उपत्यका भित्रका हरेक जिल्लामा घनाबस्ती बढेको छ । हुन त अरु जिल्लामा पनि मानिसहरुको बसोबास क्रमिक रुपमा बढ्दो छ । र, पनि देशको संघीय राजधानी भएका कारण र देश एकात्मक राज्य प्रणालीमा हुँदा हरेक सेवा सुविधा काठमाडौँमै केन्द्रित भएका कारण पनि काठमाडौँमा अलि धेरै नै सर्वसाधारणहरुको बसोबास हुनु स्वाभाविक पनि हो । जनसंख्या बढ्दा र आवासीय क्षेत्रहरुको निर्माणले खाली जग्गा सबै मासिइसकेको छ ।
अव्यवस्थित शहरीकरण यतिसम्म बढेको छ कि, आकाशबाट परेको पानी जमिनभित्र जान नै पाउँदैन । अव्यवस्थित सहरिकरणले जमिनबाट मुल फुटेर पानी बाहिर निस्केको हेर्न अव सायद यहाको नयाँ पुस्ताले देख्न पाउन सार्है कठिन छ । गाईवस्तुहरुको निमित्त पानी खान बनाएका आहाल, पोखरी अहिले सबै हराइसकेका छन् । ढुंगेधारा, कुवा पनि मासेर सबै घर बनिसकेका छन् । खोलानाला त सिद्धिसकेका नै छन् भन्दा पनि फरक पर्दैन । खोला नामको ‘खोला’ ढलमा परिणत भईसकेका छन् । कुनै समय यो खोलाको पनि पानी पिउँथे मान्छेहरु भन्दा नपत्याउनेगरी उपत्यकाभित्र नदीको सभ्यता हराएको छ । नेपाल सरकारको कमीकमजोरीले हाम्रो ऐतिहासिक सम्पत्तिहरु दिन दुईगुणा रात चौगुणा गर्दै सबै सखाप पारियो । पैसा हुनेले धमाधम जग्गा किन्दै मलिलो माटोमा भवन ठड्याए । उपत्यकामा निर्मित अधिकांश घर दुईतीन आना जग्गामा निर्माण भएका छन् । सबै घर एकअर्कासंग टाँसिएका छन् । खाली जग्गा छोडिएको छैन भने बाटो मिचेर घर बनाइएको छ । बाटो मिचेर घर बनाउँदा मोटरसाइकल र ट्याक्सी छिर्नसम्म हम्मेहम्मे पर्दछ ।
बढ्दो शहरीकरणले काठमाडौँमा ‘बसिने’ घरहरुमा पनि व्यापारीकरण बढेको छ । एउटा घरमा पन्ध्र वटासम्म कोठा हुन्छन् र हरेकले खाना पकाउनको लागि ग्यासको उपयोग हुन्छन् । कुनै घर त कोठैपिच्छे भाँडामा लगाइएको हुन्छ र सबैले खाना पकाउन प्रयोग गर्ने नै ग्यास हो । केही कारणबस ग्यास लिक भयो ग्यास पड्किन सक्छ । यसको पछिल्लो उदाहरण हामीले ग्यास पड्केर कतिपयको ज्यान गएको पनि सुनेका-देखेका छौं ।
तथ्यांक र अनुसन्धानले भन्छ- ग्यासको सिलिन्डर पूरानो रहेछ भने ग्यास पड्किन बेर लाग्दैन । एउटा कोठामा ग्यास पड्किदा त्यसको असर अरु कोठाको ग्यासमा पनि देखापर्छ । सबै ग्याँस एकाएक पड्किन थाल्छ । यसरी ग्यास पड्किदा छिमेकीलाईसमेत हानी नोक्सानी हुने सम्भावना धेरै हुन्छ । विधुतीय चीजहरुलाई ख्यालख्याल गरी चलाउदाँ पनि करेन्ट सर्ट भएर आगो लाग्न सक्छ ।
नेपालमा पनि गाउँघरमा लाग्ने आगो र काठमाडौँ लगायतका शहरहरुमा लाग्ने आगोले फरक रुप लिन्छ । गाउँमा आगो लागि नै हाले आगोले सोहि घरलाई मात्र असर गर्छ । तर उपत्यकाको सभ्यता केहि फरक भएको छ । कुनै कारणबस आगो लाग्यो भने आफ्नो मात्रै नभई छिमेकीको समेत ठुलो धनजनको क्षति हुन्छ । विधुत सर्ट भएर धेरै मानिसहरुको मृत्यु भएको घटनाहरु दिनहुजसो सुन्नमा आइरहन्छन् । तर, आगो निभाउनको लागि पानी बोक्ने दमकल पुराना भइसकेको छन् । सरकारले दशैंको अघि दमकल चलनचल्तीमा ल्याएको हो भने अहिले सञ्चालित दमकल धेरै वर्षअघि खरिद गरेर ल्याइएको हो ।
नेपालमा दमकलको संख्या निकै नै कम छ । भएको दमकलमा पनि थोरै मात्र पानी अट्छ । तर, सरकारले कर्मचारी चढ्नलाई सरकारी गाडी किन्न बजेट छुट्याउछ । बीस लाखदेखि तीन करोड पर्ने गाडी किन्दा सरकार काप्दैन । नेता र कर्मचारीलाई देशविदेश घुम्न अर्थ मन्त्रालयले बजेट दिन्छ । वडाध्यक्ष र मेयरले समेत सरकारी गाडीको प्रयोग गर्छन् । सरकारले नै त्यस गाडीमा लाग्ने खर्च व्यहोर्छ । सरकारी गाडी बिनाकाम किनेका सवारीमा पर्दछन् । अर्थ मन्त्रालयले सरकारी गाडी किन्नलाई बजेट छुट्याउछ । तर, दमकल किन्नको लागि मन्त्रालयले बजेट छुट्याउदैन् ।
महानगरपालिका र वडाको पनि दमकल किन्नतर्फ खासै ध्यान गएको देखिदैन। आवश्यकअनुसार दमकल नहुँदा आगो लागेको घण्टौसम्म पनि नियन्त्रणमा लिन गाह्रो पर्छ । चाहिएको बेलामा दमकल पुग्दैन । यता, धनजनको क्षति भइसकेको हुन्छ । थोरै पानी बोकेका दमकललाई पनि आगो नियन्त्रणमा ल्याउन निकै हम्मेहम्मे पर्दछ । सरकारको लापरबाहीले शहर नै अस्तव्यस्त भइसकेको छ । पैसाको लागि घरधनीले पनि कोठैपिच्छे भाँडामा लगाएका छन् । कतिखेर ग्यास पड्किन्छ भन्न सकिन्न । हिउदँको बेलामा केही गरि जंगलमा आगो लाग्यो भने सरकारले त्यो आगो नियन्त्रणमा लिन सक्दैन । जंगलमा आगो लाग्दा जनावरहरुको प्राण जान्छ भने काठ, जडीबुटी सबै नष्ट हुन्छन् । जंगलमा लागेका आगो निभाउनको लागि हेलिकप्टर किन्ने कि दमकल थप्ने यसमा सरकारलाई मतलब छैन् ।
जंगलमा लागेको आगो बेलैमा नियन्त्रण गर्न नसक्दा चराचुरुंगी र जनावरहरुको वासस्थान मासिन्छन् । नेपालमा हरेक वर्ष यस्तो घटना घटिरहेको हुन्छ । वर्षैपिच्छे हाम्रा जंगलहरु खरानी भइरहेको छन् । राष्ट्रपति, प्रधानमन्त्री चढ्नको लागि करौडौ पर्ने गाडी किन्ने पैसा भइरहेको हुन्छन् । सरकारी कर्मचारीको वर्षैपिच्छे तलबभत्ता बढाइन्छ । मेयर, वडाध्यक्षले पनि तलब लिइरहेको छन् । तर, जनताको घरमा आगो लाग्दा निभाउने दमकल किन्ने पैसा हुदैन । सरकारलाई जनताको मतलब नै छैन । सरकारको कमजोरीले हामी जनता मर्नुपर्ने कहिलेसम्म ?
चाँडो दमकल पुग्ने हो भने मानिसको ज्यान त बच्छ । जनसंख्या तीव्र रुपले बढ्दा बस्ती झार उम्रेझै उम्रेको छ । जनसंख्या र बस्तीको आवश्यकता हेरि दमकल छैनन् । दमकलको पानी सिद्धिएपछि घण्टाको बाटो पार गरेर पानी ल्याउनपर्छ । सरकारसंग प्रशस्तै हेलिकोप्टर र दमकल हुने हो भने आगो निभाउन सहन हुन्छ । एउटा घरमा आगो लाग्यो भने बस्ती नै सखाप हुन्छ । पहिलेपहिले आगो लाग्दा मानिसहरुले ताल, पोखरी, खोलानालाबाट पानी ल्याएर निभाउथे । अहिले त लिटरको हिसाबमा पानी किनेर ल्याउन पिउनपर्छ । अनि आगो निभाउन कहाँबाट पानी ल्याउन ? सरकारले बेलैमा यसतर्फ ध्यान दिएन भने यसको ठुलो परिणम भोग्नपर्छ । अर्थ मन्त्रालयले सरकारी गाडीको पछि लाग्ने होइन् । दमबल किन्नको पछि लाग्नपर्छ । देशविदेश घुम्न न सरकारको आवश्यकता हो । न यसबाट जनतालाई फाइदा नै हुन्छ ।
जनताको आवश्यकलाई सरकारले पहिले नै परिपुर्ति गर्नु सरकारको दायित्व हो । सरकारसंग भएका दमकलको ठिक समयमा मर्मत नहुँदा थन्किसकेका छन् । सरकारले दमकल मर्मत गर्नलाई बजेट छुट्याएपनि चालकले बिलभौचर बनाएर खाइदिन्छन् । दमकलचाहि मर्मत भएको हुदैन् बजेटभने सिद्धिसकेको हुन्छ । सरकारी कर्मचारीहरु नयाँनयाँ सामान किन्ने, बिगार्ने अनि मर्मत गर्ने नाममा बजेट मिलाएर खाइदिने । यिनीहरुको चलनचल्ती नै यही हो । जसको देखासिकी मर्मत चालकले पनि गरेका छन् । महानगरपालिकाले प्रत्येक वडामा एउटा दमकल र एम्बुलेन्स राख्नैपर्छ ।
यी दुई सवारी साधनलाई विशेषता दिदाँ जनता मर्न कम हुन्छन् । जनताले पनि हाम्रो घरमा विधुत र ग्यास छ भनेर ख्याल राख्नपर्छ । यी दुई चीज विस्फोट भयो भने राज्यको खाँचो पर्छ । आफैले आगो नियन्त्रण गर्न असम्भवजस्तै छ । आगो लाग्ने ठाँउमा सबैभन्दा पहिला पुग्ने भनेकै प्रहरी र सेना हुन् । तर, आगो निभाउन त दमकलनै चाहियो । हातले आगो निभ्दैन् । त्यसैले नेपाल सरकारले दमकल खरिद गर्नतर्फ ध्यान जाओस् प्रहरी र सेनासंग पनि दमकल को व्यवस्था हुनपर्छ । पानी बोक्ने ट्याकंरहरुलाई पनि आगो निभाउने काममा प्रयोग गर्नपर्छ । यो भयो भने आगो नियन्त्रणमा सहज हुन्छ । तापनि सरकारले प्रशस्त दमकल किन्नपर्छ । जनता जोगाउनको लागि सरकार बजेट खर्च गर्नैपर्छ ।