काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताउनुभएको छ । सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताउनुभएको हो । उहाँले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताउनुभयो । उहाँले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाए अघि बढ्ने बताउनुभयो । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै मल दिएको बताउनुभयो । उहाँले मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरुलाई चिर्दै काम गरेर देखाउनुपर्ने बताउनुभयो । कृषि सचिव आचार्यले सबैलाई राम्रो काम गरेर देखाउन पनि अनुरोध गर्दै कृषकहरुलाई आवश्यक मल र हाल्ने प्रक्रिया सिकाउनुपर्ने बताउनुभयो ।
कृषि सचिव आचार्यले भन्नुभयो, ‘आगामी दिनहरुमा प्रमुख रुपमा उठ्ने अर्को मुद्दा भनेको यसको गुणस्तर हो, गुणस्तरमा स्टोरेज फ्यासालिटीले धेरै फरक पार्छ, स्टोरेज जाने बेलामा यहाँ कृषि अथवा साल्ट ट्रेडिङको गोदामको मात्रै विषय होइन, हामीले लगेर कहाँ कसरी राख्छौँ ? भन्ने पनि छ, कसरी लैजान्छौँ,ट्रान्सपोटेशन कुराहरु गर्दा पानी पर्ने, हावा लाग्ने,लगेर कहाँ राख्ने ? हुनत प्लास्टिक छ, तर त्यसले पनि सधैँ थेगिरहन्छ भन्ने जरुरी छैन,त्यसैले यसमा व्यवसायीहरुले पनि एकदमै ध्यान दिनुपर्छ, गुणस्तर र नियमनको विषयलाई अझ बढी बिस्तृत बढाउने प्रक्रियामा लागि परेका छौँ, नेपाली आयात कर्ताको कुरा गर्दा हामी अहिले खुशी पनि छौँ, हमीले पछि दिए हुनुपर्ने मल अहिल्यै दिएका छन्, त्यो दायित्व, क्षमता इम्पोटरको मात्रै होइन, डिस्ट्रीब्यूटरहरुले पनि देखाउनुपर्यो, मल धेरै किसानसँग जोडिएको छ र सबैले शंका, आशंकाको दृष्टिकोणले हेर्ने भएकोले पर्फमेन्स गरेर शंका, आशंकालाई चिर्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको औँल्याउनुभयो । जसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको बताउँदै उहाँले किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरु भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताउनुभयो ।
पशुपंक्षी विकास सचिव शर्माले भन्नुभयो, ‘हामीले तीन वटा कुरामा ध्यान दिनुपर्छ, फार्म, हामीले किसानको खेतबारीमा मल पुर्याउने हो, त्यसैले किसानको खेतबारी चाहिएको समयमा मल पुग्नुपर्छ, अर्को फर्म हो जो,यसको वितरण व्यवस्थापन, सप्लाइ, समुचित व्यवस्थापन,सहभागि हुनुहुन्छ,यसमा तपाईहरु इम्पोटर पनि हुनुहुन्छ,होल्सेलर र रिटेलर पनि हुनुहुन्छ, अर्को फ्याक्ट्री हो, धेरैजसो त हामी डिपेण्डेन नै छौँ, केही मात्रामा हामी मिक्स फोटीलाइजर इम्पोट गर्दछौँ, यो तीनवटा मलको आपूर्ति, व्यवस्थापन, प्रयोगमा जोडिएका पात्रहरु हुनुहुन्छ,यो बीचमा किसानलाई फार्मसँग जोड्ने र फ्याक्ट्री र फार्मसँग जोड्ने काम व्यवसायीहरुले गरीरहनुभएको छ, तपाईहरुको संघ धेरै ठूलो भूमिकामा हुनुहुन्छ ।’
त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गर्नुभयो । उहाँले मलखाद सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो बनोस् भन्ने सुनाउँदै अनुशासित र इमान्दार भएर कृषकको सेवामा लाग्नुपर्ने आँैल्याउनुभयो । उहाँले सबैलाई समेटेर प्रादेशिक समूह बनाउन पनि मलखाद संगठनलाई अनुरोध गर्नुभयो ।
प्रवन्ध सञ्चालक भण्डारीले भन्नुभयो, ‘यो कताकता सहकारी बाहेकको संगठन जस्तै बनाउन खोज्नुभयो, होइन, हुँदैन,तपाईहरुको पावर आफैँले मिनिमाइज गर्नुभयो,विधान परिमार्जन गर्ने कुरा भएको छ, गर्नुहोस् तर सबैलाई समेटेर खुला बनाउनुस्, सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो होस्, आफू पनि इमान्दार र अनुशासित भएर किसानलाई दिने सेवा दिनुहोस्,मुनाफा मात्रै नहेर्नुस्, अब सेवा गर्नुहोस्,पारदर्शीका लागि तपाईहरुले डाटा इन्ट्री गरेर पारदर्शीतामा सेवा पुर्याउन सक्नुहुन्छ,सबैलाई समेट्दै देशभरको प्रादेशिक संरचना अनुसार प्रादेशिक सम्मको समिति बनाउनुहोस्, जिल्लागत त सक्नुहुन्छ सक्नुहुन्न ।’
प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिनुभयो । उहाँले बिक्री वितरणमा सुशासन महत्वपूर्ण पाटो भएको बताउँदै उहाँले उक्त जिम्मेवारी बोध गरेर निर्देशिका बमोजिम कम्युटरकृत गर्नुपर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्