×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीलाई राष्ट्र बैंकका १५ सुझाव : ‘असारसम्म विलासी वस्तु आयातमा रोक लगाऔं, सातामा दुई दिन बिदा दिऔँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थमन्त्रीलाई राष्ट्र बैंकका १५ सुझाव : ‘असारसम्म विलासी वस्तु आयातमा रोक लगाऔं, सातामा दुई दिन बिदा दिऔँ’

Artha Sarokar

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । अर्थतन्त्रमा संकट देखिएपछि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई विभिन्न १५ बुँदे सुझावहरु दिएको छ । राष्ट्र बैंकले पछिल्लो समय देखिएको आर्थिक संकटको समाधानका लागि कम्तीमा पनि आगामी असार मसान्तसम्मका लागि गाडी र मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउनेसहितका १५ बुँदे सुझाव अर्थ मन्त्रालयलाई सुझाव दिएको हो ।
राष्ट्र बैंकले अत्यावश्यक बाहेकका व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगर्ने व्यवस्था लागू गर्न, काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर इन्धनको खपत घटाउने, सातामा २ दिन बिदा दिने, विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्ने, बैंकबाट प्रवाह हुने कर्जाको सीमा घटाउन पनि सुझाव दिइएको छ ।  यस्तै सरकारले ग्यासमा दिएको अनुदान हटाउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।
यस्तो छ राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दिएको १५ बुँदे सुझाव :
१. काठमाडौं उपत्यका लगायत देशका प्रमुख सवालहरुमा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्न ।
२. काठमाडौं उपत्यका भित्रका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा हप्ताको पाँच दिन कार्यलय समय एक घण्टा थप गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने ।
३. निजी सवारी साधन चार पाङ्ग्रे तथा मोटर साइकलको आयातमा भन्सार लगायतका कर थप गरी नगद मार्जिनको माध्यमबाट आयात निरुत्साहन गर्ने साथै बैंक कर्जाको हालको सीमा घटाउने, विद्धमान अवस्थामा सुधार नभएसम्मका लागि कम्पनीमा पनि २०७९ अषाढ मसान्तसम्म निजी सवारी साधन आयातमा पूर्ण रोग लगाउने ।
४. नेपाल आयल निगम बाट पेट्रोलियम पर्दाथको कूल बिल भुक्तानी मासिक रु. १२/१३ अर्बले सीमा भित्र रहनेगरी आपूर्ति व्यवस्थापन गर्ने ।
५. विद्युतको घरेलु उपयोग बढाउन महशुल घटाउने तथा घरेलु विद्य्रुतीय उपकरण (इन्डक्सन चूल्हो, हिटर, कुकर, आदि) को खरिदमा अनुुदान प्रदान गर्ने, एलपि ग्यासमा रहेको अनुदा तत्काल खारेज गर्ने ।
६. पेट्रोलियम पदार्थको आयातलाई आगामी पाँच वर्षमा कम्तीमा २० प्रतिशतले कम गर्ने नीति अवलम्बन गरी सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने ।
७.अत्यावश्यक बाहेकका व्यापारीक बस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगरिने व्यवस्था लागु गर्ने ।
८. उच्च मूल्यका टेलिभिजन, मोवाईल सेट, मदिरा लगायतका विनासिताका सामानको आयातलाई भन्सार तथा करका माध्ययमबाट नियन्त्रण गर्ने ।
९. सुपारी, छोकडा, मरिच, केराउ, पोस्तादाना जस्ता स्थानिय रुपमा उल्लेखनिय उपभोग नहुने किसिमका उपभोग्य बस्तुको आयातमा नियत्रण गर्ने ।
१०. नेपाल भ्रमण गर्न चाहाने पर्यटकलाई भिसा तथा नभीकरण शुल्क, प्रबेश शुल्क, रोयल्टी जस्ता भुक्तानी तथा सेवाहरु तत्कालै अनलाईन माध्यमबाट सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउने ।
११. विगमा स्थगित गरिएका नेपाल भ्रमण वर्षका कार्यक्रमहरु आगामी वर्षका लागि घोषणा गरी सञ्चालन गर्ने ।
१२. हुण्डी लगायत विदेशी विनिमय अपचल सम्बन्धी कारोबारको प्रभावकारी रुपमा अनुगमन गरी त्यसमा संलग्न व्यक्ती तथा संस्थाहरुलाई कडा भन्दा कडा दण्ड र सजाय दिने व्यवस्था गर्ने ।
१३. विप्रेशण पठाउने र प्राप्त गर्नेको सहजताका लागि हप्तामा सातै दिन चौबीसै घण्टा सहयोगी कक्ष (Help Desk) को अनिवार्य व्यवस्था गर्ने ।
१४. विप्रेशन पठाउँदा लाग्ने शेवा शुल्क मध्य कम्तीमा पनि ५० प्रतिशत शूल्क अनुदानको व्यवस्था गरी विप्रेशकको खातामा तत्काल जम्मा हुने व्यवस्था गर्ने ।
१५. India-Nepal Remittance लाई विस्तार गर्न भारत सरकार र रिर्जभ बैंक अफ इन्डीयासँग थप सहकार्य गरी भारतबाट आउने अनौपचारी विप्रेशनलाई औपचारीक माध्यमबाट ल्याउन उच्च तहमा वार्ता गर्ने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी