Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा तनाव नै तनाव ? बिवेक पौडेलको विचार

अर्थ सरोकार

– शेयर किनेपछी घट्यो ? तनाव
– शेयर टुप्पोमा बेचीएन ? तनाव
– बेचेको शेयर झन् बढ्यो ? तनाव
– शेयर घटेको बेला किन्न सकिएन ? तनाव
– शेयर घटेको किनियो ? किन धेरै किनिएनछ भन्ने तनाव
– नराम्रो कम्पनीमा उक्साहटमा लागेर किनेर फसियो ? तनाव
आदि.. And the list goes on.
तर मुख्य कुरा के हो भने तनाव भन्ने कुरा आफुले लिए हुने हो, आफ्नो भएकोमा सन्तुष्ट हुनुस्, तनाव हुँदै हुदैन ।
शेयरमा घाटा भयो या धेरै फाइदा भएन जस्तो लाग्यो ? करोडाै घाटा खाएका लाई हेर्नुस् अनि सन्तोष मान्नुस् ।
# लगानीकर्ता (बिशेषगरि नयाँले) मनन गर्नु पर्ने केही कुरा हरु..
– थोरै लगानी भए पनि चाडैं सुरु गर्ने, बजारमा अनुभवले Market Movement, Stress Mgmt, Funds Mgmt लगायत धेरै कुरा सिकाउँछ,
– अत्याधिक Optimistic या Panic नहुने,
– हल्लाको पछी नलाग्ने, अध्ययन गरेर मात्र खरिद बिक्रि गर्ने,
– एकै कम्पनी या Sector मा सबै पैसा नराख्ने, ४-५ वटामा Diversify गर्ने,
– पुछारमा समात्न र टुप्पोमा बेच्न कसैले पनि सक्दैन भन्ने कुरा मनन गर्ने,
– धेरै आफुले मात्र लोभ नगर्ने, बेलैमा Profit Book गर्ने (unless long term investment)
– बजारले बेलाबखत दिने मौका सदुपयोग गर्न २५% जति Cash मा बस्ने,
– एकैपटक सबै खरिद नगर्ने, खरिद गर्ने सोचेको करिब ५०% मात्र खरिद गर्ने, खरिद मुल्यको २०% या अझै बढी घटेमा फेरि खरिद गर्ने
(यदि सो शेयर Fundamentally राम्रो र Bounce Back गर्न सक्ने भएमा )
– चर्को ब्याजमा या अल्पकालीन ऋण लिएर शेयरमा लगानी नगर्ने,
– Mutual Funds, Debentures, Auction etc बाट कसरी कमाउन सकिन्छ अध्ययन गर्ने र सोही अनुसार गर्ने,
– आफुले अध्ययन गर्न सकिदैन या समय छैन भने Professional Consultancy Services लिने या PMS गर्ने,
– बजारमा कुनै कम्पनीको राम्रो या नराम्रो समाचार आएपछि खरिद/ बिक्रि गर्न हतार गर्नु अघि सो अनुसार पहिलै मुल्य थपघाट भएको छ, छैन हेर्ने.. सूचना Public नहुदै Insider Trading भएर पहिलै मुल्य बढाईएका Ngpl, Radhi, RMDC लगायतमा धेरै नयाँ लगानीकर्ता टुप्पोमा किनेर फस्नु भएको छ
– IPO शेयर खरिद गर्दा कति मूल्याकंन तिर्न ठिक हुन्छ अध्ययन गर्ने र सोही अनुसार मात्र किन्ने.. नत्र एकैछिनमा २०% घाटा र बेच्ने बेलासम्म अझै धेरै घाटा हुन सक्छ, NIFRA, CGH लगायतको उदाहरण हेरौ,
– नेप्सेमा शेयर खरिद गरेर मात्र बिक्री गर्ने ब्यवस्था छ, Short Selling छैन.. त्यसैले घट्दो बजारमा प्राय कम्पनीको शेयर मुल्य घट्ने र Capital Gain गर्न गार्हो हुने कुरा मनन गर्दै सोही अनुसार रणनिती बनाउने र Funds Management गर्ने..
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK