काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा डामेको ‘विवादित’ नेतृत्वका कारण एनएमबि क्यापिटलको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई नाबिक्दा क्यापिटल तनावमा परेको छ । कम्पनीको फण्डमा गरिने लगानी ‘कन्फर्म घाटामा जाने’ लगानी हो भन्ने तथ्य पुष्टी नजिक पुगेपछि यसमा लगानीकर्ताको आकर्षण घटेको छ । त्यसमाथि कम्पनीको अध्यक्ष नै भ्रष्टाचारको मुद्धा लागेका व्यक्ति भएकाले र यहि कारण व्यवस्थापन पनि विवादित भएकाले लगानीकर्ताहरु थप हच्किएका हुन् ।
एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने भदौ ९ गते अन्तिम दिन हो। क्यापिटलले निष्कासन गरेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड, पछिल्लो समय निष्कासन भएकाहरुमध्येकै ‘फ्लप’ हुने निश्चितप्राय भईसकेको छ ।
लगानीकर्ताले १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्ने यो फण्डमा यति पनि आवेदन नपर्ने देखिएपछि अहिले कम्पनी जसरी पनि इकाई बेच्न हारगुहार गरिरहेको छ। यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । जसका अध्यक्ष पशुपति मुरारका भ्रष्टाचारका अभियुक्त हुन् ।
एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखी योजना हो । अहिले बजारमा यस्ता फण्ड १० रुपैयाँभन्दा सस्तोमा पाइन्छन् । तर यो फण्ड किन्न प्रति इकाई १० रुपैयाँ लगानी गर्नुपर्छ । क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको छ । त्यतिबेला लगानीकर्ताको अविश्वास अहिलेको जस्तो थिएन । तर पछिल्लो फण्डमा त लगानीकर्ताहरु हदैसम्म अनिच्छुक देखिएका छन् ।
आवेदन दिएकाहरुले सोध्न थाले -‘फिर्ता गर्न मिल्दैन ?’
अझ खास कुरा त के छ भने यो फण्डमा अरु कम्पनीको आईपीओजस्तो हो भनेर लगानी गर्नेहरुमध्ये कतिपय अहिले पछुताईरहेका छन् । कम्पनीको विवादित नेतृत्वबारे बुझेपछि कतिपय लगानीकर्ताले ‘भरिहालियो, अव फिर्ता गर्न मिल्दैन ?’ भनेर सोधिरहेका छन् । कतिपयले अर्थ सरोकारको समाचार पढेपछि अर्थ सरोकारको कार्यालयमै फोन गरेर सो फण्डमा दिएको आवेदन कसरी फिर्ता गर्ने भनेर सोधिरहेका छन् । उनीहरुले सुरुमा राम्रै कम्पनी हो भनेर लगानी गरेको तर पछि बुझ्दै जाँदा घाटाको लगानी रहेछ भन्ने थाहा पाएकाले त्यस्तो आवेदन आफुले फिर्ता गर्न चाहेको बताईरहेका छन् । यता कम्पनीले भने आवेदन दिईसकेको हकमा निश्चित समयपछि आवेदन फिर्ता लिने प्रावधान नै नरहेको बताएको छ । ‘सबैतिर विवाद बढेपछि हामीलाई नै पनि यो आवेदन फिर्ता लिन मिल्दैन भनेर धेरैले सोधिरहेका छन् ।’ एनएमबि क्यापिटलका एक कर्मचारीले भने -‘तर निश्चित समयपछि दिएको आवेदन फिर्ता गर्ने सिष्टम नै छैन ।’
यसअघि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्