×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ बर्षमा एनआईसी एशियाका ४ सीइओ : ‘आइएरले जग हाले, जोशीले बलियो बनाए, रिसालले चम्काए, न्यौपानेले लम्काए…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

२५ बर्षमा एनआईसी एशियाका ४ सीइओ : ‘आइएरले जग हाले, जोशीले बलियो बनाए, रिसालले चम्काए, न्यौपानेले लम्काए…’

काठमाडौँ । २५ वर्षअघि साउन ५ गते तत्कालीन एनआइसी बैंक खुल्दा धेरैले सो बैंक कुनै दिन देशकै नम्बर १ बैंक बन्छ होला भनेर सोचेकै थिएनन् होला । तर बैंकको व्यवस्थापन, संचालक समिति, कर्मचारीको मेहेनत र निरन्तर सरोकारवालाहरुका लागि केहि नयाँ पस्किरहने कर्मले यो बैंकलाई देशकै नम्बर १ बैंक बनाउन सफल बनायो । यो बीचमा सयौँ कर्मचारीले रातदिन मेहनत गरे, संचालक समितिले व्यवस्थापनलाई साथ दियो, व्यवस्थापन निरन्तर खट्यो, र नतिजा आजको एनआईसी एशिया बैंक बन्यो । तर ढुंगाबाट मुर्ति बनाउन सजिलो छैन भनेझैँ एनआईसी एशिया बैंकको यो यात्रा त्यति सहज भने पक्कै थिएन । अनेक आरोह-अवरोहसँगै जुधेको व्यवस्थापनको कटिबद्ध सोच, योजना, र योजनाको कार्यान्वयनका कारण बैंक आज निजीस्तरको नम्बर १ बैंक बन्न सफल भएको छ । यो बीचमा बैंकलाई ‘लिड’ गर्ने ४ प्रमुख कार्यकारी अधिकृतले गरेको मेनेहत पनि सानो पक्कै छैन ।
केआर आइएरले जग हाले
तत्कालीन एनआईसी बैंकमा केआर आइएर ४ बर्ष सीइओ बने । कुल एक कार्यकालमात्र बैंकमा काम गरेपनि उनले हालेको जगको परिणाम नै आजको एनआईसी एशिया हो । आर्थिक बर्ष २०५४-५५, २०५५-५६, २०५६-५७, २०५७-५८ गरी कुल ४ बर्ष एनआईसी एशियामा सीइओको भूमिकामा रहेका उनी त्यसपछि भारत फर्के । तर तकालीन एनआईसीलाई सुरुमा स्थापित गर्ने मामलामा उनको योगदान निकै ठुलो छ । सुरुवाती बैंक, त्यो पनि क्षेत्रीय बैंकलाई लिडर बन्न कम्ती गाह्रो थिएन । नयाँ ठाउँमा बिजनेश गर्न र टार्गेट पूरा गर्न कम्ती चुनौतीपूर्ण थिएन । तर उनले आफुले सुरु गरेको बैंक देशकै नम्बर १ बैंक बन्नुपर्छ भनेर काम गरे । अविराम, अविरल आफ्नो काममा लागिरहे उनी । यसो त उनका लागि पनि नेपालमा सुरुवाती बैंकिङको अनुभव नयाँ थियो । तर आफ्नो अनुभवलाई नेपाली बैंकमा लगाएका उनले एउटा दरिलो जग बसाएर एनआईसी एशियाबाट बिदा भए ।
जोशीले बलियो बनाए बैंक
एनआईसी एशिया बैंकको इतिहास हेर्ने हो भने शशिन जोशीले एनआईसी एशिया बैंकमा निकै लामो समय काम गरे । आर्थिक बर्ष २०५८-५९ देखी २०७०-७१ सम्म उनी निरन्तर एनआईसीमा सीइओका रुपमा काम गरे । एआईसी हुँदादेखि एनआईसी एशिया बन्दासम्मको महत्वपूर्ण समयमा उनी नै सीइओ थिए । उनकै नेतृत्वमा रहेको बैंकले दुई पटकसम्म बैंक अफ दी एयर अवार्ड पायो । अहिले एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रहेका रोशन न्यौपाने पनि उनले नै ‘ग्रुम’ गरेका बैंकर हुन् ।
यो बीचमा नयाँ-नयाँ प्रोडक्ट ल्याउने बाहानामा होस्, वा बजारमा सधैं फरक काम गर्ने मामलामा होस् वा ट्रेण्ड सेटर बन्ने मामलामा होस्, उनी सधैं अब्बल ठहरिएका बैंकर हुन् । झन्डै १२ बर्ष उही बैंकमा काम गरेका जोशीको कार्यकाल नै एनआईसी एशिया बलियो बनेको समय हो । उनले हरेक पटक बैंकलाई दिएको योगदानको कदर गर्दै उनी निरन्तर त्यति लामो समय सीइओ बन्न सफल भएका व्यक्ति हुन् । अहिले पनि धेरै बैंकरहरु शशिन जोशीको बैंकिङ कलाको खुलेर प्रशंसा गर्ने गर्छन् । ‘सायद जोशी बैंकमा सीइओ नभएको भए एनआईसी यति सफल हुने थिएन’ भनेर अग्रज बैंकरहरु खुलेरै बताउँछन् । आफ्नो करियरको महत्वपूर्ण समय एनआइसी एशियामा बिताएका उनले एनआईसी एशियामै धेरैलाई गरमसमेत गरेका छन् ।
अहिलेका सिभिल बैंकका सीइओ सुनिल पोखरेल, नबिल बैंकका डेपुटी सीइओ सुजित शाक्य, हाल कामाना सेवाका सीइओ रहेका प्रविण बस्नेत लगायतका चलेका बैंकरहरु उनले नै एनआईसी एशियामा ग्रुम गरेका बैंकरहरु हुन् । एनआईसी एशियाको हरेक ‘माइलस्टोन’का साक्षीसमेत रहेका जोशी हाल हिमालयन डिस्टिलरीमा काम गर्छन् । र हालको एनआईसी एशिया बन्न उनले ठुलो भूमिका खेलेका छन् ।
रिसालले चम्काए, न्यौपानेले चम्काए
एनआईसी एशियामा शशिन जोशीले छोडेपछि आएका सीइओ हुन् लक्ष्मण रिसाल । आर्थिक बर्ष २०७१-७२, २०७२-७३ र २०७४३-७४ सम्म बैंकको कमाण्ड सम्हालेका बैंकर रिसालले एनआईसी एशियालाई चम्काएका हुन् । उनकै नेतृत्वमा बैंक अलि बढी नै एग्रेसिभ भएर अगाडी बढ्ने निर्णय गरेर सोहि अनुसार अगाडी बढेको थियो । ब्राण्ड बनाउने मामलादेखि समग्रमा बैंकलाई चम्काउने मामलामा रिसालले महत्वपूर्ण भूमिका खेले । कार्यकाल पूरा नहुँदै उनले बैंक छोडेका थिए। तर उनले जति गरे, उनले एनआईसी एशिया चम्काउन महत्वपूर्ण भूमिका खेलेको कुरामा कुनै शंका छैन । जहाँ पनि एनआईसी एशिया देखिनुपर्छ, सबैलाई बैंक भनेकै एनआईसी एशिया हो भन्ने पार्नुपर्छ भनेर उनले निकै मेहेनत गरे । फलस्वरुप आजको एनआईसी एशिया बैंक देशको नम्बर १ बैंक बन्न सफल भएको छ । उनले बैंक छोड्दै गर्दा नै छिट्टै नै बैंक देशको नम्बर १ बैंक बन्ने आधार बनिसकेको धेरैको अनुमान थियो ।
एनआईसी एशिया अबैंकमा कामु सीइओ हुँदै रोशन कुमार न्यौपानेले अवको ५ बर्षमा बैंक नम्बर १ बन्ने घोषणा गरेका थिए । अर्थ सरोकारसँगको अन्तर्वार्ताका क्रममा उनले एनआईसी अवको ५ बर्षमा हरेक हिसाबले नम्बर १ बन्ने बताएका थिए । र आखिर उनले भनेजस्तै उनले बैंकलाई निजीस्तरको नम्बर १ बैंक बनाएरै छोडे । समग्रमा भन्नुपर्दा उनले बैंकलाई हरेक हिसाबले लम्काए । र त आजकल बैंकिङ क्षेत्रमा गफ हुन्छ- ‘एनआईसी एशिया लम्किसक्यो, लम्केको हात्तीलाई चम्केको घोडाले भेट्टाउन गार्है पर्छ ।’
अहिले उनकै नेतृत्वमा बैंक नम्बर १ को ताज पहिरिएर अगाडी बढीरहेको छ । पछिल्लो त्रैमासको वित्तीय विवरण हेर्ने हो भने पनि बैंकले खुब प्रगति गरेको छ । उनी बैंकको सीइओ बनेको बेलाको बैंक र अहिलेको बैंकमा धेरै अन्तर छ । धेरै हिसाबले बैंक निकै अब्बलमात्र बनेको छैन, बजारमा बैंक भनेकै एनआईसी एशिया हो भन्ने विश्वास पनि दर्ज भएको छ ।
अहिले बैंकका ३५९ शाखा कार्यालयहरू छन् भने ४७३ एटिएमसहितको विशाल संजाल छ । बैंकले १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिईरहँदा एनआईसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: