Skip to content
LAXMI SUNRISE BANK

यातायात मन्त्रालयको निर्णय सरासर व्यवसायीको पक्षमा देखियो : अनुसा थापाको लेख

अर्थ सरोकार

काठमाडौँ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले २० वर्षे पुरानो गाडीको स्क्रयाब गरेको नम्बर प्लेटमा विद्युतबाट चल्ने नयाँ ट्याक्सी किनेर दर्ता गर्ने दिने निर्णय गरेको छ । मन्त्रालयले सट्टापट्टामा पेट्रोलबाट चल्ने ठाँउमा विद्युतबाट दिने तयारी भएको जनाएको छ । मन्त्रालयको सचिव नेत्र सुवेदीले पुराना, थोत्रा र २० वर्ष नाघेका ग्याँस ट्याम्पो, माइक्रोबस र ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा विद्युतीय ट्याक्सी दिने निर्णय भएको बताए । नयाँ ट्याक्सीको दर्ता खोलेर सिण्डिकेट तोड्नुपर्ने बेलामा मन्त्रालयले यातायात व्यवसायीको पक्षमा निर्णय गरिदिएको छ ।

मन्त्रालयले नयाँ दर्ता खोल्नुको साटो फेरिपनि स्क्रयाब गरेको नम्बर प्लेटमा ट्याक्सी दिन लागेको हो । जसको कारण फेरिपनि ट्याक्सी व्यवसायीको विकृति मोलाउने देखिन्छ । नयाँ ट्याक्सीको दर्ता नखोलिदिदाँ यात्रु ठगिने क्रमको अन्त्य नहुने भो । त्यसैगरी, राज्यपनि राजस्वविहिन हुन्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा नम्बर प्लेटकै मूल्य १२ लाख रुपैंया पर्छ । हाल बजारमा एउटा ट्याक्सी किन्न पहिल्यै ३२ लाख रुपैंया जुटाउनुपर्छ । मँहगोमा ट्याक्सी किनेपछि आफ्नो लगानी उठाउन र नाफा कमाउन यात्रु ठग्नु स्वाभाविकै हो । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्ने हो भने नम्बर प्लेट सित्तैमा पाउछन् । जसले गर्दा ट्याक्सीको मूल्य २० लाख रुपैंया पर्न जान्छ । ट्याक्सीको मूल्य सस्तो पर्नेबित्तिकै यात्रुलाई भाडा पनि सस्तो पर्न जान्छ । यता, नयाँ व्यवसाय पनि भित्रिन पाउछन् । मुलुककै स्वरोजगार भन्नेले सजिलै रोजगारीको अवसर पाउनेछन् । ट्याक्सीको संख्या बढ्छ भने यात्रुले आवश्यकता परेको बेलामा ट्याक्सी पाउछन् । यो सुविधा भने उपत्यकाभित्र र बाहिर दुवैको हकमा लागू हुनेछ । ३८ वर्षअघि अटोशोरुमसंग गाडी किनेर ट्याक्सीमा दर्ता गरेका व्यवसायीले आफैले चलाएर, भाडामा लगाएर दुई करोडभन्दा बढी कमाइसके ।

मन्त्रालयको अहिलेको निर्णयले फेरिपनि एउटै व्यक्तिले २० वर्ष व्यवसायी गर्ने देखिन्छ । पहिलेको ३८ वर्ष र अबको २० वर्ष गरेर ५८ वर्ष एउटै व्यक्तिले व्वसायी गर्छन् । तर, ट्याक्सीको संख्या बढ्दैन्, जनसंख्या बढेर कहाँ पुगिसक्छ । गत वैशाख १ गतेदेखि ट्याक्सी भाडा बढाइएको छ । चढनेबित्तिकै फ्लगडाउनबापत ५० रुपैंया तिर्नुपर्छ । त्यस्तै, प्रत्येक किलोमिटर ५० रुपैंया तोकिएको छ । राति ९–६ बजेसम्म भाडा र फ्लग डाउन दुवैको डेढीसहित ७५ रुपैंया निर्धारण गरिएको छ । दैनिक पाँच करोड रुपैया कुनै सेवासुविधा नै नलिईकन यात्रुले तिरिरहेका छन् । न ट्याक्सीको पेट्रोल खर्च भएको हुन्छ न यात्रुले कुनै सेवासुविधा नै पाएका हुन्छन् । यहाँँबाट पनि यात्रु नै लुटिरहेका छन् । २०४३ सालमा डेढ लाखमा विक्रम ट्याम्पोको दर्ता खुलाइएको थियो । यसले प्रदुषण गप्यो भनेर २०५६ भदौ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विस्थापन गर्ने र पुरै भ्याट र भन्सार छुट दिएर अर्को गाडी दिने निर्णय गप्यो । यो बिचमा विक्रम ट्याम्पोले ५०– ६० लाख आम्दानी गरिसकेको थियो । त्यसको सट्टादर्तामा ४० लाख पर्ने डिजेल माइक्रोबस र ग्याँस माइक्रोबस २० लाखमा ल्याए ।

२३ वर्ष गुडिसकेको माइक्रोबसले १० करोडभन्दा बढी आम्दानी गरिसक्यो । अब फेरिपनि उही नम्बर प्लेटमा ट्याक्सी दिने हो भने अरु जनतामाथि अत्याचार हुन्छ । भन्सार र भ्याट पुरै छुट दिएर तीन लाखपर्ने ग्याँस ट्याम्पोलाई डेढ लाखमा दिइएको थियो । २०५० सालमा डेढ लाखमा किनेको ट्याम्पोले अहिले तीन करोडभन्दा धेरै रकम कमाइसक्यो । एउटै व्यक्तिले सम्पत्ति जोडेको जोड्यै छन्, अरुको हेरेको हेप्यै । ट्याक्सी व्यवसायीको एउटै योजना आफु मात्र व्यवसाय गरिरहने । ट्याक्सीमा भएको एकाधिकार कुनैपनि हालतमा तोड्न नदिने । नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने । आफु मात्र कमाइरहने, राज्यलाई राजसव पनि नतिर्ने । प्रदेश सरकारले तुरुन्तै नयाँ ट्याक्सीको दर्ता खोलिदिनुपर्छ । २० वर्षे पुराना ट्याक्सीको सट्टादर्तामा नयाँ ट्याक्सीको दर्ता गर्ने काममा प्रतिबन्ध लगाउनुपर्छ । २०७२ जेठ २८ गते सरकारले १८५० नयाँ ट्याक्सीको दर्ता खोलेको थियो । यातायात कार्यालय र यातायात व्यवस्था विभागले सोही वर्ष साउन २० गतेदेखि १५ दिने सूचना जारी गरेको थियो । १८५० ट्याक्सी किन्नको लागि एक हजार १० रुपैंया राजस्व तिरेर १५ हजार सात सय ७१ जनाले फाराम बुझाए । तर, तोकेको जतिले गोलाप्रथाबाट ट्याक्सी पाए, अरुको दुःख खेर गयो ।

त्यसैगरी, १४ जिल्लाको भुकम्पपिडितलाई लक्षित गर्दै २०७२ चैत २१ गते १५०० ट्याक्सीको दर्ता खोलियो । २०७३ साउन ५ देखि भदौ ५ गतेसम्म एक महिने सूचना जारी गप्यो । एक सय १० रुपैंया राजस्व तिरेर एक लाख ४९ हजार पाँच सय ५८ जनाले फाराम बुझाए । तर, १५०० बाहेक अरुले ट्याक्सी पाएनन् । यो दुईवटा उदाहरणले ट्याक्सी किनेर व्यवसाय गर्ने रहर भएको व्यक्तिहरुलाई जनाउछ । २०५७ जेठ १७ गते बागमती अञ्चलमा ट्याक्सीको दर्ता बन्द भयो । ट्याक्सीको दर्ता बन्द हुने बेलामा जम्मा सात हजार पाँच सय ट्याक्सी थियो । त्योमध्येमा पाँच हजार ६ सय ५० पेट्रोलबाट चल्थ्यो भने एक हजार आठ सय ५० डिजेलबाट चल्थ्यो । आएको डेढ वर्षमै डिजेलबाट चल्ने ट्याक्सी विस्थापित भयो । २०५७ सालपछि बागमती अञ्चलमा जनसंख्या ह्वात्तै बढ्यो । तर, ट्याक्सीको संख्या घट्यो । २०६९ सालमा यातायात अञ्चल कार्यालय, एकान्तकुनाले पाँच हजार नयाँ ट्याक्सीको आवश्यकता छ भनेर माग गरेको थियो । ट्याक्सीले सेवासुविधा दिन नसकेको र अपुग भएको बताउदै नयाँ ट्याक्सीको माग गरिएको थियो । त्यस्तै, वर्षैसपच्छे नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्नेमा कार्यालयको जोड थियो । ट्याक्सीको परमिट उपत्यकामा मात्र छ तर बागमती प्रदेशमा १३ वटा जिल्ला छ ।

उपत्यकाबाहिरका जनताले मर्दा र पर्दापनि ट्याक्सी चढ्न पाएका छैन् । अन्य जिल्लामा पनि ट्याक्सीको दर्ता बन्द छ । २०५० सालदेखि एयरपोर्टमा हरियो प्लेटको ट्याक्सीको नयाँ दर्ता खोलिएको हुन्छ । त्यहाँ जम्मा दुईसय सात वटा ट्याक्सी छ । तैपनि, त्यसमा मिटर जडान गरिएको छैन् । विदेशी र स्वदेशी दुवैलाई उनीहरुले सक्दो ठगिरहेका छन् । ट्याक्सी व्यवसायीहरु आफु पनि सस्तोमा सेवासुविधा नदिने ? बाटो कब्जा गरेर जनता ठगिरहने ? यसको अन्त्य कहिले र कसले गर्ने ? सरकारले कि नयाँ ट्याक्सीको दर्ता खोलिदिनुपप्यो । होइन् भने मिटरजडित, तिन पाङग्रे फो स्टक ट्याम्पो सञ्चालनमा ल्याउनुपप्यो । ट्याक्सी नजाने ठाँउमा फो स्टक ट्याम्पो जान्छ । यो ट्याक्सीको ठगीधन्दा रोक्ने एकमात्र विकल्प हो । ट्याक्सीले छोडेकोलाई ट्याम्पोले बोक्छ । विद्युत वा पेटेल जेबाट चल्ने भएपनि यसको तत्कालै यसको दर्ता खोल्न आवश्यक देखिन्छ । फो स्टक ट्याम्पो किनेर प्रतिकिमि १२ रुपैंयामा चलाउछु, सेवाशुल्क लिदिँनभन्दा पनि सरकारले सुन्दैन् । हुनेखाने ट्याक्सी चढ्थे, हुँदाखाने ट्याम्पो । यसबाट धेरै नेपालीले रोजगारी पाउने देखिन्छ ।  -अनुसा थापा

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK