काठमाडौं । प्रहरीले सोमबार साँझ हायात होटलको पार्किङबाट बरामद गरेको ‘चट्टान’ युरेनियम हो की के हो अझै पुष्टि भएको छैन । हायात होटलको कार पार्किङ गर्ने स्थानबाट प्रहरीले दुई किलो आठ सय ग्राम एक चट्टानलाई ‘युरेनियम’ रहेको आशन्का गर्दै ४ जना नेपाली र दुईजना भारतीय नागरिकहरूलाई अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले पक्राउ गरे ।
अनुसन्धानमा संलग्न एक अधिकारीले भने,’बरामद गरिएको उक्त युरेनियम जस्तो देखिने पदार्थ युरेनियम नै हो भन्न अहिले सकिँदैन, उक्त पदार्थलाई परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान र भू–गर्भ विभागमा पठाइएको छ, त्यहाँबाट रिपोर्ट आएपछि मात्रै यकिनसाथ भन्न सकिन्छ।’
शंकाको भरमा अहिले नै उक्त पदार्थलाई युरेनियम नै हो भन्न नसकिने ती अधिकारीले बताए । महानगरीय प्रहरी वृत्त बौद्धले विशेष ब्युरोको सहायतामा उक्त ‘युरेनियम’ जस्तो देखिने पदार्थसहित कांग्रेस ललितपुरका नेता नवराज महतलगायत केही नेपाली तथा भारतीय व्यक्तिलाई पक्राउ गरेको थियो ।
युरेनियम अत्यन्तै दुर्लभ र बहुमूल्य धातु हो। बिनाइजाजत त्यसको कारोबार तथा बिक्री वैध मानिँदैन । बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम जस्तो देखिने पदार्थ संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा विशेष ब्युरोको टोली हायातमा पुगेको थियो। विशेष ब्युरोले महानगरीय प्रहरी वृत्त बौद्धसँगको समन्वयमा हायातको पार्किङस्थलमा राखेको बा ५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई नियन्त्रणमा लिएको थियो ।
के हो युरेनियम ?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन् । युरेनियम-२३८ र युरेनियम-२३५ प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ । एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ ।
एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम(२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ । युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्