डोटी । जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् ।
यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारीक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्यमा घटिबढी गर्ने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अदुवा र बेसारको मुख्य व्यापारी भारतका हुन्, त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण हामीलाई समस्या भएको हो, हामीले उत्पादन गरेका चिज वस्तु हाम्रै सहरमा खपत हुनसके राम्रो हुन्थ्यो, किसानलाई पनि राहत हुन्थ्यो ।”
यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सस्तो मूल्यमा किनी सुठो बनाउन थालेको अर्का किसान नरेश मौनीले बताउनुभयो । उहाँका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा बराबर पछि गएर (सुकेपछि) जम्मा एक किलो मात्रै हुने उहाँको भनाइ छ । सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले यहाँका किसानले उत्पादन गरेका अदुवा अहिले गाउँमै सुठो बनाउन थालिएको अर्का स्थानीयवासी दलबहादुर कलेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय काउले बजार नजिकैको खाली डाँडामा गाउँकै स्थानीय व्यापारीले किसानबाट काँचो अदुवा सङ्कलन गरी सुठो बनाउन सुरु गरेका छन् ।
किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो । काँचो अदुवा सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात आठ जना युवा परिचालन गरिएको बताइएको छ । यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रति किलो रु २८ मा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका–५ का हर्कबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतीय व्यापारीले अदुवा नकिन्दा किसानलाई समस्या भएको थियो, गाउँकै दाजुभाइले खरिद गरेर सुठो बनाउँदा धेरैले रोजगारी पनि पाए र किसानलाई राहत भएको छ ।” यहाँका किसान अहिले गाउँमै अदुवा बिक्री गरी गाउँमै सुठो बनाउन थालेकाले यो निकै राम्रो काम भएको र किसानले पनि घरैमा मूल्य पाउँदा खुशी भएको सुनौलो किरण किसान समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा भारी बोकेर अदुवा निकै टाढा रहेको बिपीनगर पु¥याउनुपथ्र्यो, त्यहाँ मूल्य नपाउँदा समस्या हुन्थ्यो, अहिले गाउँमै सुठो बनाउन थालिएपछि किसानले घरैमा पैसा पाउँदा खुशी भएका छन् ।” सुठो बनाउँदा तापक्रम बढी चाहिने भएकाले अहिले यहाँ खासै घाम नलाग्ने गरेका कारण समस्या हुने गरेको उहाँको भनाइ छ । यहाँका किसानको मुख्य आय स्रोत भनेको अदुवा र बेसार भएकाले उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवाँ प्रशोधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । किसानको माग बमोजिम बडिकेदारमा अदुवा तथा बेसार प्रशोधन बनाउनका लागि आवश्यक पहल भइरहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,“बडिकेदारमा अदुवा तथा बेसार प्रशोधन केन्द्रका लागि आवश्यक पहल भइरहेको छ, किसानका समस्या समाधान गर्ने छौँ ।” भारतीय व्यापारीले अदुवा र बेसारको मूल्यमा वर्सेनि गर्ने उतारचढावले यहाँका किसानलाई ठूलो नोक्सानी हुने गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्