×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशियाको २५ बर्षे यात्रा : बैंकिङ रोजगारीमा विशाल फड्को, सीइओदेखि कर्मचारीसम्मको एउटै मिसन ‘नम्बर १ बैंक’

काठमाडौँ । कुनैबेला यस्तो समय थियो, बिराटनगरमा बैंक खुलेको छ भन्दा त्यहाँ भएका सबै १९ जना नै कर्मचारीको नामसमेत कण्ठ हुन्थ्यो स्थानीयलाई । यतिसम्म कि यो बैंकमा सीइओ फलानो छ, ब्रान्च मेनेजर फलानो छ मात्र होइन ट्रेलरमासमेत कतिजना र को-को छन् भन्ने थाहा हुन्थ्यो । नाम थाहा नभएपनि हुलिया थाहा हुन्थ्यो । डिपोजिट भौचरमा हस्ताक्षर हुने हुनाले धेरैले ‘यो फलानो स्टाफको हस्ताक्षर हो’ भन्ने थाहा पाउँथे । तर बैंक विस्तारै ठुलो भयो, एक साखाबाट १०, १०बाट ५०, ५० बाट सयको रेसियोमा पुग्दै गर्दा अहिले एनआईसी एशिया बैंक ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर, र ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् ठुलो संजालमा जोडिएको छ । २०७९ असार मसान्तको तथ्यांक हेर्ने हो भने बैंकमा देशभर ४३८५ कर्मचारीहरु कार्यरत छन् । यतिसम्मकि अहिले बैंकिङ क्षेत्रमा ‘राम्रो’ गरिरहेकाहरु कि त एनआईसी एशियामा छन्, कि त कुनै समय एनआईसी एशिया बैंकमा काम गरेका छन् भन्ने स्थिति छ ।

बैंकिङ रोजगारीका मामलामा पनि अब्बल ‘एनआईसी एशिया’, यस्तो थियो यात्रा 
२५ वर्ष पहिले देशकै प्रमुख व्यापारिक केन्द्र बिराटनगरमा एउटा शाखाबाट सुरु भएको एनआइसी एशिया बैंक ग्राहकका लागि मात्र होइन, बैंकमा काम गर्ने कर्मचारीका लागि समेत ‘साथी’जस्तै बनेको छ । स्थापनाकालदेखि नै प्रतिष्ठा र प्रगतिमा उल्लेख्य फड्को मारिरहेको एनआइसी एशिया बैंकमा ग्राहक, बिजनेश र सञ्जाल बढेजस्तै कर्मचारीको संख्या पनि निरन्तर बढ्दो क्रममा छ । ग्राहकको अगाध माया पाएको तत्कालीन एनआइसी बैंकले सुरुवातमा १९ जना कर्मचारीबाट सेवा प्रवाह गरेको थियो । स्थापनाको पहिलो आर्थिक वर्ष २०५४-५५ अर्थात सन् १९९७-९८ मा १९ जना कर्मचारी राखेर सेवा सुरु गरेको बैंकमा सोहि वर्षको अन्तिममा कर्मचारीको कुल संख्या २३ पुगेको थियो । १९ हुँदै २३ सम्म कर्मचारीबाट सुरु भएको बैंकको पहिलो बर्षको यात्रा अहिले २५ बर्ष पुग्दै गर्दा ४ हजार बढी कर्मचारी संख्याको विशाल संजालले चलिरहेको छ ।

स्थापनाको दोस्रो वर्ष अर्थात वि.सं. २०५५-५६ (१९९८-९९)मा कर्मचारीको संख्या बढेर ५० पुगेको थियो । त्यतिबेला २४ बाट ५० पुग्नु पनि सार्है ठुलो कुरा थियो । अर्थात बैंकमा काम गर्ने कर्मचारीको संख्या दोब्बर बढी भईसकेको थियो । बैंक स्थापनाको दोस्रो वर्ष नै देखिएको उक्त परिवर्तनलाई धेरैले प्रगतिको आधार भनेका थिए ।

वि.सं. २०५६-५७ मा बैंकमा काम गर्ने कर्मचारीको संख्या बढेर ६८ पुग्यो । निरन्तर प्रगतिपथमा लम्किरहेको एनआईसी एशिया बैंकमा दुई वर्ष २०५७-५८ र २०५८-५९ मा काम गर्ने कर्मचारीको संख्या १२७ जना पुगे । त्यसको अर्को वर्ष बैंकमा काम गर्ने कर्मचारी संख्या १२८ पुग्यो । स्थापनाको सातौँ वर्ष कर्मचारी संख्या १४० पुगेको बैंकमा आठौँ वर्षमा सो संख्या बढेर १५७ पुग्यो । त्यस्तै वि.सं. २०६२-६३ अर्थात स्थापनाको नवौँ वर्ष बैंकमा १६६ कर्मचारी थिए भने दशौँ वर्षमा सो संख्या १८९ पुगेको थियो । आ.व. २०६४-६५ मा एनआइसी एशिया बैंकमा काम गर्ने कर्मचारीको संख्या २३२ पुगेको थियो भने स्थापनाको १२औँ वर्षमा कर्मचारी संख्या २७० पुगेको थियो । १३औँ वर्षसम्म आईपुग्दा बैंकमा काम गर्ने कर्मचारीको संख्या ३२७ पुग्यो ।

बिजनेश निरन्तर उकालो ग्राफमा अघि बढ्दै थियो । शाखा संजाल बढ्दै थिए, ग्राहकको संख्या त्यहि अनुसार बढ्दै गएपछि कर्मचारीहरु थपिने क्रम पनि बढ्यो । आर्थिक बर्ष २०६७-६८को अन्तिमसम्ममा ३३६ जना कर्मचारी भएको बैंकमा आ.व. २०६८-६९ मा ३४६ जना कर्मचारीले सेवा दिईरहेका थिए । आर्थिक बर्ष २०६९-७० मा कर्मचारी संख्या ५९१ पुगेको बैंकमा स्थापनाको १७औँ वर्षमा बैंकमा कुल कर्मचारीको संख्या ५९५ र त्यसको अर्को वर्ष अर्थात स्थापनाको १८औँ वर्षमा ७३० कर्मचारी एनआईसी एशियन भईसकेका थिए । बैंकमा आर्थिक वर्ष २०७२-७३ र ०७३-७४ मा कर्मचारीको संख्या क्रमशः ११०१ र १७५५ पुगेको थियो । यो बीचमा आर्थिक बर्ष सुरु भएपछि काम सुरु गर्ने र सो आर्थिक बर्षको अन्तिम नहुँदै छोड्नेहरु पनि थिए ।

एनआईसी एशिया यतिमा रोकिएन । ग्राहक संख्या दिनानुदिन बढ्दै गएपछि बैंकले कर्मचारीहरु थप्दै गयो । संस्था ठुलो हुँदै गएपछि कर्मचारीहरुको संख्या बढ्नु स्वभाविक पनि थियो । नभन्दै आ.व. २०७४-७५ मा बैंकमा काम गर्ने कर्मचारीको संख्या २२९१ पुग्यो । आ.व. २०७५-७६ को अन्तिमसम्ममा सो संख्या बढेर ३४७२ पुग्यो । विश्व महामारीका कारण सम्पूर्ण विश्वमा आतंकित बनेका बेला बैंकिङ क्षेत्रपनि अछुतो रहेन, जसको प्रभाव एनआइसी एशियामा पनि परेको देखिन्छ । अर्थात आ.व. २०७६-७७ को अन्तिमसम्ममा कर्मचारीको संख्या २९०८ थियो । २०७८ साल असार मसान्तसम्ममा बैंकमा काम गर्ने कर्मचारीको संख्या ३७९२ पुगेको थियो भने २०७९ असार मसान्तसम्ममा यो संख्या बढेर ४३८५ पुगेको छ ।

बैंकले कर्मचारीको संख्या जसरी बढाएको छ, त्यसरी नै बैंकमा काम गर्ने कर्मचारीको तलव सुविधा पनि बढाउँदै आएको छ । तलबमात्र होइन, आकर्षक बोनस, भत्ता, कर्जा, बीमालगायत अन्य सुविधाले एनआईसी एशिया बैंकको जागिर एकातर्फ आकर्षक जागिर बन्न सफल भएको छ भने अर्कोतर्फ बैंकको यो बैंकको जागिर सुरक्षित जागिरको रुपमा पनि लिइएको छ । समयमै तलव, काम अनुसारको तलव सुविधा, समय अनुसारको बोनस, पर्फर्मेन्सअनुसारको प्रमोसन र सम्मानले यो बैंकको जागिरलाई थप परिस्कृत बन्दै जाँदा यहाँका कर्मचारीहरु सन्तुष्ट भएर काम गरिरहेको पाइएको छ ।
४ सिइओ, हजारौँ कर्मचारीको एउटै मिसन- ‘नम्बर १’
स्थापनाकालदेखि नम्बर १ बन्ने मिसनका साथ अगाडी बढेको एनआइसी एशिया बैंक आखिर देशभरका २६ बैंकहरुमध्ये निजीस्तरको नम्बर १ बैंक बनेको छ । शाखा सञ्जाल, कर्मचारी संख्या, ग्राहकको सुविधा र उत्कृष्ट प्रोडक्टहरुकै कारण बैंकलाई धेरैले नम्बर १ को ताज भएको बैंककै रुपमा लिने गरेका छन् ।
यसो त एउटा शाखाबाट सुरु भएको बैंक देशकै अग्रणी बैंकसम्मको यात्रा तय गर्नमा पनि बैंकका कर्मचारीहरुको ठुलो हात छ । बैंक स्थापनादेखि २५औँ वर्षमा पुग्दासम्म बैंकलाई नम्बर १ बनाउनका लागि बैंकलाई ‘लिड’ गरेका ४ जना प्रमुख कार्यकारी अधिकृत (सिईओ) देखि हरेक बर्ष एनआईसी एशियामा काम गरेका हजारौँ कर्मचारीहरुको ठुलो योगदान छ ।
बिराटनगरको मेनरोडमा बैंकका पहिलो शाखा सञ्चालन भएदेखि नै संस्थापक सीईओ केआर आइएरले ४ वर्ष बैंक सम्हाले । बैंकमा एक कार्यकाल मात्रै सम्हालेका उनले बैंकमा दिएको योगदानको प्रशंसा आजपनि बैंकका कर्मचारीहरुले गरिरहन्छन् । बैंकमा सिइओको दोस्रो कार्यकाल शशिन जोशीले सम्हालेका थिए । उनले लामो समय यहि बैंकमा काम गरे । नेपाली बैंकिङ क्षेत्रको सुनौलो इतिहासका साक्षीका रुपमा आज उनलाई लिने गरिएको छ ।
जोशीले आर्थिक वर्ष २०५८-५९ देखि २०७०-७१ सम्म बैंकमा काम गरे । उनकै नेतृत्वमा बैंकले दुईपटकसम्म बैंक अफ दी एयरको अवार्ड पायो । उनीपछि बैंकमा लक्ष्मण रिसाल बैंकको सीइओ भएर आए । रिसालपछि अहिले बैंकलाई रोशन न्यौपानेले ‘लिड’ गरिरहेका छन् । समग्रमा यी ४ सीइओहरुले हजारौँ कर्मचारीको साथ लिएर बैंकलाई नम्बर १ बनाई छाडे ।
अझै अब्बल बन्ने लक्ष्य, अझ सशक्त बन्ने प्रण !
साउन ५ गतेबाट एनआईसी एशिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । पूर्वको उज्यालोसँगै सुरु भएको एनआईसी एशिया बैंकले अहिले देशभर बैंकिङ ज्योति फैलाईरहेको छ । ग्राहकप्रतिको दृढ संकल्प र मेहेनतकै प्रतिफलस्वरुप आज बैंक देशमै सबैभन्दा ठुलो बैंकको रुपमासमेत स्थापित भएको छ । अहिलेपनि अधिक ग्राहकको रोजाई बनेको एनआईसी एशिया बैंकले आफ्नो लक्ष्य ‘अझै सशक्त’ बन्ने राखेको छ । सगरमाथा चढ्न जति गाह्रो छ, त्यहाँभन्दा धेरै गाह्रो कुरा, त्यहाँ रहिरहन छ भनेजस्तै एनआईसी एशियालाई नम्बर १ को ताज जोगाईराख्न पनि चुनौति छ । र त एनआईसी एशिया बैंक निरन्तर ग्राहकसेवामा तल्लीन छ, निरन्तर आफ्ना सेयरधनीलाई अझ धनी बनाउन लागि परेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: