×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा चलेका दुई ‘दलाली’ बिजनेशको अन्तरकथा : बर्षभरिमा जग्गा दलालले बढी पैसा कमाउँछन् कि सेयर दलालले ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपालमा चलेका दुई ‘दलाली’ बिजनेशको अन्तरकथा : बर्षभरिमा जग्गा दलालले बढी पैसा कमाउँछन् कि सेयर दलालले ?

काठमाडौं । यो देशमा सबैभन्दा बढी पैसा कसैले कमाउँछ भने ती हुन् दुईथरी ‘दलाल’ । एक, दलाल नामले कुख्यात बनेका जग्गा दलाल (जसलाई भन्न दलाल भनिन्छ तर दलालको कानुनी मान्यता नेपालमा छैन), अर्को सेयर कारोबारको लाइसेन्स पाएर प्रख्यात बनेका ‘सेयर दलाल’ । एकथरी फिल्डमा खटिएर अर्काको जग्गा हेरेर ग्राहक खोज्ने, र बेच्ने दलाल, अर्कोतर्फ अफिसमै बसेर लगानीकर्ताको सेयर कारोबार गरिदिएर कमाई गर्ने सेयर दलाल । अहिले सेयर दलालले वर्षमा कति नाफा गर्छन् भन्ने विषय चर्चामा छ ।

सार्है महँगो कमिसन, सिमित खर्च, कर्मचारीको न्युनतम तलव, र मोटो नाफा गर्ने सेयर दलालले एक केहि नाफा भएन भन्दा वा सबैभन्दा कम नाफा भयो भन्दा पनि करोडौं कमाउने गर्छन् । अघिल्लो आर्थिक वर्षमा मात्रै नेपालमा भएका सेयर दलालहरुले बार्षिक ७ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालनमा रहेको ५० वटा ब्रोकरले कुल २ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेर अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको तथ्य बाहिरिएपछि अहिले बजारमा चर्चा छ- ‘पेशा त दलालीको सार्है राम्रो रहेछ त । तर सेयर दलालले बढी पैसा कमाउँछ कि जग्गा दलालले ? कतिपय जग्गा दलालहरुले नै दलाली नै गर्ने भए सेयर दलाली गर्दा ठिक हुने रहेछ भनेर सार्वजनिक चर्चा-परिचर्चा सुरु गरेपछि अहिले यो विषय ‘टक अफ दी टाउन’ बनेको छ ।

सेयर दलालको जस्तो जग्गा दलालको फिक्स्ड हुन्न कमाई 
आखिर जग्गा दलालको कमाई कति हुन्छ त ? हामीले यहि प्रश्नको उत्तर खोज्न बजारका केहि जग्गा दलालहरुलाई सम्पर्क गर्यौँ । ‘हाम्रो पेशामा त कोहि सार्है ठुला दलाल हुन्छन्, कोहि सार्है साना । कसैले ४-५ आनाको मात्र काम गर्छन्, कोहिले सयौँ रोपनीको काम गर्छन् । त्यसैले कुन दलालले कति पैसा कमाउँछ भन्ने कुरा ठ्याक्कै भन्न सकिंदैन ।’ उनका अनुसार जग्गा दलालको कमिसनको रेट भन्ने नै फिक्स्ड छैन । ‘हाम्रो रेट फिक्स्ड हुन्न । कहिलेकाहीं यति प्रतिशतमा काम गरौँ भन्ने पनि हुन्छ । कतिपयले काम सक्काउनू, यति पैसा दिन्छु पनि भनेका हुन्छन् ।’

अर्का एक जग्गा दलाली समय सीमाको भरोसा नहुने हुनाले महिनाको कति कमाई हुन्छ नै भन्न नसकिने तर्क गर्छन् । उनका अनुसार कहिलेकाहीं महिनामा दुईवटा काम पनि हुन्छ भने कहिले २ बर्षसम्म एउटा काम पनि हुँदैन । ‘कति लफडाका काम हुन्छन् । कतिपय काम त बर्षौंसम्म पनि सकिंदैन । मैले नै एउटा काम ३ बर्ष लगाएर फत्ते गरेको छु।’ ती दलाल भन्छन्- ‘हाम्रो काम भनेको यति कमाइ हुन्छ भनेर भन्न नसकिने पेशा हो ।’ सेयर दलालबारे पनि आफुलाई थाहा भएको बताउने ती जग्गा दलाल भन्छन्- ‘हाम्रो पेशा भन्दा पैसाको हिसाबले सेयर दलालको कमाई निकै हुन्छ । झट्ट हेर्दा जग्गा दलालहरुले करोडौं रकम कमाउँछन् भन्ने छ । तर दलाली नै गर्दा त सेयर दलाल नै ठिक रहेछ । मलाई करोड कमाउन गाह्रो छ, मेरो सेयर दलाल अर्वपति भईसक्यो।’

बर्षौंसम्म सिमित ब्रोकरको रजगज ! सेयर दलालजतिको कमाई जग्गा दलालको छैन
गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने सेयर दलालहरुले एक वर्षामा १० अर्व संचालन आम्दानी गरेका छन् भने २ अर्व ९९ करोड रुपैयाँ संचालन खर्च गरेका छन् । कोभिडका समयमा त सबैभन्दा बढी पैसा कमाउने नै सेयर दलालहरु थिए । यतिसम्मकि दिनमै २१ अर्वसम्म कारोबार हुँदा ब्रोकरले दिनमै अर्व बढी पैसा कमाए । बर्षौंसम्म सिमित ब्रोकरहरुले यसरी बजारमा रजगज गरे कि मानौं, यो देश चलाउनेहरु नै उनीहरुको मुट्ठीमा छ । पछिल्लो तथ्यांक हेर्ने हो भने ब्रोकर नम्बर ५८को नाफा सबैभन्दा बढी छ । जम्मा ५ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ५० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । वार्षिक आम्दानी ७४ करोड ९५ लाख रुपैया रहेको यो ब्रोकरको बार्षिक खर्च २४ लाख ८२ हजार रुपैयाँ रहेको छ । यसरी ब्रोकर नम्बर ५८ जस्तै थुप्रै ब्रोकरहरुले सार्है ठुलो रकम नाफा कमाउने गरेका छन् ।

यसरी आनन्दसँग कमाई राखिएको अरवौंको रुपैयाँ अव कम हुने भएपछि ब्रोकरहरु यतिबेला धितोपत्र बोर्डको निर्णयको बिरोधमा उत्रिएका छन् । यतिसम्म कि उनीहरुले बोर्डले ब्रोकर लाइसेन्स मापदण्ड पुगेका सबैलाई खुलाउने निर्णय गरेपछि सो निर्णय रोक्नका लागि ब्रोकरहरु राजनीतिक दौडधुपमा छन् । विभिन्न ब्रोकरहरु आ-आफ्नो झुण्ड बनाएर बैठकहरु बसिरहेका छन् भने आ-आफ्नो ढंगले कहाँ-कहाँ कुरा पुर्याउँदा हुन्छ भनेर छलफलमा जुटेका छन् ।

यसो त सेयर दलालहरुले पाउने कमिसन सार्है धेरै छ नेपालमा । ब्रोकर कम्पनीले हाल ५० हजार रुपैयाँसम्म सेयर खरिदबिक्री गर्दा लगानीकर्ताबाट कारोबार रकमको ०.४० प्रतिशत शुल्क लिने गरेका छन् । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार ०.३० प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन लिन सकिने व्यवस्था बोर्डको छ । यस्तो व्यवस्थाले उनीहरु बसी-बसी महिनाको करोडौं रुपैयाँ कमाउने गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: