Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँबासीले खान पाउने भए मेलम्चीको पानी, ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरको धारामा

अर्थ सरोकार

काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरको धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबार वोर्डको कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबारबाट पुरा हुने बताए ।

‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाईपलाईनको परिक्षण र चुहावट नियन्त्रणको लागि विशेष पहल गर्नु पर्छ’, मन्त्री चौधरीले भने, ‘मेलम्चीको बैकल्पिक श्रोतको रुपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्न सकिने विषयमा अध्ययन भईरहेको छ ।’ खानेपानी सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा शुद्ध खानेपानीको व्यवस्था गर्न जलाधार संरक्षण, मुहान संरक्षण र पानीको बैकल्पिक श्रोतको खोजी गर्ने विषयमा बोर्डले अझ प्रभावकारी काम गर्न सकोस भनी शुभकामना दिए । बोर्डका कार्यकारी निर्देशक संजिव राणाले शुद्ध खानेपानीको अभावलाई पुरा गर्न बोर्डले राजधानीका १६ वटा सार्वजनिक स्थलहरुमा ‘वाटर एटिम’को व्यवस्था गरेको जानकारी दिए ।

सो अवसरमा मन्त्री चौधरीले बोर्डको कार्यालयमा स्थापना भएको ‘वार रुम’को उद्घाटन गरे । बोर्डले उपत्यकाका काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरको १ सार्वजनिक स्थलमा वाटर एटिएमको व्यवस्था गरेको छ । वाटर एटिएमको अवस्था बुझ्न र सेवा प्रभावकारी रुपमा संचालन गर्न बोर्डको कार्यालयबाटै २४ सौ घण्टा निगरानी गर्न मिल्ने बोर्डका बरिष्ठ प्रशासनिक अधिकृत उदय केसीले जानकारी दिए । काठमाडौं उपत्यकाभित्र खानेपानी तथा ढल निकास सेवालाई व्यवस्थित एवम् नियमित गर्दै गुणस्तरीय खानेपानी तथा सरसफाई सेवा सर्वशुलभ ढंगले प्रवाह गर्ने उद्देश्यले २०६३ वैशाख ५ गते स्थापना भएको हो । बोर्डले काठमाडौ उपत्यका भित्र खानेपानी, ढल निकास सेवाका अतिरिक्त भूमिगत श्रोतको पानीको व्यवसायीक उपयोग एवम् ट्यांकर सेवा संचालनलाई कानूनी दायरामा ल्याई व्यवस्थित रुपमा संचलन गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK