×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ लाइसेन्स थप्ने प्रस्ताव फिर्ता गर्न सेयर दलालहरुको माग, बोर्ड भन्छ-‘ज्ञापनपत्र भनेर दिए, कुण्ठापत्र रहेछ’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारि तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्नेगरी निर्णय गरेपछि असन्तुष्ट बनेका सेयर दलालहरुले नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । आज नेपाल धितोपत्र बोर्डमा पुगेर उनीहरुले बोर्ड अध्यक्षसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।बोर्डले मापदण्ड पुगेका सबैलाई लाइसेन्स वितरण गर्ने भएपछि ब्रोकरहरु असन्तुष्ट छन् ।

आफुसँग प्रत्यक्ष सम्बन्धित नियमावली हुँदा पनि आफुहरुसँग कुनै पनि सल्लाह नगरिएको भन्दै ब्रोकरहरु बोर्डप्रति रुष्ट बनेका छन् । ‘उक्त नियमावली हामी धितोपत्र दलाल व्यवसायीहरुसँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेको तर बिगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व हामी व्यवसायीहरुसँग पनि राय सुझाव लिइने परम्परालाई बेवास्ता गर्दै उक्त नियमावलीमा संसोधन गर्न मस्यौदा गर्नुपुर्व हामिसँग कुनैपनि राय सुझाव नलिई अस्वभाविक हतारोमा रातारात ल्याइएको हुँदा एकातिर हामीले हाम्रो अभिभावकको रुपमा रहेको नियामक कतै हराएको हो कि भन्ने आभास गरेका छौं।’ विज्ञप्तिमा भनिएको छ ।

ब्रोकरहरुले सो संसोधन प्रस्ताव समग्र धितोपत्र बजार तथा व्यवसायीहरुको हितमा छ भन्ने कुरामा बिस्वसत हुन नसकेको र सो प्रस्तावले ब्रोकरहरुको निष्ठा र इमान्दारितालाई समाप्त गरेकोसमेत गुनासो गरेका छन् । ‘हाल संचालनमा रहेका व्यवसायीहरुबाट भौगोलिक रुपमा बजारको तथा सेवाको बिस्तार हुन नसकेको भन्ने तथ्यहीन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलाल व्यवसयीको संख्या वृद्धिको प्रावधानले दशकौंदेखि कायम हाम्रो निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको पनि हामीले महसुस गरेका छौं ।’ बिज्ञप्तिमा अगाडी भनिएको छ-
यसबाट हामी व्यवसायी अत्यन्तै चिन्तित र दुखि भएकाछौं ।’

बिगत तीन दशकदेखि बजारको सारथीका रुपमा व्यवसायीहरुले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालिको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गरेको दाबी गर्दै ब्रोकरहरुले भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सही रातभरि कार्यालमै बसि राफसाफ कार्यलाई नियमित गरेको स्मरण गर्दै ब्रोकरहरुले अभौतिक धितोपत्रको मात्र कारोबार हुने व्यवस्था लागु गर्न लाखौँको संख्यामा रहेका प्रमाणपत्रहरुको बिना कुनै शुल्क अभौतिकिकरण गरेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

‘राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केटजस्ता बजारका आधारभुत पुर्वाधारहरुको स्थापनामा नियामक र बजार संचालकनै अग्रसर नदेखिएको अवस्थामा पनि आफ्नो जायजेथाबाट क्षति ब्यहोरेरै भए पनि बिगत तिन दशकमा कुनै पनि लगानिकर्ताले खरिद गरेको एक कित्ता शेयर र बिक्रि गरेको एक रुपैयाँ नगद गुमाउनु पर्ने अवस्थाको सृजना हुन नदिइ बजारको बिश्वसनियता कायम गरेकै हौं ।’ विज्ञप्तिमा भनिएको छ- ‘बजारका यति बिघ्न बाधाब्यवधानहरु सहेर बजारलाई आजको यो अवस्थामा ल्याएका हामि व्यवसायिलाई आज काम गर्न केहि सहज परिस्थितिको सृजना हुनेबित्तिकै कुनै अवसर नै नदिई कुनै परिक्षण नै नगरी अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट विस्थापित हुने वातावरणको सृजना गरिंदा आजको नेपाल धितोपत्र बोर्डले बजारको सम्पुर्ण इतिहास बिर्सिएर हामीलाई राम्रो पुरस्कार दिएको छ भन्ने हामीलाई लागेको छ । यसबाट हामी अत्यन्तै मर्माहित भएका छौं ।’

ब्रोकरहरुले बिज्ञप्तिमार्फत आफुहरुले नभई नियामकले नै बजार सुधारको काम नरेको आरोपसमेत लगाएका छन् । ‘व्यवसायीले बजार तथा सेवाको बिस्तारका लागि गरेको बहुसंख्यक अनुरोधहरुलाई नियामकबाटनै बेवास्ता गरिएको, यस्तो बिस्तारका लागि नियामकबाट आजसम्म कुनैपनि निति निर्देशन जारी नभएको, व्यवसायीबाट के कति कारणले बिस्तार सम्भव नभएको भनि एउटा पनि अध्ययन नियामकले नगराएको सन्धर्भमा नियामकले नै व्यवसायीहरु माथि झुठो आरोप लगाई अन्य कुनै पनि बित्तीय क्षेत्रका नियामकहरुले जोखिम हुने ठानी अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिई संख्यामात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त विपरितको कार्यरहेको हाम्रो ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ-‘सेवा विस्तार गर्न दशकौंदेखि विभिन्न सेवा थप्न माग गर्दै आएकोमा तिमध्ये एउटा मार्जिन कारोबारको मात्र कार्यविधि लागु भई हामी व्यवसायीहरुले तीन आर्थिक बर्षको नविकरण शुल्क बुझाएर नविकरण गर्दा पनि नियामक कै अनिच्छाले गर्दा अगाडि बढाउन नसकिएको अवस्था रहेको छ भने बजारको बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पुर्णरुपमा बेवास्ता गरिएको र एकदमै खर्चिलो माध्यमको रुपमा रहेको शाखा खोल्न पनि सिमित संख्यामा र त्यो पनि बर्सौ लगाउने गरिएकोहँदुा हामि व्यवसायिमाथि लगाइएको आरोप र त्यस आरोपका आधारमा गरिएको संसोधन प्रस्ताव नियामकको असक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपन्चको रुपमा मात्र हामिले लिएका छौं ।’

ब्रोकरहरुले नियामकले नै आफुहरुमाथि पूर्वाग्रह राखी सो निर्णय गरेकोसमेत आरोप लगाएका छन् । ‘नेपालजस्तो सानो अर्थतन्त्र भएको बिकासशील देशमा विश्वका अति विकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यवसायीको पूँजी कयौं गुणाले उच्च राख्न लगाउनु भनेको नियामकले सुक्ष्म अध्ययन बिनानै हचुवाको भरमा अल्पदृस्टि राखी निर्णय गरेको कुरा प्रष्ट हुन्छ ।’ विज्ञप्तिमा अगाडी भनिएको छ- ‘नेपालमै पनि अन्य किसिमका धितोपत्र व्यवसायीहरुले गरिरहेका कार्य गर्न नै दलाल व्यसायीहरुले तिनै व्यव्सायिहरुले कायम गर्नुपर्ने भन्दा पनि गुणात्मक रूपमा बढी पूँजी कायम गर्न लगाउनुले पनि धितोपत्र बोर्डको हालको नेतृत्वको हामि दलाल व्यवसायीहरुप्रति पुर्वाग्रह रहेको पुष्टि हुन्छ ।

ज्ञापनपत्रमार्फत सेयर दालालहरुले नयाँ दलालहरु थप्ने विषयमा आफ्नो पनि राय समेटिनुपर्ने मागसमेत बोर्डसमक्ष राखेका छन् । ‘धितोपत्र दलाल व्यवसायको जोखिम व्यवस्थापनका लागि अपरिहार्य अङ्गको रुपमा रहेका निक्षेप सदस्य व्यवसाय पूँजीको ठुलो आवश्यकता खडा गरी हामी व्यवसायीहरुबाट खोस्न खोज्नुले नियामकले आजसम्म धितोपत्र दलाल व्यवसाय र यसमा निहित जोखिम नै नबुझेको कुरा पनि प्रस्टै पार्दछ । तसर्थ, आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको यस्तो संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायिहरुलाई व्यवसाय छोडन बाध्य पार्ने, अन्य उत्पादनमुलक क्षेत्रमा पूँजीको कमी भइरहेको अवस्थामा सिमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुजि लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानिलाई जोखिममा पार्ने, राफसाफमा निहित जोखिम बढ्ने र अन्त्यमा गर्न सक्ने र क्षमतावान टिक्ने नाममा सिमित समुहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सृजना भइ समग्र बजारनै असन्तुलित हुन जानेहँदुा हाल अर्थमन्त्रालयमा बिचाराधिन रहेको यस मस्यौदामा हामी व्यवसायीहरुको पनि राय सुझाव समेटिनेगरि पुन छलफल चलाउन आवश्यक रहेकाले उक्त मस्यौदा पुन नेपाल धितोपत्र बोर्डमानै फिर्ता ल्याई गहन अध्ययन गराई तथ्य तथा सबै सम्बन्धित पक्षको राय सुझावका आधारम अघि बढ्न अनुरोध गर्दै सम्पुर्ण धितोपत्र दलाल व्यवसायिहरुको तर्फबाट योज्ञापनपत्र पेश गरेका छौं। ‘ एसोसिएसनका महासचिव गुणनिधि भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यता नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने ब्रोकरहरुले ज्ञापनपत्रका नाममा कुण्ठामात्र पोखेर पत्र बुझाएको प्रतिक्रिया दिएका छन् । ‘ज्ञापनपत्र भनेको त केहि क्रिएटिभ र क्रिटिकल कुरा हुनुपर्थ्यो । ब्रोकर साथीहरुले त सबै कुण्ठा पोखेरमात्र ल्याउनुभएछ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने- ‘अझ ज्ञापन पत्रको भाषा हेर्दा त भर्खर ७-८ कक्षा पढेका विद्यार्थीले लेखेजस्तो अशुद्ध शब्दाका खानीमात्र उल्लेख भएको छ । आफ्नो विज्ञप्ति त राम्रोसँग ड्राफ्ट गर्न नसक्ने ब्रोकरबाट अव पनि बजार बलियो हुन्छ भनेर कसरी सोच्ने ?’

यता बोर्डका अधिकारीहरुले आफुले ब्रोकरहरुलाई यस विषयमा जानकारी नै नगराएको भएपनि उनीहरु सुनेकै भरमा बोर्ड आएको प्रतिक्रिया दिएका छन् । ‘अस्ती अर्थ सरोकारमा त औपचारिक जानकारी नआई यस विषयमा हामी बोल्दैनौं भनेर ब्रोकरका अध्यक्षले भनेको सुनिएको थियो । अहिले फेरी कसले औपचारिक जानकारी दिएछ र उहाँहरु आउनुभयो, हामी छक्क परेका छौं ।’ ती अधिकारीले भने -‘बोर्डबाट यस विषयमा कुनै पनि औपचारिक जानकारी ब्रोकरहरुलाई गराइएको छैन ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: