×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोफसलका लगानीकर्ताहरुमा देखिएको अन्यौलता र विचलनबीच नीतिगत तहको भूमिका के ?

देश दौडाहा  लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको दोस्रो चरण अन्तर्गत  अर्थ सरोकारको आयोजना र स्थानीय स्तरबाट बुल्स एण्ड बियर क्याफे रेस्ट्रोको सहजीकरणमा गत शनिबार चितवनमा आयोजित लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया  कार्यक्रमको लागि ६० सिटको लागी कार्यक्रम आव्हान गरिएकोमा १२० भन्दा बढीको सँख्यामा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता देखियो ।
बिहान ११ बजे देखी साँझ ६ बजे सम्म  संचालन भएको कार्यक्रम अवधिभर लगानीकर्ताहरुमा ठुलो उत्सुकता थियो। त्यसमा पनि धेरै लगानीकर्ताहरुको जिज्ञासाहरु यस प्रकारका थिए:
• अब सेयर बजार साईडवेज वा बियरिस गएकै हो ?
• अब कहिलेदेखि बजार बढ्न सुरु हुन्छ ?
• मैले लगानी गरेको दिन देखी घट्न सुरु भएको बजार आज सम्म बढेको छैन ठुलो नोक्सानीमा छु । नाफाको स्वाद कस्तो हुन्छ अहिलेसम्म चाख्न पाएको छैन ।
• बजारबाट नाफा कमाउने र फाईदा गर्न सक्ने सुत्रहरु के के हुन् ?
• सरकार तथा नियामक निकायको बजार प्रती हेर्ने दृष्टिकोण सुरुदेखी नै प्रष्ट नहुनुको कारण के हो ?
• सरकारले बजार प्रती लिएका नितिहरु कै कारण बजारले गती लिन नसकेको हो कि यसका अन्य कारणहरु पनि छन् ?
कार्यक्रम सुरु हुनुभन्दा पहिले र कार्यक्रम पश्चात भएको ब्याक्तिगत कुराकानी र कार्यक्रमको अन्त्यमा भएको अन्तरक्रिया कार्यक्रममाथिको प्रश्नहरु यसै वरिपरि घुमिरहेका थिए।
कार्यक्रम अवधिभर लगानीकर्ताहरुको भिडसँग साक्षात्कार हुँदा धेरैभन्दा धेरै लगानीकर्ताहरु हतास थिए भन्ने देखियो । धेरै लगानीकर्ता मित्रहरुले आफ्नो पोर्ट्फोलियोको लिस्टनै देखाउँदै सुझाव माग्नुभएको थियो । समग्रमा भन्नुपर्दा अधिकांश लगानिकर्ताहरु कम्पनीको कमाई र लाभांश केन्द्रीत नभई बजारमा कारोबार (Capital Gain)बाटै कमाउनु पर्छ भन्ने मनसिकतामा रहेको पाईयो । सामाजिक संजाल फेसबुक, क्लब हाउस र बजारिया हल्लाको पछि लाग्दै महँगो मुल्य तिर्दै आधारभुत पक्ष कमजोर भएका कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको जमात पनि ठुलै देखियो । कतिपय लगानिकर्ताहरु आफ्नो लगानीमा ठुलो घाटा भएको भन्दै हामीसँग आक्रोश पोख्दै थिए । उहाँहरुको आक्रोशलाई नजिकबाट नियाल्दा सेयर बजारले वहाँहरुको दैनिकी नै बिगारेको प्रष्ट देखिन्थ्यो । कार्यक्रमको दौरान हामी भने उहाँहरुलाई आफुले जानेको र भोगेको बुझाउँदै चहर्‍याएको घाउमा मल्हम लगाउने प्रयास गर्ने कोसिसमा थियौं। विचलनकाबीच पनि अहिलेसम्मको घाटालाई सिकाईको रुपमा लिंदै भविष्यमा पुन: पुरानो गल्ती नदोहोर्‍याईकन पढेर, बुझेर, सिकेर बजारमा कारोबार  गर्नुपर्छ भन्ने अठोट र उत्साह पनि लगानीकर्ताहरुमा त्यत्तिकै देखिन्थ्यो।
सरकार तथा नीति नियम बनाउने तहमा रहनेहरुले  पुँजी बजारलाई प्राथमिकतामा राखेर यसको बिकास र बिस्तारका कार्यक्रमहरु ल्याउन ढिला गर्नु हुँदैन । मोफसलका लगानिकर्ताहरुमा  देखिएको अन्यौलता र विचलन बिचको त्यो उत्साहलाई कायम राख्न निती निर्माताहरुले आम लगानिकर्ताहरुको नजरमा आफुप्रति विश्वास जगाउने वातावरण बनाउनु नै अहिलेको पहिलो आवश्यकता हो ।
प्राथमिकतामा राखेर तत्काल गरिनु पर्ने कार्यहरु मैले यस प्रकार देखेको छु :
• नियामक निकायले स्थानीय संघ संस्थाहरुसँग सहकार्य गर्दै देशभर पूँजीबजार सम्बन्धि सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने ।
• सेयर बजारमा अहिले देखिएको बिचलनको प्रमुख कारक  सामाजिकसंजाल पनि  देखिन्छ।  त्यसकरण नियामक निकायले विभिन्न प्रकारका तालिमहरु प्रदान गरी नियामक निकायबाट अनुमति  प्राप्त गरेका व्यक्ति तथा तथा संघ संस्थाहरुले  मात्र परामर्श तथा सार्वजनिक अभिब्याक्ती दिन पाउने ब्यवस्था तुरुन्त लागु गर्ने।
• सामाजिक संजालमा आउने  अभिव्यक्तिहरुलाई गहन रुपमा अनुसन्धान गर्दै आवश्यक परे कारवाहीको दायरामा ल्याउने।
• ईन्साईडर ट्रेडिङ , सर्कुलर ट्रेडिङ जस्ता गतिबिधीलाई नियन्त्रण गर्न पुरानो कानुन लाई परिमार्जन गरी कार्यान्वयन पक्षलाई अझै कडाईका साथ लागु गर्ने।
• पुर्ण स्वचालित कारोबार प्रणाली लागु गर्ने।
• बैंक तथा बित्तिय संस्थाको मात्र बाहुल्यता रहेको बजारमा बास्तबिक क्षेत्रलाई प्रवेश गराउन आवश्यक ब्यवस्था गर्ने।
• गैर  आवासिय नेपालीहरु लाई बैधानिक रुपमा नेपालको पुँजी बजारमा सहज रुपमा प्रवेश गराउनुका साथै छिमेकी मुलुकहरुमा जस्तै सँस्थागत बैदेशिक लगानिकर्ताहरु लाई पनि नेपालको पुँजी बजारमा प्रवेश गराउन ब्यवस्था गर्ने।
• राफसाफ प्रकृयालाई सहज बनाउनको लागी अक्सन मार्केटको ब्यवस्था गर्ने।
• नेपालमा संचालनमा रहेका मर्चेण्ट बैंकर  तथा ब्रोकरहरुको क्षमता, दक्षता र कार्य गुणस्तरमा अभिबृद्दी गर्न नियामक निकायले पहल गर्ने।
• नेपालको पुँजी बजारको बिश्वासअनियता र गुणस्तर बृद्दी गर्नको लागी दिर्धकालिन प्रकृतिका नीति नियमहरु बनाउने।
व्यक्तिगत पहलमा देशव्यापी कार्यक्रमको योजना बनाएर अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेल, लगानीकर्ता सुबास चन्द्र, हरि ढकाल र म देश दौडाहामा निस्कनुको अर्थ कुनै स्टक बिशेषको प्रचार प्रसार गर्नु, लगानीकर्तालाई खरिद बिक्रीको लागी प्रोत्साहित गर्नु नभई  पछिल्लो प्रतिकुल परिस्थितीमा लगानिकर्तामा ब्याप्त बितृष्णा र अन्यौलतालाई हामिले जाने बुझेको कुराहरु मार्फत् चिर्ने मुख्य उदेश्य रहेको छ ।  ज्ञान जति बाँढ्यो त्यती नै बढ्छ । आफुले जानेको १० कुरा अरुलाई सिकाउँदा अरुबाट पनि दुई चार वटा नयाँ कुरा सिकिन्छ । बिगत लामो समय देखी सामाजिक संजालमा सकृय हामी अब भने भौतिक रुपमै आफ्नो तर्फबाट केहि गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।
बजार बढ्दा सबैले कमाउँछन्, कसैले कसैलाई सिकाउनै पर्दैन  । घट्दो बजारमा लगानिकर्तामा विचलन आउने हुँदा त्यस बखत आड, भरोसा र ज्ञानको जरुरत पर्दछ जसले सम्हालिन ठुलो मद्दत पुग्दछ जुन मेरो बिगतको आफ्नै भोगाई हो । यसैलाई मध्यानजर गर्दै हामिले अहिले प्रतिकुल परीस्थितीमा यो अभियान चलाएका हौं।
सात घण्टाको कार्यक्रम अवधिभर संयमित रहेर  लगानिकर्ताहरुको उत्साहजनक सहभागीताका साथै  हामिप्रतिको अगाध मायाप्रति आभारी छौ । यहाँहरुको बिश्वाश र मायाले हामीलाई आफ्नो जिम्मेवारीको कर्तव्यबोध गराउनुका साथै थप उर्जा प्रदान गरेको छ।  स्थानीय रुपमा ब्यवस्थित तवरले कार्यक्रमको व्यवस्थापन गर्नुहुने बुल्स एण्ड बियर क्याफे एण्ड रेस्ट्रोका सन्चालकहरुका साथै अन्य सहयोगी हातहरु प्रती नतमस्तक छौं । अव हामी अर्को जिल्लामा हुने  कार्यक्रमको तयारीमा तिब्र रुपमा लागिसकेका छौ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: