कावासोती । पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभीले समयमा नै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न सुरु गरेको छ । पुल निर्माणस्थलको बौंदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुनसकेको छैन ।
पुल निर्माणस्थलमा बेलाबेला १०/१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् । वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ले समयमा समेत निर्माणको काम नगरी अलपत्र पारेको स्थानीयवासीले समेत गनासो गरेका छन् । पुल निर्माणको काम २०७७ मङ्सिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि २०७८ चैतभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएका थिए । त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डिई नवराज बाँस्तोलाले बताए । सरकारले काममा लापरबाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ ।
पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभिका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताए । सुपरीवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सव इञ्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक–पटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए । उनले भने, “सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माणको काम १५ प्रतिशत मात्र भएको छ, हामीले ताकेता गरिरहेका छौं ।” कूल रु. २२ करोड ९८ लाखको लागतमा निर्माण सुरु गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्