Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : भत्ता लिन सन्धिखर्कस्थित मेगा बैंकको लाईनमा ज्येष्ठ नागरिक, डुङ्गाबाट नदी वारपार गर्न स्थानीयबासी

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सन्धिखर्कमा रहेको मेगा बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लाइनमा बसेका ज्येष्ठ नागरिकदेखि कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदी डुङ्गामार्फत वारपार गर्न बाध्य स्थानीय बासिन्दासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
सन्धिखर्कमा रहेको मेगा बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लाइनमा बसेका ज्येष्ठ नागरिक । मालारानी गाउँपालिकाबाट समेत सामाजिक सुरक्षा भत्ता लिन गाडी चढेर उनीहरु बैंकमा आएका छन् ।

कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदी डुङ्गामार्फत वारपार गर्दै स्थानीय बासिन्दा । हुलाकी राजमार्गमा निर्माण हुन लागेको पुल दस वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि वर्षातको समयमा स्थानीय बासिन्दा ज्यानको जोखिम मोलेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छन् ।

कर्णाली र तिला नदीको दोभानमा रहेको कालिकोट शुभकालिका गाउँपालिका–१ को जिते बजार बाढीपहिरोको उच्च जोखिममा ।

म्याग्दीकोे बेनी नगरपालिका ६ चुत्रेनीमा रोपाइँका लागि तयारी गर्दै किसान । यस वर्ष समयमा नै वर्षा भएकाले रोपाइँ गर्न सजिलो भएको छ ।

काभ्रेको केराबारीबाट देखिएको पाँचखाल बजार क्षेत्र ।

फलफूलका बिरुवा लिन पालो कुर्दै कैलालीको चुरे गाउँपालिका– ६ का स्थानीय बासिन्दा ।

वीरेन्द्रनगर नगरपालिका– २ कोलडाँडा सुर्खेतको भित्री सडक खण्डमा अवस्थित स्थानीय व्यक्तिका जग्गामा प्राकृतिकरुपमा उम्रिएको एक हजार ३५० वटा गाँजाका बुटा सुर्खेत र प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा नष्ट गरिएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रको याङमा ब्लकमा देखिएको नाउर । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक हजार ४२१ वटा नाउर रहेको गत महिना नाउर गणनाको तथ्याङ्कले जनाएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसेमा निर्माण भएको भ्यू टावर र अन्नपूर्ण हिमशृङ्खलालाई ड्रोन क्यामेराबाट लिइएको मनोरम दृश्य ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK