काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना झण्डै ११ वर्षपछि सम्पन्न भएको छ । उक्त जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०-१३२ केभीको छ । “सवस्टशेन आज चार्ज भई काठमाडौँसम्म बिजुली जोडिएको छ । यो आयोजनाका लागि अर्को महत्वपूर्ण सफलता हो”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु–काठमाडौँ प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताउनुभयो ।
कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल चार युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ । अन्य दुई युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने तयारीे छ ।
उक्त सवस्टेशनमा १०० केभी क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ ।
सुरुवाती लागत ३५ अर्ब भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर ८४ अर्बको हाराहारीमा पुगेको छ । यो आयोजनाले स्वदेशी लगानीमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्