×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यस १५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्व ३६ अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिव रु १ अर्व ५८ करोड ९६ लाख खुद मुनाफा गर्न सफल भएको छ। बैंकले १५औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जिवनदान हो भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशका कूल २३ स्थानबाट करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ।
यसै त्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले भने मिशन टप टेन रणनीतिमार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ। साथै आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथै उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुचमा ल्याईनेछ । ग्राहकहरुलाई धेरै च्यानलहरु मार्फत कहि पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ । तसर्थ, बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको छ । यसको कार्यान्वयन र सफलताका लागि जनता, प्रक्रिया र प्रविधिमा रणनीतिक काम गरिनेछ । साथसाथै बैंक भित्र डिजिटल संस्कृति अंगाल्नुको विकल्प छैन भन्नेमा मेरो दृढ विश्वास छ ।

ग्राहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरु सँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।साथै बैंकले डिजिटल बैकिलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहक महानुभावहरुको सहजताका लागि कार्ड लेस क्यास विथड्रल(Cardless Cash Withdrawal) सेवाकोे सुरुवात गरेको छ र हालसालै बैंकले भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी.  (E-KYC) अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई.के.वाई.सी. (KYC) सेवा समेत संचालनमा ल्याएको छ ।यसका साथै बैंकले नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ। साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र|(Customer Support Centre) को समेत स्थापना गरिसकेको छ । आगामी दिनमा डिजिटल बैकिङ्ग सेवाको विकासमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने लक्ष्य बैंकले लिएको छ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी