काठमाडौँ । हाल कोरियामा रहेका सेयर लगानीकर्ता दुर्गादत्त भट्टले गत ६ तारिखमा गुडविल फाइनान्स कम्पनीको सेयर बिक्री गर्न खोजे । उनले सबै कुरा प्रमाणीकरण गरी अर्डर राखे । तर पहिलोपटक सेयर बिक्री गर्न खोज्दा आंशिक रुपमा सेयर बिक्री भयो । अव बाँकी आंशिक सेयर अर्डरलाई खारेज गरी उनले नयाँ अर्डर राख्न खोजे । तर सो अर्डर क्यान्सील गर्न खोज्दा क्यान्सिल भएन । सो अर्डर क्यान्सिल नभएपछि उनले सो अर्डरलाई सम्पादन गर्न खोजे । उनले ट्रेड भएको कित्तालाई घटाएर आफुसँग भएको बाँकी कित्ता हेरी नयाँ अर्डर हान्दा पूरानो र नयाँगरी सबै सेयर बिक्री भयो । अर्थात डबल सेयर बिक्री भयो ।
यसरी झुक्किएर हुँदै नभएको सेयर बिक्री गर्दा ग्राहकलाई क्षतिपूर्ति भराउने गलत चलन छ । तर यसमा पनि उनको केहि पनि गल्ती थिएन । अर्थात गल्ती भट्टको नभई सिष्टमको थियो । र त उनी यसरी सिष्टमले गल्ती गर्दा ग्राहकले क्षतिपूर्ति तिर्न नपरोस् भनेर सम्बन्धित कार्यालयहरुमा लडाई लडिरहेका छन् ।
त्यसपछि उनले यस विषयमा आफ्नो ब्रोकरलाई जानकारी गराए । उनले आफ्नो ब्रोकर कम्पनी अर्थात बोरकर नम्बर ३८ मा आफ्नो डिपि ब्यालेन्स भन्दा बढी सेयर विक्रे हुन गई २००० कित्ताको राफसाफमा समस्या हुन गएको हुँदा सहयोगगरी पाउँ भनी निवेदन दिए । उनले ब्रोकरमा मात्र होइन नेप्सेमा पनि यस विषयमा जानकारी गराए । उनले यो सफ्टवेर बनाउने वाईको नामक कम्पनीलाई पनि यसको बोदार्थ पठाएका छन् । तर अझै पनि उनको मागको सुनुवाई भएको छैन ।
भट्ट त प्रतिनिधि पात्रमात्र हुन्। यसरी सिष्टमको इररका कारण दुख पाउने धेरै सेयर लगानीकर्ताहरु छन् । तर लामो समयदेखि यसरी सिष्टमको समस्या हुँदा पनि लगानीकर्ताहरु जरिवाना तिर्न बाध्य छन्।

यसरी हुँदै नभएको सेयर बेचिए गल्ती कसको हुन्छ ?
भट्टको जस्तो केसमा ग्राहकको खासमा कुनै पनि गल्ती हुँदैन । सामान्यतया यसरी सेयर बिक्री हुँदा कारोबार नै ‘क्लोज आउट’ गरिन्छ । अर्थात्, बिक्री गरेको सेयर दिन नसक्ने लगानीकर्ताले कारोबार भएको मूल्यको २० प्रतिशत रकम जरिवानास्वरुप दिनुपर्छ । तर आफुले जानीजानी नभई सिष्टमको समस्याका कारण गल्ती हुँदा त्यसको पेनाल्टी ग्राहकले किन तिर्ने भन्ने विषय महत्वपूर्ण भएको पीडीतहरुको तर्क छ ।
‘यसमा मेरो केहि पनि दोष छैन । सिष्टम इरर हुँदा समस्या भयो । मैले जानेर डबल सेयर बेचेको पनि होइन । यस्तो अवस्थामा मैले किन पेनाल्टी तिर्ने ? मेरो नेप्से र वाईकोसँग पनि भनाई यहि हो । मैले मेरो ब्रोकर कम्पनीलाई पनि यहि राफसाफ गर्न भनेर पत्र पठाएको छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै भट्टले भने- ‘यसरी आफ्नो गल्तीविना पनि कारवाही हुने काम नहोस् भनेर मैले सचेत गराउन खोजेको हो।’
तर यस विषयमा नेप्सेको थोत्रो सिष्टम घुस खुवाएर नै बनाएको आरोप लागेको वाईको आफ्नो गल्ती नभएको तर्क गर्छ । यता नेप्से र ब्रोकर हाउसको कुरा पनि ग्राहकले नै सावधानी अपनाउनुपर्छ भन्ने छ । जवकि सिष्टममा भएको गल्ती ग्राहकको काबुमै नरहने विषय हो ।

नभएको सेयर बिक्री हुँदा करोडौँ जरिवाना, तर समस्या समाधान भएन
यसरी हुँदै नभएको सेयर बेच्दा गत आर्थिक बर्षमा मात्रै सेयर लगानीकर्ताहरुले करोडौंको जरिवाना तिरेका छन् । तर सिष्टम इररले भएको केसमा पनि सेयर लगानीकर्ताहरुलाई नै जरिवाना तिराइएको छ । यस्तो सेयर कारोबारमा ब्रोकरको पनि जिम्मेवारी हुने भएपनि ब्रोकरहरुलाई चोख्याएर लगानीकर्ताहरुलाई मात्र जरिवानाको सिकार बनाउने गरिएको छ । ‘सिष्टममा समस्या छ, हाम्रो केहिपनि गल्ती छैन । तर हामीले नै जरिवाना तिर्नुपर्ने यो कस्तो नियम हो ? कानुनमा नियत र बदनियत भन्ने पनि त हुनुपर्यो नि ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पीडीत भट्ट भन्छन्- ‘नेप्से, वाईको र सीडीएससीले यस विषयमा समयमा नै ख्याल गर्नुपर्छ ।’
यस विषयमा वाईको केहि पनि बोल्न नै चाहादैन । वाइको नामक कम्पनी थोत्रो सिष्टम बेचेर लगानीकर्तालाई ठगी गरिरहेको कम्पनीका रुपमा लगानीकर्तामाझ बदनाम छ । नेप्सेको सिष्टम बनाउँदा पनि ठुलो घोटाला भएको तथ्य बाहिरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्