×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ समितिमा सभापतिको प्रश्न-‘४-१२ खारेज गर्दा के हुन्छ…?’, गभर्नरको जवाफ-‘बोल्न मिल्दैन…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

अर्थ समितिमा सभापतिको प्रश्न-‘४-१२ खारेज गर्दा के हुन्छ…?’, गभर्नरको जवाफ-‘बोल्न मिल्दैन…’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४-१२ करोड नीतिका विषयमा आफु बोल्न नमिल्ने बताएका छन् । सोमबार अर्थ समितिमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिका विषयमाथि छलफलका क्रममा समिति सभापति कृष्णप्रसाद दाहालको प्रश्नमा जवाफ दिदैं सो विषयमा आफुले बोल्न नमिल्ने बताएका हुन् ।  सभापति दाहालले ‘सेयर बजार ओरालो लागेको र यसलाई सम्बोधन गर्न मौद्रिक नीतिले के व्यवस्था गर्न लागेको छ ?’ भन्ने प्रश्न गरेका थिए ।

जवाफमा गभर्नर अधिकारीले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने बताएका हुन् ।

सभापति दाहालको प्रश्नमा गभर्नरको जवाफ थियो- ‘मैले बोल्दा सेयर बजारमा असर पर्छ, त्यसैले म बोल्न मिल्दैन।’

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट सेयर बजारमा ४-१२ को नीति ल्याएका थिए । सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गभर्नर अधिकारीले गरेका थिए । सो नीतिको चौतर्फी विरोध भईरहेका बेला गभर्नर अधिकारीले यस विषयमा आफु बोल्न नमिल्ने बताएका हुन् । यो नीतिका कारण साना लगानीकर्तालाई पनि असर गरेको भन्दै संसदमै पनि कुरा उठेको थियो । अहिले पनि लगानीकर्ताहरु यो नीति अझै कायम भएमा बजार बलियो नहुने भन्दै आत्तिएका छन् ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब रहेको भन्दै आयात नियन्त्रण गर्नुपर्ने तथा खाद्य वस्तुको आयात निरुत्साहन गर्न आन्तरिक बस्तुको उत्पादन बढाउनु पर्ने बताएका थिए । उनले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउने विषय चूनौतीपूर्ण रहेको समेत बताए । रेमिट्यान्स औपचारिक माध्मयबाट ल्याउनका लागि मौद्रिक नीतिको जोड हुने उनको भनाइ छ ।

गभर्नर अधिकारीले मौद्रिक नीतिमा साना व्यवसायीलाई प्रमोट गर्ने नीति लिने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: