काठमाडौं । सात वर्षअघि नेपालको आन्तरिक उडानलाई सहज बनाउनका लागि खरिद गरिएको ६ चिनियाँ जहाज ग्रानन्डेड गरिएको पनि एक वर्ष पूरा भएको छ। विगत ६ वर्षमा उक्त जहाजको सञ्चालनमा नेपालले दुई अर्ब ४८ करोड घाटा व्होरेपछि गत वर्षदेखि उक्त जहाजहरु ग्राउन्डेड गरिएका हुन्। तर, ग्राउन्डेड गरिएका उक्त जहाजको पनि प्रशासनिक खर्च, बिमा खर्च र ऋणको भारतले नेपालको अर्थतन्त्रमा थप बोझ बनेका छन्।
सात वर्षअघि खरिद गरिएका उक्त जहाज पूर्ण क्षमतामा भने कहिल्यै पनि उडान भर्न सकेनन्। पूर्ण क्षमतामा उडान नहुँदा नेपाल सरकारले घाटामा सञ्चालन गर्न नसकिने भन्दै ०७७ साउनदेखि ग्राउन्डेड गरिएका हुन्। सबै जहाज ‘ग्राउन्डेड’ भएपछि एक वर्षमा बिमाको रकम १२ करोड थपिएको छ। यसरी सात वर्षमा नौ अर्ब ८४ करोड खर्च गरिएका जहाज अब सञ्चालन गर्न नसक्ने गरी थन्किएका हुन् । जब कि, योभन्दा एक अर्ब कम अर्थात् आठ अर्ब ८७ करोडमा निगमले दुई न्यारोबडी एयरबस किनेको थियो ।
निगमले नउड्ने जहाजमा गरेको यो लगानीबाट ७२ सिट क्षमताका १७ वटा सेकेन्ड ह्यान्ड एटीआर विमान किन्न पुग्ने विज्ञहरुmले बताएका छन्। २०७१ वैशाखपछि पटक–पटक गरी चार वर्ष लगाएर ल्याइएकामध्ये एउटा जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका पाँच जहाजमा घामपानीले खिया लाग्दै छ ।
‘अहिले ग्राउन्डेड भएकाले उडाउँदाको भन्दा आधामात्र तिर्नुपर्ने भए पनि राष्ट्रिय बिमा कम्पनीलाई वर्षको १२ करोड ८४ लाख हाराहारी प्रिमियम तिर्नुपर्ने’ निगमको आर्थिक विभागका एक कर्मचारीले भने, ‘यी जहाज उडाउँदा आर्थिक वर्ष २०७६र७७ मा वार्षिक २५ करोड ६९ लाख रुपैयाँ बिमाबापत खर्च भएको थियो । ग्राउन्डेड गरिएपछि यो रकम आधा तिर्नुपरेको हो ।’
यी जहाज ग्राउन्डेड गरे पनि पार्किङ, बिमा, आठ जना पाइलटको न्यूनतम तलब, डिप्रिसिएसन कट्टालगायतमा दिनहुँ १० लाखभन्दा बढी खर्च भइरहेको छ । ‘यी जहाज पार्किङमा राख्दा पनि एक दिनमा डिप्रिसिएसन कट्टा ७ लाख, बिमाबापत ३ लाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पार्किङ शुल्क ५ हजार ७ सय, कामविहीन पाइलटहरूलाई न्यूनतम तलब १६ हजारलगायत प्रत्यक्ष देखिने खर्च नै १० लाखभन्दा बढी छ,’ निगमका निर्देशकले भने ।
दुर्गम भेगका लागि ल्याइएका साना जहाज (वाई १२–ई) ले ‘म्यानुअल’ मा लेखिएको भन्दा २५ देखि ६७ प्रतिशतसम्म कम भार बोक्ने गरेको, यी जहाजको तालिममा जाने पाइलटको खर्च अन्य जहाजको दाँजोमा ७८ प्रतिशत बढी तथा टाइप रेटिङ तालिम खर्च पनि ३० प्रतिशतले बढी रहेको जनाइएको छ । यी चिनियाँ विमानले अन्य यस्तै खाले युरोपेली जहाजको दाँजोमा इन्धन खपत पनि बढी गर्ने गरेको थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्