२०७९ साल साउन २५ गते नेप्सेले लाजै पचाएर एउटा विज्ञप्ति निकाल्यो । लाखौँ जनताले तिर्ने अरवौं कमिसनबाट चल्ने नेप्सेले एउटा वेवसाइटसमेत गतिलोसँग चलाउन नसकेपछि लाचार बनेर भन्यो – ‘बल्क डाटा एक्सट्र्याट गरियो । जसका कारण लगानीकर्तालाई तथ्यांक हेर्न समस्या भयो ।’ नेप्सेले अझ यस्तो कार्य जारी रहे कानुनी कारवाहीमा जाने चेतावनीसमेत दियो । तर नेप्सेले जारी गरेको यो सूचना, सूचना कम राजनीति बढी थियो भन्ने कुरा कमैले मात्र बुझेका छन् । आफु गतिलो सिष्टम नराख्ने अनि अरुले डाटा चोरे भन्ने । डाटा चोर्नचाहिं दिईराख्ने, अनि चोरीको बात लगाईरहने । अरुलाई बात लगाएर आफु पानीमाथिको ओभानो बन्ने नेप्सेको यो प्रवृति नेप्सेको कमजोर सिष्टमले निकालेको परिणाम बाहेक केहि होइन र हुनै सक्दैन । किनकि २०७७ साउन १३ गते पनि नेप्सेले आफ्नो वेबसाइटबाट डाटा चोरीको प्रयास भईरहेको बताउदै त्यसो कार्य रोक्न र त्यस्ता कार्य नरोकिए कानुनी कारवाही गर्ने विज्ञप्ति निकालेको थियो ।
त्यतिबेला पनि नेप्सेले विज्ञप्ति जारी गर्दै वेवसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्याधिक बढेको, सर्वसाधारणलाई डाटा हेर्न असहज भएको, नेप्सेको वेबसाइटमा कारोबार विवरण ढिलो देखिने गरेको, निश्चित समयको लागि कारोबार विवरण नदेखिने समस्या भएको बताएको थियो । अव यो काम गलत हो भने अहिलेसम्म नेप्सेकै भाषामा भन्दा ती डाटा चोरहरुलाई किन कारवाही नगरेको त र? होइन, उनीहरुले गरेको काम ठिक थियो भने किन फेरी चोरीको बात लगाएको त ? कि यस्तो हो नेप्सेका हाकिम साप र ? अरुलाई कारवाही गर्छु भनेर तर्साएर केहिलाई खुलेआम यो काम गर्न दिने र तिनीहरुबाट तपाईंले केहि दानापानी लिने गर्नुभएको छ र? बजारको यो चर्चालाई होइन भन्ने सक्ने आधार के रु यो काम गलत थिएन भने उनीहरुलाई किन कारवाही गरिएन र ? अनि गलत थिएन भने अहिलेचोरीको बात किन र ?
सबैलाई थाहा छ, नेप्सेको डाटा उसकै तानेर व्यापार गर्नेहरुमा केहि मिडिया, बैंक तथा वित्तीय संस्था, पोर्टफोलियो सेवा प्रदायक, मर्चेन्ट बैंकर्स, इन्भेष्टमेन्ट कम्पनी, डाटा सर्भिस प्रदायकलगायत छन् । उनीहरुले गरेको काम गलत छ भने अहिलेसम्म किन हातमा दहि जमाएर बसेको रु किन उनीहरुलाई कारवाही गर्न नसकेको रु आफ्नाले वा दशैंमा गतिलो कोसेली ल्याईदिनेहरुले गरुन्जेल ठिक, अनि अरुले गरे बेठिक रु यो कुन विधिको शासन हो नेप्सेका हाकिम साप १ नेप्सेको कुर्सीमा बसेपछि अलिकति त लाज मान्नुपर्छ नि, पर्दैन र र?
नेप्सेले आफैं भनेको छ, हामीले कसैलाई पनि एपीआई दिएका छैनौं र हाम्रो डाटा तान्ने काम गलत हो । अनि गलत हो पनि भन्ने, कारवाही पनि नगर्ने रु कि एस यु क्यान डु इट भन्नुपर्यो, वा नो स्टप इट भन्नुपर्यो । एस र नोको बीचमा त करप्सन हुन्छ भन्ने तथ्य सबैलाई थाहा छ । र बुझ्न गाह्रो छैन नेप्से त्यहि एस र नो बीचको करप्सनमा लिप्त छ र उ बर्षौंदेखी नेप्सेको खोल ओढेर डाटा चोरीको कामलाई आफ्नाले गरे ठिकै हो र अरुले गरे गलत हो भनिरहेको छ।
अव यसमा दुई कुरा छन् ।
एक, नेप्सेले कार्यविधि बनाएर डाटा सेयर गर्ने काममा सबैलाई खुला गर्नुपर्छ । किनकि डाटा तानेर तान्नेहरुले भन्दा बढी तान्न नदिएर नेप्सेले गलत काम गरिरहेको छ । आफु एउटा गतिलो सिष्टम नबनाउने अनि बाहिरी मान्छेले हामी बनाउञ्छौ भन्दा पनि नदिने काम त पूरापूर भ्रष्टाचार हो ।
यसो त नेप्सेले ुडाटा शेयरु गर्ने कार्यलाई व्यवस्थित गर्न यसअघि एपीआई लिन मिल्ने पोलिसी बनाएको थियो । नेप्सेले सो पोलिसी बनाएर अप्रुभलका लागि नेपाल धितोपत्र बोर्डका अध्यक्षसमक्ष पुर्याएको थियो । आफ्नाहरुले चोर्दासम्म सुटुक्क चोर्न दिने र सबैले पाउने भएपछी आफ्नाले बाहेक अरुले तिर्नै नसक्ने नियम बनाएर नेप्सेले मनपरी गरेको चाल पाएपछि धितोपत्र बोर्डले शुल्क घटाएर पुनस् सो फाइल ल्याउनु भनेको थियो । तर यहिबीच भीष्मराज ढुंगाना विवादमा मुछिए र यो काम सेलायो । अहिले नेप्से बोर्डले यो काम अगाडी बढाएन भनेर बोर्डलाई दोष दिएर आफु पानीमाथिको ओभानो बनिरहेको छ ।
अव रह्यो कुरा, एपीआई दिन किन समस्या भयो रु कुरा प्रष्ट छ, नेप्सेका हाकिमहरुलाई केहि निश्चित मान्छेले बार्षिक रुपमा राम्रो कोसेली पठाउछन् र नेप्से त्यसैमा बिकेको छ । एपीआई पोलिसी स्वीकृत भएर कार्यान्वयन हुने हो भने एकातर्फ नेप्सेको पानि आम्दानी बर्ध्छ भने अर्कोतर्फ लगानीकर्ताले पनि धेरै थरी डाटालाई धेरै तरिकाबाट विश्लेषण गर्न पाउँछन् । न चोरीको बात लगाउनुपर्यो, न सिष्टम सुधार्न पैसा पुगेन भनेर रुवाबासी गर्नुपर्यो ।
अव कुरा रह्यो, नेप्सेले एपीआई नदिउञ्जेल डाटा तान्न पाइन्छ कि पाइदैन । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने यो पब्लिकलाई दिने डाटा हो, त्यसैले नेप्सेको डाटा तान्न पाइनुपर्ने हो । तर नेप्सेले नै पाइन्न भनेपछि पाइन्न भन्ने तर्कलाई पनि गलत तर्क मान्न सकिन्न । तर केहिले बर्षौंदेखि डाटा तान्दा पनि चुप लाग्ने अनि आफ्नो सिष्टममा अलिकति समस्या आउँदा डाटा चोरी भयो भनेर रुवाबासी गर्नु भने गलत मात्र होइन, लाचारीपनको पराकाष्टा नै हो । यसमा त नेप्सेलाई अलिकति भएपनि लाज मान्नुपर्ने थियो । तर लाज जति नजिकै रहेको टुकुचा खोलामा बगाएर भ्रष्टाचारमा लिप्त भएका नेप्सेका उच्च अधिकारीहरुलाई कुनै लाज लाग्दैन । र त आफ्नो गल्ती वा कमजोरी लुकाउन पर्दा एउटा विज्ञप्ति फालिदियो, माफियाहरुलाई हँसायो, केहि बोल्न नसक्नेहरुलाई अत्तायो, बस् ।
नेप्सेको यस्तो चर्तिकला देखेर त कहिलेकाहीं धेरैलाई यस्तो लाग्दो हो, पूर्व संचारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रममा एउटा डायलग बोलेका थिए नि, लाज पचेका नकचराहरुलाई, टुडीखेलमा राखेर, उडेर, घुमाएर एक एक किक हान्न मन छ, त्यो पनि नाकको डांडी भाँचिने गरी, हो त्यो डायलग चाहिं नेप्सेकै हाकिमलाई भनेका पो रहेछन् कि १ नेप्सेका हाकिम साप १ लौ न अलिकति त शरम गर्नुस् !
कि छिटो भन्दा छिटो एपीआई दिनुस्, कि डाटा तान्न पाइन्न बन्द गर्नुस भनेर सबैलाई बन्द गर्न लगाउनुस । कि एस भन्नुस कि नो भन्नुस । घुस दिनेलाई एस र दिन नसक्नेलाई नो नभन्नुस । नतर्साउनुस, नधम्काउनुस । नेप्सेजस्तो गरिमामय संस्थाको अलिकति भएपनि इज्जत राख्नुस् । टुकुचामा नेप्सेको इज्जत नबगाउनुस ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्