×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुरागाईंले बीमाका सर्भेयरलाई ‘आतंककारी’ भनेपछि…

अर्थ सरोकार

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार

PRIME CA

गुरागाईंले बीमाका सर्भेयरलाई ‘आतंककारी’ भनेपछि…

काठमाडौँ। लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र बीमा समितिले संयुक्त रुपमा बिहीबार बीमा कम्पनीहरुका विभिन्न मुद्धाहरुबारे अन्तरक्रिया कार्यक्रम राखेको थियो । सो कार्यक्रममा बीमा समितिका अध्यक्ष, आइक्यानका अध्यक्षमात्र होइन सबैजसो बीमा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा विभिन्न विषयमा अन्तरक्रिया पनि भयो । विशेषगरी बीमा कम्पनीको पूँजीवृद्धि, बीमाको लेखापरीक्षण, बीमामा आइक्यानको भूमिका र कम्पनीमा लेखापरिक्षकको दायित्व लगायत विविध विषयमा अन्तरक्रिया भएको सो कार्यक्रमको अन्तिममा प्रश्नोत्तर सेसन पनि थियो ।

सो सेसनमा उपस्थितहरुले विभिन्न खालका प्रश्न राखेका थिए भने आइक्यानका अध्यक्ष, जीवन बीमक संघका अध्यक्ष, बीमा समितिका सहायक निर्देशक लगायतले आएका प्रश्नहरुको उत्तर दिएका थिए । तर प्रश्नोत्तरकै बीचमा आइक्यानका पूर्व अध्यक्षसमेत रहेका र पुनर्बीमा कम्पनीमा समेत काम गरेका महेश गुरागाईंले उठाएको प्रश्नमा उल्लेख भएको शब्दलाई लिएर भने बीमा समितिले आपत्ति नै जनाएको छ ।

प्रश्न गर्ने क्रममा महेश गुरागाईंले ‘सर्भेयरहरु आतंककारी जस्ता भए, बुझ्दै नबुझी दायित्वबारे रिपोर्ट लेखे, सर्भेयर आतंक बढी भयो, यसमा बीमा समिति के हेरेर बसेको छ ?’ भन्दै प्रश्न गरेका थिए । प्रश्नपछि बीमा समितिका सहायक निर्देशक सुशील देव सुबेदीले ‘आतंक’ भन्ने शब्दमाथि आफ्नो आपत्ति रहेको बताएका थिए । ‘तपाईंले जुन सर्भेयरको आतंक’ भन्ने शब्द प्रयोग गर्नुभयो, त्यसमा मेरो सविनय आपत्ति छ ।’ गुरागाईंको प्रश्नको उत्तर दिंदै सुवेदीले भने, ‘सर्भेयरहरु आतंककारी होइनन् । उनीहरुलाई त्यसरी लिईनु हुँदैन ।’

गलत गर्ने सर्भेयरलाई कारवाहीसमेत गरिएको बताउँदै उनले ठगी गर्ने, वा गलत गर्ने जो कोहि सर्भेयरलाई बिगतमा पनि बीमा समितिले कारवाहीको दायरामा ल्याएको र अव पनि ल्याउने स्पष्ट पारे । सर्भेयर नै नभई सर्भेयरको काम गर्नेहरु बढे भन्ने विषयमा उठेको प्रश्नमा उनले त्यस्तो काम गर्नेलाई बिगतमा पनि कारवाही गरिएको र अव पनि गरिने स्पष्ट पारेका छन् । ‘हामीले गलत गर्नेलाई कारवाही हिजो पनि गरेका थियौं, र आज पनि गर्छौँ ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘नियामकले नियामकीय भूमिका खेल्न जानेको छ र खेल्छ।’

कार्यक्रममा गुरागाईंले बीमा समितिमा एक्चुरी को छ ? भनेरसमेत प्रश्न गरेका थिए । जवाफमा सुवेदीले बीमा समितिमा भएका एक्चुरीहरुको विवरण सुनाएपछि गुरागाईं चुप बसेका थिए । गुरागाईं केहि समय अगाडी बीमा समितिको समेत दौडमा थिए । तर उनी सफल हुन सकेका थिएनन् ।

अर्का एक सहभागीले लेखापरिक्षकले परिक्षण गरेको रिपोर्ट फेरि किन बीमा समितिले हेर्छ ? भनेर सोधेको प्रश्नमा पनि सुवेदीले नियामकको काम नै त्यहि भएको स्पष्ट पारे । ‘जहाँसम्म अडिटरले हेरेको रिपोर्ट फेरी बीमा समितिले हेर्नुपर्छ र ? भन्ने प्रश्न उठेको छ, त्यो पर्छ । हामी हेर्छौँ । अन्य देशहरुमा पनि हेरिने चलन छ । नियामकको काम नै हेर्ने हो, उसले हेर्छ।’ उनले भने । अर्को एक प्रसङ्गमा अडिटरले अडिट रिपोर्ट क्वालिफाई गरेको खण्डमा लाभांश रोक्नु पर्ने विषयमा उठेको आवाजप्रति समितिको ध्यानाकर्षण भएको सुवेदीको भनाई छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: