×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत : खुल्ने भयो ब्रोकर लाइसेन्स, नियमावलीको पाँचौं संसोधन सार्वजनिक (हेर्नुहोस् संसोधित नियमावली)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अन्तत : खुल्ने भयो ब्रोकर लाइसेन्स, नियमावलीको पाँचौं संसोधन सार्वजनिक (हेर्नुहोस् संसोधित नियमावली)

राधिका श्रेष्ठ

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लामो समयको रस्साकस्सी र ब्रोकरहरुको चलखेलका बाबजुत  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी)  पाचौं संसोधन नियमावली, २०७९ धितोपत्र बोर्डले सार्वजनिक गरेको छ । क्याबिनेटबाट पास भई प्रमाणीकरणसमेत भएर आएपछि बोर्डले तुरुन्तै यसलाई सार्वजनिक गरेको हो । बोर्डमा बुधबारमात्रै सो नियमावली पास भएको औपचारिक पत्र आएको थियो । बुधबार नै सो नियमावलीको पाचौँ संसोधन बोर्डको वेवसाइटमा अपलोड गर्न बोर्ड अध्यक्ष रमेश हमालले निर्देशन दिएका थिए । सोहि अनुरुप बुधबार अबेर सो संसोधन बोर्डको वेवसाइटमा अपलोड भएको हो ।

ब्रोकरहरुको चलखेलका कारण तत्काल लाइसेन्स वितरण नहुनेगरी भाषा बिगारिएको चौथो संसोधनलाई धितोपत्र बोर्डले पुन: संसोधनका लागि क्याबिनेट  पठाएको थियो । यो संसोधन रोक्न ब्रोकरहरुले निकै प्रयास गरेका थिए । यसअघिको चौथो संसोधनमै ब्रोकर लाइसेन्स तत्काल नखोल्नेगरी भाषामा राजनीति गरेर ब्रोकरहरुले ठुलै चलखेल गरेका थिए । तर रमेश हमालले पनि कुनै पनि हालतमा तत्काल ब्रोकर लाइसेन्स खुल्नेगरी नियमावली संसोधन बोर्डले पारित गरेकाले क्याबिनेटबाट पास भएको संसोधनमा असन्तुष्टी जनाउँदै पुन: संसोधनका लागि पठाएका थिए ।
संशोधित नियमावली अनुसार अव तत्काल ब्रोकर लाइसेन्स खुल्नेछ भने त्यसपछि अर्को ३ बर्षमा पुन: लाइसेन्स खुल्नेछ ।  ब्रोकर लाईसेन्सको लागि ३० दिनको अवधि  राखेर सूचना प्रकाशन गर्ने र ३५ दिन भित्र बोर्डले लाईसेन्स दिई सक्ने व्यवस्था गरिएको छ । अन्य व्यवस्था चौथो संसोधनकै अनुसार छ । पाचौँ संसोधन सार्वजनिक भएपछि लगानीकर्ताले बोर्ड अध्यक्ष हामालको खुलेरै प्रशंसा गर्न थालेका छन् । धेरैले यसलाई हमालले गरेको आँटिलो र ऐतिहासिक कामसमेत भनेका छन् ।
अघिल्लो संसोधनको निरन्तरता अनुसार नै नियमावलीमा सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर गरी तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गरिएको छ । जसमा न्यूनतम चुक्ता पूँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँसम्म कायम गरिएको छ । नियमावली अनुसार सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पूँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पूँजी ६० करोड र स्टक डिलरको चुक्ता पूँजी डेढ अर्ब तोकिएको छ । हाल संचालन भईरहेका ब्रोकरहरुको हकमा भने उनीहरुले पूँजी बढाउका लागि ३ बर्ष समय पाउनेछन् ।
बोर्ड अध्यक्ष रमेश हमालका अनुसार अवको केहि दिनमा नयाँ लाइसेन्सका लागि औपचारिक प्रक्रिया सुरु हुनेछ । ‘यो मेरो मात्र होइन सबैको जित हो । केहि दिनमा लाइसेन्सको आह्वान हुनेछ ।’ बोर्ड अध्यक्ष हमालले अर्थ सरोकारसँग भने- ‘लगानीकर्ताका पक्षमा अन्य धेरै काम गर्न बाँकी छ।’
हेर्नुहोस् सो नियमावलीको पाचौँ संसोधन
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी