×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा (Readers to Riders a Transformation Journey)कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा (Readers to Riders a Transformation Journey)कार्यक्रम सम्पन्न

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले Readers to Riders a Transformation Journey प्रदेश स्तरीय ब्यवस्थापन , शाखा ब्यवस्थापन तथा जोखिम ब्यवस्थापन विषयमा शाखा प्रबन्धकलगायत विभिन्न प्रदेश तथा उप्रदेशका बिभिन्न कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी मंसिर २८ गते सदूरपश्चिम प्रदेश, २९ गते गण्डकी र बागमती प्रदेश र पुस २ गते लुम्बिनी प्रदेशको विभिन्न स्थानमा सम्पन्न गरेको छ ।

सम्मेलनमा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चाालक समितिका सदस्य तथा जोखीम ब्यवस्थापन समिती संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख जोखिम अधिकृत विशाल उप्रेतीको प्रशिक्षण साथै संम्बन्धित प्रदेश प्रमुख, प्रदेश उप प्रमुख, कर्जा असुली प्रमुखहरु, शाखा प्रबन्धकको उपस्थीती रहेको थियो ।

१ दिने उक्त सम्मेलनहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनिति, ग्राहाक छनोटमा ध्यान दिनु पर्ने कुराहरु, अनुशासन, नेतृत्वकर्तामा हुनु पर्ने गुण, लेखा परिक्षणको महत्व तथा प्रभावकारीता, गा्रहक सदस्यता फारमको (KYC)महत्तव, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता बिकास साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक निति, नियम तथा निर्णयका बारेमा प्रशिक्षण साथै छलफल गरिएको थियो ।

उक्त सम्मेलनहरुमा संस्थाका अध्यक्ष कपिल ढकाल ज्यूले कर्मचारी वर्गले हाल सम्म गरेको कामहरुलेनै संस्थाले विभिन्न परिसुचकमा नं १ बन्ने छलाङ् मार्न सफल भएको बताउदैँ, कर्मचारीहरुलाई विशेष अनुशासनमा रहेर सेवाग्राही वर्गमा सेवा दिन र विपन्न तथा पिछडिएका वर्गहरुमा वित्तीय पहुँच र डिजिटल पहुँचमा महिलावर्गको सहभागिता पनि लघुवित्तकर्मिको काधमा रहेको बताउँदै अगामी दिनमासमेत गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।

उक्त कार्यक्रममा लघुवित्तका सञ्चाालक समितिका सदस्य तथा जोखीम ब्यवस्थापन समिती संयोजक श्री प्रकाश बराल ज्यूले दिर्घकालीन ब्यवसाय बृद्धीको लागि सबैजना अनुशाशित, मेहेनती तथा दत्तचित्त भएर लाग्नुपर्नेमा जोडदिदै लघुवित्त क्षेत्रमा देखिएका विभिन्न संचालन तथा कर्जा जोखीममो बारेमा सहभागीहरुलाई थप जानकारी दिनुहुदै यस्ता जोखीमहरु न्युनीकरण गर्न चाल्नु पर्ने अल्पकालीन तथा दिर्घकाली रणनितीहरुबारेमा प्रशिक्षीत गराए ।

साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसले लघुवित्त क्षेत्रमा बढ्दै गएको विभीन्न समस्या तथा चुनौतिहरुको चर्चा गर्दै कर्जा लगानी तथा कर्जा असुलाीमा देखा परेका चुनैतीहरुको कसरी सामना गर्ने तथा सोलााई उचित ब्यवसस्थापन गरी लघुवित्त क्षेत्रमा सस्थालाई कसरी सबैभन्दा उष्कृष्ट संस्थाको रुपमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई कसरी देशकै सबैभन्दा ठुलो ,सक्षम,सबल तथा सदस्यहरुमाझ लोकप्रिय बनाउने भन्नेमा सहभागिहरुलाई प्रशिक्षीत गराए । साथै उनले हालसम्म सम्पुर्ण कर्मचारीहले गरेको अथक योगदान तथा मेहेनतको कदर गर्दै छोटो समयमै संस्थालाई स्थापित गरी देशकै अग्रणी लघुवित्त वित्तीय सस्थाको रुपमा स्थापित गर्न सहयोग गरेकोमा धन्यबाद दिदै आभारी पनि प्रकट गरे ।

साथै स्थापनाको छोटो अवधिमै आफुलाई राष्ट्रिय स्तरको अबल लघुवित्तको रुपमा स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोटजस्ता दुर्गम जिल्लाहरुमासमेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतनालगायतका विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी