×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फलोअप : कुमारी बैंकका कामु र डेपुटी सीइओलाई बैंक छोड्न दबाब, ‘नाम मुछिएकाहरु नै पदमा बस्दा अनुसन्धानमा बाधा’

काठमाडौँ । कुमारी बैंक लिमिटेडको १९ करोड ऋण काण्डमा कामु सीइओ अनुजमणि तिमिल्सीना र बैंकका डेपुटी सीइओ मनिष तिमिल्सीनाको नाम पनि मुछिएपछी दुवैजनालाई बैंक छोड्न दबाब परेको छ । राष्ट्र बैंक स्रोतले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार दुवैजनालाई राष्ट्र बैंकका अधिकारीहरुले पनि सबै तथ्य बाहिर आइसकेकाले तत्काल बैंक छोडेर अनुसन्धानमा सहयोग गर्न भनिसकेका छन् ।

बाराको जग्गाको नक्कली कागजात बनाएर बैंकले गत साउनमा १९ करोड ऋण प्रवाह गरेको थियो । सो ऋण प्रवाह गर्दा अनुजमणि तिमिल्सीनाकै मिलेमतोमा भएको भन्ने तथ्यबारे सीआइबीले अनुसन्धान थालिसकेको छ । अनुसन्धानमा तानिएकाहरु नै पदमा बस्दा कुमारी बैंकको गरिमामासमेत आँच आउने भएकाले यी दुवैलाई बैंक छोड्न दबाब भएको हो ।

यसो त यो प्रकरणमा नाम मुछीइसकेपछी यी दुईलाई बैंक छोड्न नैतिक दबाब पनि परेको छ । तर अनुजमणि तिमिल्सीना सकेसम्म आफ्नो जागिर जोगाउन सबैतिर धाईरहेका छन् । यतिसम्मकि उनले राष्ट्र बैंकलाई मिलाईसकेको, र सीआइबीलाईसमेत मिलाउने गरी कुरा अगाडी बढेको चर्चा बैंकिङ क्षेत्रमा छ ।

‘उहाँहरु अनुसन्धानमा तानीइसक्नु भएको भए अव बैंकमा बसीराख्नु ठिक होइन ।’ यो प्रकरणबारे कानुन व्यवसायी केके न्यौपाने भन्छन्, ‘कानुनत: पनि अभियोगमा अनुसन्धानमै रहेको मान्छेको जिम्मामा जनताको बैंक छोड्दा भोलि प्रमाण नष्ट हुनेदेखि अरु खालकासमेत समस्या देखिन सक्छन् । त्यसैले उहाँहरुले बैंक छोडेर अनुसन्धानलाई सहयोग गर्दा राम्रो हुन्छ ।’

‘अरु पनि किर्ते फाइल’ !

यसो त कुमारी बैंकको सतहमा आएको यो १९ करोडको एउटा किर्ते काण्डको फाइल हो । यस्ता थुप्रै फाइल बैंकभित्र रहेको बुझिएको छ । जहाँ नक्कली पूर्जा बनाएर करोडौं रुपैयाँ कर्जा प्रवाह भएको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले चासो दिएपनि तत्काल अहिलेको प्रकरण नसकुन्जेल बैंकमा हस्तक्षेप नगर्ने रणनीति लिएको बुझिएको छ । यता बैंकका कर्मचारीहरु पनि सकेसम्म पूराना बिग्रेका फाइलहरु मिलाउन लागिपरेको बुझिएको छ । अर्कोतर्फ सानालाई फसाएर ठुला उम्किनेगरी बैंकभित्र योजना बनीरहेकोसमेत बुझिएको छ । यसै रणनीति अनुसार बैंकका साना कर्मचारीहरुलाई हिरासतमा लिइएको छ भने यो प्रकरणमा कागज किर्ते हो भन्ने थाहा पाएर पनि ऋण दिने मनिष तिमिल्सीना र अनुजमणि तिमिल्सीनालाई पक्राउ नागरेको विषयलाई लिएर बैंकिङ क्षेत्रमा सीआइबीको ‘इन्टिगृटि’माथि नै प्रश्न उठाएर चर्चा सुरु भएको छ ।

बोल्न मान्दैनन् तिमिल्सीना !

यसो त यस विषयमा बुझ्न हामीले पटक पटक बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनालाई फोन गरेका थियौं । तर उनी फोन नै उठाईरहेका छैनन् । अनुजमणि तिमिल्सीना यो प्रकरणका मुख्य योजनाकार भनिएका कुसन प्रधानका नजिकका व्यक्ति हुन् । उनीहरु कुनै बेला एउटै कोठामा बसेर पढेका साथी पनि हुन् । घटनाका मुख्य योजनाकार तथा सेन्चुरी कमर्सियल बैंकका पूर्व संचालक कुसन प्रधान, एसके महर्जन, मुक्तिलाल गौतमले कुमारी बैंकमा राखेर १९ करोड रुपैयाँ ऋण लिएका थिए । घटना बाहिर आएपछि  प्रहरीले पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसियालाई समेत पक्राउ गरेको छ । यो घटनासँग सम्बन्धित तथ्य र केहि कागजात अर्थ सरोकारले फेला पारेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: