×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर्नरिङ्ग गरिएका स्टक झर्नुपर्थ्यो, झर्यो, अझै झर्छ, झर्नुपर्छ…तर राम्रा स्टक पनि झर्नु चिन्ताजनक भयो’ : मनोज ज्ञवाली

PRIME CA

‘कर्नरिङ्ग गरिएका स्टक झर्नुपर्थ्यो, झर्यो, अझै झर्छ, झर्नुपर्छ…तर राम्रा स्टक पनि झर्नु चिन्ताजनक भयो’ : मनोज ज्ञवाली

१० असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीले सेयर बजार घट्नुमा लगानीकर्ताको मनोबल घटेका बेलासमेत वास्ता नगर्ने नियामक पनि कतै न कतै दोषी रहेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले पछिल्लो समय कर्नरिङ गरिएका स्टकहरुमात्र नभई धेरै राम्रा कम्पनीहरुहरुको भाउ पनि घट्नुमा लगानीकर्ताको गिरेको आत्मबल नै मुख्य कारण रहेको बताएका हुन् ।
‘कर्नरिङ गरिएका स्टक झर्नुपर्थ्यो, अझै झर्छ र झार्नुपर्छ। तर राम्रा कम्पनीको भाउ पनि घट्नुचाहिं चिन्ताजनक भयो ।’ उनले भने-‘राम्रा कम्पनीहरु छानेर लगानी गर्ने हो र केहि समय म कुर्न सक्छु भन्नेहरुका लागि यो लगानी गर्ने उचित समय हो । किनकि राम्रा कम्पनीको बजार भाउ पनि निकै तल आईसकेको छ।’
साथै उनले नेपालको बजार परिपक्व नहुनुमा नियामकले अविभावकीय भूमिका पनि खुलेनुपर्ने बताएका छन् । ‘कि नियामकले बोल्नु नै भएन । बोलिसकेपछि सबैजना प्यानिक भएका बेला उसले सान्त्वना दिनेगरी बोल्नुपर्छ । किनकि लगानीकर्ताको अविभावक भनेकै नियामक हो ।’ उनले भने- ‘अहिले नियामककै साथीहरुका विभिन्न भनाई, अन्तर्वार्ताहरु पनि लगानीकर्ताहरुलाई हतोत्साही बनाउनेगरी आएका छन् । जुन गलत छ । अविभावकले अविभावककै रुपमा काम गर्नुपर्छ ।’
अर्थ सरोकारसँगको कुराकानीमा उनले तत्काल तरलताको संकट समाधान हुने स्थिति नरहेकोसमेत बताएका छन् । आफुले सुरुवाती दिनमै तरलता अभाव यो आर्थिक बर्षसम्म रहने प्रक्षेपण गर्दा सबैतिरबाट गाली खाएको स्मरण गर्दै उनले आफु अहिले पनि आफ्नो भनाईमा अडिक रहेको बताएका छन् । ‘मैले पहिला नै भन्थें, कि तरलता अभाव कम्तीमा एक बर्षसम्म जान्छ नै । यो आर्थिक बर्षको अन्त्यसम्ममा पनि तरलताको अभाव समाधान हुने देखिएको छैन ।’ ‘अवको चुनावका बेला त तरलता बढ्ला नि ?’ हाम्रो प्रश्नमा उनी भन्छन्- ‘चुनावका समयमा केहि तरलता त बढ्छ तर त्यो हाम्रो अर्थतन्त्रका लागि पर्याप्त छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: