिशिल्ड लगायत), जोन्सन एण्ड जोन्सन, स्पुतनिक–५, सिनोभ्याक्स (भेरोसेल), नोभाभ्याक्स र भारत बायोटेकका खोप उत्पादन गरेर प्रयोगमा आएका छन् । भारत र कोरियाले अक्सफोर्ड विश्वविद्यालयको एस्ट्रेजेनेकाको खोप उत्पादन गरिरहेका छन् भने अन्य देशले आफ्नै खोप बनाइरहेका छन् ।
कुन कम्पनीको खोप कति ?
उत्पादित खोपमा सबैभन्दा महँगो अमेरिकन औषधि उत्पादक कम्पनीले मोडर्नाले गरेको छ भने दोस्रो महँगो चाइनीज कम्पनीले उत्पादन गरेको भेरोसेल खोप परेको छ । मोडर्नाको खोप प्रति डोज २५ देखि ३७ डलर तोकिएको छ भने भेरोसेल खोपको मूल्य ३० अमेरिकी डलर रहेको छ ।
भारत बायोटेकले उत्पादन गरेको खोपको मूल्य सबैभन्दा कम २ डलर र एष्ट्रेजेनेकाले उत्पादन गरेको खोप मूल्य ५ डलर पर्नेछ । फाइजर खोपको मूल्य १९.५ डलर, नोभाभ्याक्सको १६ डलर, जोन्सन एण्ड जोन्सन र स्पुतनिकले उत्पादन गरेको खोपको मूल्य १० डलर पर्छ ।
चीनसँग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोप्य सम्झौता गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप विश्व कै महँगो खोप बनेको छ । सबै नेपाललाई खोप लगाउँदा सरकारले करिब पौने खर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ ।
विश्व बजारमा उत्पादन भएका खोपको औसत मूल्य ३० डलर राखेर हिसाव गर्दा करिब ७० अर्ब खोपका लागि खर्च गर्नुपर्ने देखिएको हो । यो मूल्य पहिलो डोजको लागि मात्र हो । पूर्ण खोप लगाउँदा भने नेपालले करिब डेढ खर्ब खर्चेमा सबै नेपालीलाई खोप लगाउन सक्ने देखिएको छ ।
नेपालमा कतिले लगाए नेपालमा खोप ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप लगाउन पाएका छन् ।स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना छ । यीमध्ये ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा लगाएका छन् ।
२६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।
हालसम्म झन्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी