×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अम्बिका पौडेलको प्रष्टिकरण : ‘इन्साइडर ट्रेडिङ भयो भन्नु बेतुकको कुरा हो, ट्रेडरले सबैमा खेल्छन्, टेलिकममा पनि खेले’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

अम्बिका पौडेलको प्रष्टिकरण : ‘इन्साइडर ट्रेडिङ भयो भन्नु बेतुकको कुरा हो, ट्रेडरले सबैमा खेल्छन्, टेलिकममा पनि खेले’

काठमाडौँ । बिगत केहि सातादेखि अस्थिर बनेको नेपालको सेयर बजारमा नेपाल टेलिकमको अस्वभाविक कारोबार र टेलिकमको सेयरमा अस्वाभाविक बढोत्तरी देखियो । त्यसको कारण थियो, टेलिकमको बोनस आउने हल्ला ।   नेपाल सरकार ९१.४९ प्रतिशत स्वामित्व रहेको नेपाल टेलिकमले विगत १० वर्षदेखि नगद लाभांश दिँदै आएको थियो । बजारमा लगानीकर्ताहरुमाझ, विभिन्न सामाजिक संजालका फोरम र बोरकर हाउसहरुमा पनि टेलिकमको बोनस सेयर आउने हल्लाले सेयरमा उग्र कारोबार भएको थियो ।
नभन्दै घोषणा पनि त्यस्तै भयो। आउँदो चैत २४ मा हुने कम्पनीको १४औं साधारण सभामार्फत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने तयारी भएकाे छ । साधारण सभामा कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात आ.व. २०७७/७८ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने बताइएको छ । त्यसैगरी आ.व. २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रति १०० कित्ता बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पनि गरिएको छ । नेपाल टेलिकमले यो घोषणा सार्वजनिक गरेपछि सेयर बजारमा खुलेरै टेलिकममा इन्साइडर ट्रेडिङ भएको चर्चा चलेको छ । कतिपयले त अम्बिका प्रसाद पौडेलको नाम नै जोडेर उनले खुलेआम यो सेयरमा खेलेको आरोप लगाईरहेका छन् ।
तर पूराना तथा अनुभवी लगानीकर्ताको परिचय बनाएका नेपाल टेलिकमका संचालकसमेत रहेका पौडेलले भने बजारमा चर्चा चलेजस्तो नेपाल टेलिकमको सेयरमा भित्री कारोबार नभएको दाबी गरेका छन् । अर्थ सरोकारको नियमित टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बोनस आउने चर्चा अनुमानमात्र भएको र बोनस घोषणा भएपछी इन्साइडर भयो भन्नु बेतुकको तर्क भएको दाबीसमेत गरेका छन् । ‘बोनस आउने हल्ला चल्नु, सेयर बजारमा टेलिकमको सेयरको भाउ आकाशिनु, अनि बोनसको घोषणा हुनु संयोग मात्र कसरी मान्न सकिएला र ?’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘यो संयोगबाहेक अरु केहि होइन। ‘
‘ट्रेडरले धेरै स्टकमा खेल्छन्, यसमा पनि खेले’ : पौडेल     
यता नेपाल टेलिकमका संचालक पौडेलले ट्रेडरले नेपाल टेलिकमको सेयरमा ट्रेडरहरुले खेलेको भने स्वीकारेका छन् । ‘ट्रेडरहरुले धेरै सेयरमा खेल्छन्।  यसमा पनि खेलेकै हुन् ।’ उनले कार्यक्रममा स्वीकार गरेका छन् । टेलिकमको सेयरमा भित्री कारोबार भएको प्रमाणित भए जोकसैले कारवाही भोग्नु पर्ने र आफु जिम्मेवार पदमा रहेकाले त्यस्तो प्रमाणित भएको खण्डमा आफुले पनि कम्पनीको संचालक पद छोड्ने उनको तर्क थियो ।     टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्नुलाई उनले आफुले लगानीकर्तालाई दिएको ‘कमिटमेन्ट’ पूरा गरेको संज्ञासमेत दिएका छन् । उनी संचालक भएपछी टेलिकमले पहिलोपटक बोनस सेयर दिने घोषणा गरेको हो । ५ महिनाको अवधिमा नेपाल टेलिकमको सेयर मूल्य मूल्य ७० प्रतिशतले बढिसकेको छ भने बोनस घोषणा भएको दिनदेखि सो सेयरको भाउ घट्न सुरु भएको छ । सुरुमा किनेर उचालेको र बोनस घोषणा हुनु अगावै सेयर बेचेको कुरालाई पनि उनले अस्वीकार गरेका छन् । ‘यो सबै बाहिर आएका हल्लाहरु गलत हुन् । बोनस घोषणा हुनु र सेयरको भाउ बढ्नु संयोग मात्र हो।  यसरी धेरै कम्पनीको सेयरको भाउ बढेको छ । यसमा अन्यथा लिनुपर्ने कुरा नै केहि छैन ।’ उनले कार्यक्रममा भनेका छन् ।  लगानीकर्ताले सामाजिक सञ्जालमा नेपाल टेलिकममा इन्साइडर ट्रेडिङ भएको भन्दै खुल्ला विरोध गरिरहेको बारेको प्रश्नमा भने उनले नबुझेर यस्तो हल्ला चलाईएको दाबी गरेका छन् ।
‘सेयर बजार सबैका लागि होइन’
कार्यक्रममा उनले सेयर बजार सबैका लागि नभएकोसमेत अभिव्यक्ति दिएका छन् । एक प्रसङ्गमा उनले सेयर बजारमा बुझेर मात्र लगानी गर्नुपर्ने र यो जो कोहिका लागि प्रतिफल दिने बजार नभएकोसमेत उनको तर्क छ । ‘प्राथमिक बजार सबैका लागि हुन सक्ला । तर सेयर बजारको दोश्रो बजार सबैका लागि होइन ।’ कार्यक्रममा उनले भनेका छन् । २७ बर्षको अनुभवमा आफुले थुप्रै पटक घाटा खाएको र अहिले पनि आफु पटक पटक विभिन्न सेयरमा चिप्लिने गरेको बताउँदै उनले सेयर बजारमा सबै पैसा खन्याउनु र त्यसमाथि पनि नबुझी बजारमा लगानी गर्नु गलत भएको तर्क उनले कार्यक्रममा गरेका छन् । सेयर बजारले धेरैलाई असिमित पीडा दिने गरेको बताउँदै उनले आफुले पनि बजारबाट ठुलो पीडा भोगेको बताएका छन् । कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले ल्याएको ४-१२ को नीतिले ठुलालाई बचाएको र सानालाई फसाएकोसमेत तर्क गरेका छन् ।
हेर्नुहोस् अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले सेयर बजारका उनै पूराना लगानीकर्ता अम्बिका प्रसाद पौडेलसँग गरेको कुराकानीको पूरा भिडियो :     

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: