×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र तहसनहस नै भयो भनेर आंतक मच्चाउन खोजियो’ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

PRIME CA

‘अर्थतन्त्र तहसनहस नै भयो भनेर आंतक मच्चाउन खोजियो’ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ । अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनु भएको छ । बुधबार अर्थमन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनु भएको हो । उहाँले मन्त्रीपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताउनु भयो । मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाईका साथ लागु गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले नीजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताउनु भयो ।
अर्थमन्त्री शर्माले भन्नुभयो,‘अहिले अर्थतन्त्र चलायमान गर्ने विषयमा प्रयासहरु जारी रहेका छन्। अर्थतन्त्रलाई बिग्रिएर जाने अवस्था नेपालको छैन । कोरोना महामारीको कुरामा कतै बन्दको कुरा उठ्ला भनेर मन्त्रीपरिषद्मा विरोध गरेका छौं । बन्द भन्ने शब्द नै हटाउनु पर्छ भनेका छौं । बन्द भन्ने शब्द नै नराख्नु भनेका छौं । हामीले कोरोना सुरक्षाको विधिहरु अपनाएर जानुपर्छ । अब पनि हामीले कोरोना महामारी भनेर मुलुक बन्द लकडाउन भन्यौं भने मुलुक चल्दैन । मुलुक आर्थिक रुपमा अगाडि बढ्न सक्दैन । लकडाउन भयो भने अर्थतन्त्र माथि उठाउन सक्दैनौं । त्यसैले अर्थतन्त्र चलायमान राख्नको लागि लकडाउन गर्नु हुन्न भन्ने पक्षमा अर्थमन्त्रालय छ । नीजी क्षेत्रको पनि लकडाउनको विरोध गरेकाले त्यही अनुसार अगाडि बढ्छौं । आवश्यक परे नीजि क्षेत्रसँग छलफल गरेर अगाडि बढ्छौं ।
त्यस्तै अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताउनु भयो । अहिले आफूले नीतिगत परिर्वतन गर्न रोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताउनु भयो । उहाँले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताउनु भयो । अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएकोप्रति मन्त्री शर्माले आपति जनाउनु भयो । उहाँले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताउनु भयो ।
अर्थमन्त्री शर्माले भन्नुभयो,‘ नेपालको अर्थतन्त्रमा देखिएका समस्याहरु नीतिगत तथा संरचनागत व्यवस्थाका कारण उत्पन्न भएका हुन । लगानी मैत्री बतावरण बनाउनको लागि नीतिगत तथा संरचनागत समस्या उठाउनु भयो । यी हाम्रा संस्थागत विकासका समस्याहरु हुन । अर्थतन्त्र र राजनीतिसँगै जोडिएका कुरा हुन । यी अलग अलग कुरा होइन्न । हेर्दा अलग लाग्ने हो यसमा अर्थतन्त्रले राजनीतिलाई राजनीतिले अर्थतन्त्रलाई निर्देशित गर्ने हो । यसरी हामी नयाँ प्रक्रियागत कुरामा जाँदा अहिले धेरै समस्याहरु रहेका छन । अहिले मुलुकको अर्थतन्त्र चिन्ता गर्नु पर्ने अवस्थामा छ । तर व्यवसायीहरुले भने जस्तो अर्थतन्त्र बिग्रिसकेको अवस्था छैन । अहिले अर्थतन्त्र तहसनहस नै भयो भनेर आंतक मच्चाउन खोजिएको छ । दुई किसिमका आंतक मच्चाउन छन् । नेपालको अर्थतन्त्र समाप्त बनाएर श्रीलंकाको जस्तो बनाए भन्दै ठूला मिडियाले नियोजित ढङगमा प्रचार गरेका छन् । यो राष्ट्र द्रोह हो कि के हो यो,देशलाई कता तिर लान खोजिदै छ । अहिले कतिपय क्षेत्रमा चिन्ता गर्नु पर्ने अवस्था आएको छ । सरकारले यो विषयमा चिन्ता गरेको छ । तर अर्थतन्त्र सबै समाप्त भयो भनेर जनता तथा व्यवसायीलाई जुन खालको त्रास फैल्याइदै छ यो गम्भिर विषय भएको छ ।’
अर्थमन्त्री शर्माले सरकारले नीजि क्षेत्रको हित भन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताउनु भयो । उहाँले जहिल्यै सरकार नीजि क्षेत्रको हितको लागि काम गरिरहेको बताउनु भयो । मन्त्री शर्माले सरकारले नीजि क्षेत्रको उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाँहिने नीति ल्याए पनि कालो धनलाई प्रोसाहन भएको भन्दै विरोध भएको बताउनु भयो । उहाँले सरकारले कालो धनलाई प्राथमिता दिने उद्देश्यले लगानी गर्दा स्रोत नचाँहिने नीति नबनाएको बताउनु भयो । उहाँले सरकार र नीजी क्षेत्र दुबैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो ,‘नीजी क्षेत्रको हित विपरित कुनै पनि काम गरिएको छैन । नीजि क्षेत्रको हित विपरित जानु भनेको राष्ट्रको हित विपरित जानु हो । त्यसरी जान दिने छैन । अहिले केही नीतीगत व्यवस्थामा परिर्वतन गर्नु पर्ने छ । तर केही नीतिगत व्यवस्था गरौं भन्दा धेरै प्रश्न उठ्ने गरेका छन । जस्तो लगानीको कुरा गर्दा लगानी गर्दा स्रोत नखोज्ने भन्दा कालो धनलाई प्राथमिकता दिइयो भनियो । तर सरकारले कालोधनलाई प्राथमिकता दिने उदेश्य छैन । तर लगानी पर्वद्धन गर्ने तथा सम्पति मूल्याङकन , अभिलेखन तथा रेटिङ गर्ने कुरा आएका छन्। यी सबै अन्तर सम्बन्धित कुरा हुन तर लगानीको लागि वातावरण बनाउनु पर्छ त्यसमा प्रश्न उठ्छ । उद्योगलाई प्राथमिकता दिँदा त्यसमा पनि प्रश्न उठ्छ । यस्तो हुँदा देश बनाउने कसरी हो । अर्थतन्त्रलाई आंतक र भ्रमलाई मुक्त गरेर यर्थाथमा जानुपर्छ । संकट पर्दा समाधान गर्नु पर्छ । अहिले समस्या देखिए पनि अन्तर्राष्ट्रिय रुपमा तल झरेका छैनौं । सात महिनामा ६ पतिशतको वरिपरीमा छौं । त्यसलाई एक दुई महिनामा बढाउँछौं । अहिले गलत प्रचारवादी किन भइरहेको छ। यस्तो गलत प्रचारले उद्योगी व्यवसायीलाई पभाव पारेको छ । गलत प्रचारको प्रतिवाद सरकार र नीजि क्षेत्रले गर्नु जरुरी छ ।’
अर्थमन्त्री शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको बताउनु भयो । उहाँले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगी रहेको बताउनु भयो ।
मन्त्री शर्माले भन्नुभयो,‘आजको अर्थतन्त्र आज देखिने होइन ।आज सरकारले गरेका काम भोली देखिने हो । हामीले हिजो भएका काम आज देखिदै छ । हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगि रहेका छौं । सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सकिदैन । साना साना काम गर्न सकिएला तर हिजो देखि बनाएका नीतीहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा पतिवद्ध रहेको छ । अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नु पर्ने देखिएको छ ।’
अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताउनु भयो । उहाँले सरकारले नीजि क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताउनु भयो । अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको बताउनु भयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: