×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ लाई कसरी रोक्न ? यो हुन् मेरो राजेश कार्कीका सुझाव

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ लाई कसरी रोक्न ? यो हुन् मेरो राजेश कार्कीका सुझाव

राजेश कार्की । जो अगुवा उही बाटो हगुवा भने झैं नेपालको शेयर बजारमा नियामक निकायको संलग्नतामा हालसम्मकै ठूलो इन्साईडर ट्रेडिङ भएको आसंका गरिएको छ। नेपालको सेयर बजारको प्रमुख नियमनकारी निकाय नेप्से प्रमुख, नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा संचालककै संलग्नतामा सेयरको भित्री कारोबार भएको हल्ला बाहिरिनु हाम्रो लागि पक्कै राम्रो हैन। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र बोर्ड संचालक समितिका सदस्यसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, नेप्से प्रमुख चन्द्र सिंह साउद सर्वोत्तम सिमेन्टको धितोपत्रको भित्री कारोबार प्रकरणमा मुछिएको खबरले समस्त नेपाली सेयर बजार दुखित बनेको छ। नेपालको सेयर बजारको इतिहासमा पहिलो पटक बुक बिल्डिङ बिधिबाट प्राथमिक शेयर जारी गर्न लागेको सर्बोत्तम सिमेन्टको सेयर, नेप्से प्रमुख साउद बोर्ड अध्यक्ष ढुंगाना र सदस्य ढकालको परिवारका सदस्यको नाममा खरिद गरिएको यो खबर मंगलबार प्रकाशित भएको हो ।
जसरि आज भ्रष्टाचारले पुरा समाजलाई, देशलाई भित्रै देखि खोक्रो बनाएको छ त्यसरी नै इन्साइडर ट्रेडिङले देशको अर्थतन्त्रको मेरुदण्ड पूँजी बजारलाई खोक्रो बनाएको छ। यस्तो काम हाम्रो छिमेकी मुलुक भारतमा भएको प्रमाणित भएको खण्डमा त्यस्तो कार्य गर्ने गराउनेलाई तत्काल बर्खास्त गरेर हदैसम्मको कारवाही हुन्थ्यो । चाईनामा भएको भए सुलीमा चढाईन्थ्यो। यो बिषय नेप्से अध्यक्षज्यु, धितोपत्र बोर्ड अध्यक्षज्यु र ईन्साईडर ट्रेडिङका सम्बन्धमा महिनौं देखी गहन अनुसन्धानमा ब्यस्त अर्थ समिती अध्यक्षज्यु समक्ष पुगोस्।
के हो इन्साइडर ट्रेडिङ भनेको ?
कुनै पनि कम्पनीका मेनेजमेन्ट टिम या तिसँग सम्बन्ध भएका कुनै मानिसले त्यो कम्पनिको कुनै पनि भित्रि खबरको आधारमा सेयर खरिद बिक्रि गरि गलत तरिकाले नाफा कमाउन खोज्दछ भने त्यसलाई इन्साइडर ट्रेडिंग भनिन्छ। सेयर बजारमा सूचिकृत भएका कम्पनीका गोप्य र सार्वजनिक नभइसकेका सुचनाहरु चुहावट गर्नु अनैतिक र गैरकानुनी काम हो। यस्तै सूचनाका आधारमा सेयर खरिद बिक्री गरेर आफु र आफु नजिकका ब्यक्तिहरुलाई फाइदा गराउने कार्य नै इन्साइडर ट्रेडिङ हो ।
इन्साइडर ट्रेडिङ वा भित्रि सूचनाको आधारमा गरिने ट्रेडिङ भनेको परिक्षामा प्रस्नपत्र पहिलेनै थाहा पाएर परिक्षामा बस्नु जस्तो हो, जसरि यसो गर्दा अन्य परिक्षार्थीलाई अन्याय हुन्छ त्यो भन्दापनि ठुलो अन्याय हो यो किन कि सोझा मानिस जसले बजारमा लगानी गरेका हुन्छन तिनको सम्पति यस्ता भाइरस ट्रेडरले सजिलै कुम्ल्याएर खरानी बनाइदिन सक्छन ।
इन्साइडर ट्रेडिङ जस्तो घृणित कार्य किन गरिन्छ त ?
हाम्रो प्रचलित शिक्षा तथा समाज जहिले पनि पैसा (धन) लाई सम्मानित गर्ने रहेको छ। पैसा भएकोलाई या पद मा पुगेकोलाई मात्र समाजको आधार स्तम्भ मान्ने हाम्रो समाजमा हरेकलाई अन्य भन्दा बिशिस्ट देखिनु छ। जीवनको कुनै भर छैन तर पनि यहाँ ज्ञान विवेक प्रेम सद्भावको कुनै मूल्य छैन। मूल्य छ त केवल पैसाको, साधान चाहे गलत होस् या सहि तर हरेकलाई यो सिद्ध गर्नु छ कि म केहि हो त्यसैले पैसा कमाउनु छ। खान नै नपाएका छोरा छोरीको भोक मेटाउन चोरी गर्ने एक चोरलाई दुत्कार्ने, पिट्न पछि नपर्ने हामी अनि गैरकानुनी ढंगबाट संस्था या कम्पनीका सूचनाहरुमा पहुँच बनाएर वा कम्पनीका उच्च अधिकारीहरु आफैंले ब्यक्तिगत स्वार्थको लागि त्यस्ता सूचनाहरु चुहावट गरेर र त्यसैका आधारमा अनेक हल्ला फैलाएर सर्वसाधारणको पैसा डकैति गर्नेहरुलाई यहाँ ‘अद्धितिय क्षमता भएकोु र ‘स्मार्ट’ लगानीकर्ता भनेर सम्मान गर्ने पनि हामी। यो हो हाम्रो समाजको मनोविज्ञान।
अर्को कुरा यसरि इन्साइडर ट्रेडिंग गर्ने व्यक्तिको आफ्नो पेशा प्रति पनि कुनै इमान्दारिता हुँदैन, त्यस्तो इमान्दारिता नभएको व्यक्तिले आफु स्वयं कार्यरत संस्था, कम्पनिको उत्थानमा के कार्य गर्नेछरु कम्पनिलाई अझ माथि लान के नै योगदान दिन सक्ला रु कुनैपनि कम्पनी राम्रो हुन कम्पनीको प्रमुख, ब्यबस्थापन या कर्मचारीमा मेहनत, इमान्दारिता र विवेक हुनु पर्दछ, त्यसमापनि इमान्दारिता सबै भन्दा महत्वपुर्ण हुन्छ। इन्साइडर ट्रेडिंग गर्न पल्केका प्रमुख, ब्यबस्थापक या उच्च अहोदाका कर्मचारीको पुरा ध्यान जब आफ्नो व्यक्तिगत फाइदामा मात्र हुन्छ भने तिनीहरुले संस्था, कम्पनि लाई अझ मजबुत अन्य भन्दा सबल बनाउन तिर ध्यान दिन सक्दैनन्।
कसरी हुन्छ इन्साइडर ट्रेडिङ ?
मानौं कुनै (ब) कम्पनि छ र त्यसले आफ्नो टोटल मुनाफा लाई अघिल्लो वर्ष भन्दा दोब्बर बनाएको छ । यो जानकारी त कम्पनि को मुख्य मुख्य व्यक्ति लाई मात्र थाहा हुन्छ। अब त्यो जानकारी सार्बजनिक हुनु पहिले नै यस बाट फाइदा उठाउन कम्पनीको कुनै व्यक्तिले प्रतक्ष या परोक्ष रुपमा सेयरको खरिद या बिक्रि गरि नाफा कमाउदछ्न। उदाहरणको लागि कुनै कम्पनीले बोनस सेयर घोषणा गर्दैछ भने केहि दिन देखि अचानक उक्त कम्पनीको सेयर कारोबार र मूल्यमा वृद्धि हुन्छ । लामो समयसम्म कारोबारको संख्या र मूल्य स्थिर रहेको उक्त सेयरमा एकाएक उछाल आउनुमा त्यहाँ सूचनाको चुहावट भएको तथ्य सजिलै पुष्टि हुन्छ। यस्ता सूचनाका स्रोतहरु कम्पनीको बोर्ड, प्रमुख कार्यकारी, कम्पनी सचिव वा अन्य माथिल्लो तहका कर्मचारी हुने गर्छन्।
कसरि रोक्न सकिन्छ त इन्साइडर ट्रेडिङलाई ?
१. कम्पनी, संस्था स्वयम् ले आफ्नो उच्च अधिकारीको कुनै पनि नाता गोता या साथी भाईको उचित विवरण राख्नु पर्ने जो संग उसले कम्पनीको संबेदनशील कुरा या बित्तिय लेनदेनको कुरा गर्न सक्छ।  (यो कुराले आम लगानीकर्ता लाई मात्र नभएर कम्पनि लाई नै ज्यादा फाइदा दिने)
२. कम्पनीमा सूचनाको पहुँच राख्ने को–को इन्साइडर हुन सक्छन तर सीइओ, अध्यक्ष, कम्पनी सचिव लगायत होलान् । तिनीहरु र तिनका आफ्न्त र परिवारको कारोबार सिस्टमले नै पनि ट्रयाक गर्ने र ‘अर्लट’ गर्ने प्रणालीको विकास गर्ने ।
३. कुनै कम्पनिको वित्तीय विवरण आउंदैछ र त्यसमा बोनस दिने कुरा, कम्पनिको नाफाको कुरा छ। त्यो विवरण २५ गते सार्वजनिक गर्ने कुरा छ तर अब १० दिन अगाडी देखि नै त्यो कम्पनिको सेयरको मूल्य एकाएक बढ्न थाल्यो भने पहिलो ठुलो परिमाणमा कसले उठायो यो सजिलै हेर्न सकिने पत्ता लगाउन सकिने कुरा हो। मानौं मैले प्राय सेयर खरिद गर्दा २०० या ३०० कित्ता को दरले खरिद गर्दथे तर एक्कासि मैले कुनै खास कम्पनिको सेयर ३००० कित्ता खरिद गरे भने त्यो शंकास्पद छ । ठुलो परिमाणमा खरिद गर्ने रेगुलर कारोबारी हो कि होइन खास कम्पनीको मात्र ठुलो परिमाणमा सेयर उठाएको छ कि आदि कुरा चेक गरेर उक्त व्यक्तिको सो कम्पनीको कोहि ठुलो पदमा आसिन व्यक्ति वा बोर्ड मेम्बेर संगको सम्बन्ध बारे थप अनुसन्धान गरि इन्साइडर ट्रेडिंगको बारे थाहा पाउन सकिन्छ । यदि नियामकले चाहने हो भने कुन सेयर ब्रोकरबाट कति संख्यामा उल्लेख्य र शंकास्पद ढंगले सेयर कारोबार भयो भनेर जान्न कुनै आइतबार पर्खि रहनु पर्छ जस्तो लाग्दैन। नेपाल स्टक एक्चेन्जको ‘फ्लोर सीटमा’ गएर हेरे तुरुन्त पत्ता लागि हाल्छ । अब कसले कुन सेयर कति संख्यामा खरिद गर्‍यो भनेर धितोपत्र बोर्डले सम्बन्धित ब्रोकरलाई सोधेमा तीनपुस्ते नामावली तुरुन्त उपलब्ध हुनसक्छ ।
हामी साधारण लगानीकर्ताले त यसरि अनैतिक इन्साइडर ट्रेडिंगको बारे थाहा पाउछौं भने सेबोन र नेप्सेले नेपाल प्रहरीको सहयोगले पक्कै पनि अझ राम्रो किसिमले यो कार्य गर्न सक्छन । अर्थमन्त्री जनार्दन शर्मा जी को उर्जा मन्त्रालयमा हुँदाको काम हेर्ने हो भने केहि गरौँ भन्ने चाहना स्पष्ट देखिन्छ, आशा छ वहा बाट सेयर बजार लाई स्वच्छ बनाउने यस्ता केहि कार्य गरि आम र साधारण परिवारको रोजी रोटिको यो क्षेत्र लाई थप मजबुत बनाउने छ।
सेयर बजारले गुणात्मक रुप मा फड्को मार्नका लागि धेरै भन्दा धेरै लगानीकर्ता बजारमा पस्नु जरुरि छ र पसेका लगानीकर्ताले यो क्षेत्रलाई आफ्नो पैसा लगानी गर्नका लागि उपयुक्त र विश्वसनिय क्षेत्रका रुपमा विश्वास गर्न पनि उत्तिकै जरुरी हुन्छ । यसका लागि कसैले पनि इन्साइडर ट्रेडिंग गरेको प्रमाणित भए उसलाई कारवाहीको भागिदार बनाउदै यहाँ उपस्थित सबै लगानीकर्ताले समान हैसियतमा लगानी गर्न पाउँछन् र पैसा वा पहुँचको आधारमा कसैले पनि बजारबाट अनाधिकृत नाफा कुम्ल्याउने छुट छैन भनेर सबैलाई प्रत्याभुत गराउनु अत्यावश्यक छ ।
त्यसैले बजारसँग सम्बद्ध सबै निकायहरुले बजार बढ्दा वा घट्दा सामान्य विज्ञप्ती जारी गरेर पन्छन खोज्नु भन्दा केही नीतिगत कार्य गरी बजारका इन्साइडर ट्रेडिङ तथा यस्ता अनेकौं विकृति रोक्नमा नै केन्द्रित हुनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: