×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्थापनासहितको प्याकेज ल्याउने सरकारको तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्थापनासहितको प्याकेज ल्याउने सरकारको तयारी

६ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई दुई दशकभित्र गरिवीमुक्त गर्न सकिने बताउनुभएको छ । चुनौतीपूर्ण अवस्थाकाबीच उज्ज्वल सम्भावना रहेको भन्दै उहाँले युवा बहुल जनसंख्या भएको देशमा विकासको गतिलाई तीब्रता दिन सकिने धारणा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यमा देशमा गरिवी अन्त्य गर्न सकिने धारणा व्यक्त गर्नुभएको हो । परिसंघले अघि सारेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उहाँले सरकार उक्त अभियानको साथमा रहेको बताउनुभयो । “आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार हो” उहाँले भन्नुभयो “देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।”
हाल २ खर्ब १५ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान चलाउन थालिएको जानकारी दिनुहुँदै उहाँले त्यसमा उद्योग परिसंघको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सरकारको सोच कार्यान्वयनको लागि एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्यातमुखी अर्थतन्त्रको विकास गर्न उत्पादित वस्तुको गुणस्तर र मूल्यको सन्तुलन कायम हुनुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री शर्माले कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्थापनासहितको प्याकेज ल्याउने तयारी भइरहेको जानकारीसमेत दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: