काठमाडौं । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले बैंकिङ्ग कसु मुद्धामा एक युवतीलाई पक्राउ गर्यो । स्थायी घर बाग्लुङ्ग भएकी र हाल पोखरा महानगरपालिका–२ मिरुवा बस्दै आएकी २७ वर्षीया दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो । पुनलाई ‘चेक बाउन्स’को मुद्धामा प्रहरीले खोजि गरिरहेको थियो । दिक्षाले बैशाख २६ गते कुल बहादुर विकलाई ३ लाखको चेक दिएकी थिईन् । पोखरा फाइनान्स लिमिटेडको चेक दिएकी दिक्षाको खातामा पर्याप्त रकम मौज्दात थिएन । ‘चेक बाउन्स’ भएपछि दिक्षा विरुद्ध बैंकिङ कसूर मुद्धामा दर्ता गरि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
‘झाडी’मा लुेकेर बसेकी थिईन ‘दिक्षा’:
आफ्नो खातामा हुँदै नभएको रकम सटहीका लागि भन्दै चेक दिएपछि दिक्षाको ठगी धन्दा बाहिरिएको हो । दिक्षाले दिएको चेकको खातामा पैसा नै नभएपछि उनी विरुद्ध बैंकिङ्ग कसुरको मुद्धा दर्ता गरिएको थियो । आफु विरुद्ध अदालतमा मुद्धा दर्ता गरिएको र प्रहरीले खोजि गरिरहेको छ भन्ने थाहा पाएपछि दिक्षा फरार भएकी थिईन् । दिक्षाको खोजीकार्यमा तिव्रता दिएको कास्की प्रहरीले अन्ततः उनलाई झाडीमा लुकेरा बसेको अवस्थामा पक्राउ गरेको छ ।
‘बैंकिङ्ग कसुर’ मुद्धामा फरार रहेकी दिक्षाको खोजी गरिरहेको प्रहरीले साउन २१ गते (शनिबार) दिउसो अन्नपूर्ण गाउँपालिका ८, बिरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई घारीमा लुकेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेकी पुनलाई उच्च अदालत पोखराबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
‘यूके’ पठाउने भन्दै ठगीमा संलग्नः
‘चेक बाउन्स’को मुद्धा अन्तर्गत बैंकिङ्ग कसुरमा पक्राउ परेकी दिक्षाको ठगिमा अर्को रहस्य बाहिर आएको छ । पुन यूके पठाईदिने भन्दै लामो समयदेखि दलाली गर्दै आएकी थिईन् । पक्राउ परेकी पुन विरुद्ध यूके पठाईदिन्छु भन्दै रकम ठगी गरेको गुनासो पनि आइरहेको कास्की प्रहरीले जानकारी दिएको छ । पुनले यूके पठाईदिने भन्दै लाखौँ रकम ठगि गरेको पीडितहरुको गुनासो रहेको छ । योसँगै कास्की प्रहरीले अन्य पीडितहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
‘दिक्षा पुनले विभिन्न व्यक्तिहरुलाई यूके पठाइदिन्छु भनि रकम लिई ठगी गरेकोे भन्ने सामाजिक सञ्जालमा समाचार सम्प्रेषण भइरहेकोले सो तर्फ समेत अनुसन्धान भइरहेको हुँदा पीडित व्यक्तिहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्न जानकारी गराइएको छ ।’ कास्की प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘बैंकिङ्ग कसुर’मा कारबाही हुने:
तीन वर्षपहिले चेक अनादारको मुद्धालाई बैंकिङ कसुर अन्तर्गत नपर्ने भनी सर्वोच्चले गरेको फैसलालाई ‘सच्याएको’ छ । २०७६ असार ९ मा न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले गरेको फैसलालाई पुनरावलोकनमार्फत परिवर्तन गरिएको हो । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासले सो फैसलालाई सच्याउँदै ‘चेक बाउन्स’ अब बैंकिङ कसुर अन्तर्गत पर्ने भन्दै फैसला गरेको हो । यो सँगै चेक अनादार केसमा पक्राउ परेकी दिक्षालाई बैंकिङ्ग कसुर अन्तर्गत कारबाही हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्