काठमाडौं । दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारीले समयमा जाँच पास नगर्दा आयातकर्ताको मालसामान दसैँमा बेच्न पाउने आश मारेको बताइएको छ । चिनियाँ नाकामा सामान रोकिँदा व्यापार प्रभावित भएको छ । सरकारको लापर्बाहीका कारण उत्तरी नाकामा भन्सार पास नहुँदा दशैँका लागि आएका सामानहरू दशौँ दिनसम्म रोकिन पुगेका छन् । दशौँ दिनसम्म नाकामा सामान रोकिँदा दशैँको व्यापारलाई असर गरेको व्यापारीले गुनासो गरेका छन् ।
‘नाकामा सामान रोकिँदा दशैँको व्यापार चौपट भयो’, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले भने ।अहिले दशैँका लागि बजारमा सामान नै नभएकाले व्यवसायीहरूले पुराना तथा नेपाली सामान मात्रै बेचिरहेको उनले बताए । दशैँमा सबैभन्दा बढी कारोबार हुने भए पनि सामान रोकिँदा व्यवसायीहरू मारामा परेको व्यवसायीको गुनासो छ । ‘व्यवसायीले घरखेत धरौटीमा राखेर सामान हालेका हुन्छन्, समयमा सामान नआउँदा व्यवसायीहरूको उठीबास लागेको छ’, अध्यक्ष कटवालले भने । सरकारले हरेक वर्षका चाडबाडमा यस्तो लापर्बाही गर्दै आएको छ । सामान आउन ढिला भएपछि नेपाली व्यवसायीहरूले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको अध्यक्ष कटवाल बताउँछन् । भ
न्सारका कर्मचारीहरू सरुवा भएको तथा कोरोना पोजेटिभ भएका कारण मात्रै होइन कि नाकामा पहिलेदेखि नै समस्या आएका कारण पनि हरेक वर्षजसो सामान आयातमा समस्या हुँदै आएको छ ।तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ ।चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन्। दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन ।
सीमा भन्सारका उच्च पदाधिकारबीच हुँदै आएको बैठक दुई वर्षदेखि बसेको छैन । चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रुपमा हेरिने गरे पनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता देखिएको छैन । यसको प्रभाव व्यापारिक कारोबारमा सबैभन्दा धेरै परेको छ । उक्त ढुवानी सेवा सुचारु गर्न चीनको गोन्जाउस्थित महावाणिज्य दूतावास र बेजिङस्थित राजदूतावासमा आवश्यक समन्वय भइरहेको एनआरएनए चीनका महासचिव यादव अर्यालले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्