काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका १० वटै पानी रिजर्भ टैंकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्थागर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । यहाँ स्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा आयोजित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै यस्तो बताएका हुन्।
गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको बैकल्पिक सुरुङबाट पानी पथान्तरण गरेपछि मंगलबार सुरुङको पानी सुन्दरीजल आईसकेपछि मन्त्री चौधरीले पानी प्रशोधन केन्द्रमै समस्या र समाधानका विषयमा सम्वद्ध निकायका प्रमुख र सरोकारवालालाई यस्तो निर्देशन दिएका हुन् ।‘आगामी बैशाख ११ गते काठमाडौं उपत्यकाका नागरिकका घरको धारामा पानी आउनु पर्छ, कुनै बहाना वा कारण देखाएर रोक्न मिल्दैन’ मन्त्री चौधरीले भने, ‘पानी वितरणको लागि धेरै वटा कमिटी बनाएर जिम्मेवारीबाट भाग्ने बहाना काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्न पाउँदैन ।’उनले काठमाडौको कुनै ठाउँमा पुरानो र मेलम्चीको नयाँ धारामा गाडी धुने गरी पानी आउने र कुनै नागरिकको घरमा पिउनको लागि एउटा पनि धाराबाट पानी नआउने अवस्था नबनाउन आग्रह गरे।
४० प्रतिशतसम्म खानेपानीको चुहावट हुने गरेको विवरण सुन्दा आफूलाई अचम्म लागेको भन्दै मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न र पानीको शुल्क उठाउन केयुकेएललाई निर्देशन दिए । मन्त्री चौधरीको प्रश्न थियो, ‘मेलम्चीको पानी काठमाडौं बासीले प्रयोग गरेबापत शुल्क लिने हो भने आफूहरुलाई शुल्कको २५ प्रतिशत आम्दानी स्थानीय हेलम्बु गाउँपालिकाले मागिरहेको अवस्थामा शुल्क उठाउने कुरामा केयुकेएलले किन प्रगति गर्न सकेन ? एसियाली विकास बैंक (एडिबी) ले समेत केयुकेएलको व्यवस्थापन राम्रो नभएको भनेर आफूसँग गुनासो गरेको मन्त्री चौधरीले बताए। उनले बर्षायाममा मेलम्ची नदीमा पुन बाढी आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी बाढीको पूर्वसूचना दिने प्रणालीको विकास गर्न साइरन जडान गर्नु पर्नेमा जोड दिए । उनले आयोजनाका पुराना गेटलाई हटाएर नयाँ हाईड्रोलिक गेट हाल्न निर्देशन दिए ।
खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपाति ढंगले वितरणको लागि पूर्वतयारी गर्नु पर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनु पर्ने बताए । खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले १७ करोड लिटर पानी उपत्यकामा थप वितरण गरिने बताए। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव राणाले कतै दुई वटा धारामा पानी आउने र कतै दुई वटै धारामा पानी नआउने अवस्थामा उपभोत्तालाई असमानताको महसुश हुने र महसुल संकलनमा समस्या हुने बताए । केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाईपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बतानु भयो । उहाँले काठमाडौंको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए ।
उनले काठमाडौं उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई चार सय १० किलोमिटर पाईपलाईनमा मात्र पानी वितरण हुने जानकारी दिए। आगामी आईतबारदेखि केयुकेएलले महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमीको तिगेरी र कटुन्जे रिजर्भवेर टैंकबाट पानी वितरण हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्