×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

…र त्यसपछि घटेन ब्रोकरको प्रस्तावित पूँजी बढोत्तरीको सिमा, प्रधानमन्त्रीले नै भनेका थिए- ‘गो अहेड हमालजी’ !

काठमाडौ । ब्रोकरहरुको चलखेल र दौडधुपको प्रयासका वावजुत पनि सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली-२०६४ संशोधन गरेको छ । यो संसोधनसँगै अहिलेका ब्रोकरहरुको चुक्ता पूँजी ३० गुणासम्मले बढेको छ । सो नियमावली संसोधन भएसँगै अव बजारमा ब्रोकरको कोटा प्रणाली सधैंका लागि हटेको छ भने मापदण्ड पुगेका सबैले सेयर ब्रोकर लाइसेन्सका लागि आवेदन दिन पाउने भएका छन् । सो नियमावली संशोधन भएसँगै ब्रोकर तीन तहमा विभाजित भएका छन् भने नयाँ व्यवस्था अनुसार अब ब्रोकर कम्पनीको पूँजी २० करोड, ६० करोड र २ अर्ब रुपैयाँ रहनेछ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका अनुसार अव  ब्रोकरको काम गर्नका लागि न्यूनतम २० करोड, डिपी सेवा दिन र मार्जिन कारोबार सञ्चालन गर्न न्यूनतम ६० करोड र धितोपत्र व्यापारीको काम गर्नका लागि न्यूनतम २ अर्ब चुक्ता पूँजी हुनुपर्नेछ । आवश्यक मापदण्ड पुगेकाले सिधै ब्रोकर लाइसेन्सका लागि आवेदन दिने पाउनेछन् भने आवेदन दिएको निश्चित समयभित्र बोर्डले ‘एस’ वा ‘नो’ भन्ने जानकारी दिईसक्नुपर्नेछ । यसमा बोर्डको अध्यक्षको समेत भूमिका खासै नरहने भएकाले यो प्रक्रिया निकै पारदर्शी रहेको उनको भनाई छ ।
‘२ करोडको कम्पनीलाई कसरी विश्वास गर्ने भन्ने प्रश्न थियो । अव पूँजी बढेपछि कम्पनीप्रतिको विश्वास पनि बढ्नेछ ।’ बोर्ड अध्यक्ष हमालले अर्थ सरोकारसँग भने, ‘कहीं कतै नभएको कोटा प्रणालीले सेयर बजारलाई सार्है नराम्रो असर गरिरहेको थियो । अव ब्रोकर कम्पनीलाई फ्रि इन्ट्री र फ्रि एक्जिटको व्यवस्था हुँदा यसले सेयर बजारलाई थप बलियो बनाउनेछ ।’
र त्यसपछि घटेन ब्रोकरको प्रस्तावित पूँजी बढोत्तरीको सिमा
यसो त अहिले भएका सेयर ब्रोकरहरुले पनि सकेसम्म सो नियमावली पास नै हुन नदिने, वा केहि गर्न नसके पूँजी घटाउनेगरी लविङ गरेका थिए । बोर्ड केहि पूँजी घटाउन तयारसमेत भएको थियो । तर कि त केहि मात्रामा पूँजी घटाउने, कि त १ बर्ष अहिलेका ब्रोकरहरुलाई पूँजीवृद्धिका लागि समय थप दिने भन्ने विषयमा बोर्ड अडिग बनेपछि अन्तत: अर्थ मन्त्रालय पनि ब्रोकरहरुलाई समय थप गर्ने र पूँजी नघटाउने भन्ने निर्णयमा पुगेका थिए । यो नियमावलीबारे अनेक प्रश्न उठ्दा बोर्ड अध्यक्ष हमाललाई मन्त्रालयका अधिकारीले पनि विभिन्न प्रश्न-प्रतिप्रश्न गरेका थिए । तर बोर्ड अध्यक्ष हमालले सबै कुरामा उनीहरुलाई कन्भिन्स गराएपछि अन्तत: यो नियमावली लगानीकर्ताको हितमा हुने भन्दै मन्त्रालय पनि बोर्डको प्रस्तावमा राजी बनेको थियो ।
प्रधानमन्त्रीले नै भनेका थिए, ‘गो अहेड हमालजी’ 
यसो त ब्रोकरहरुको चौतर्फी लविङपछि प्रधानमन्त्रीले समेत बोर्ड अध्यक्ष हमाललाई यस विषयमा बुझ्न बोलाएका थिए । तर सबै कुरा सुनिसकेपछि प्रधानमन्त्रीले पनि यो नियमावली संसोधनमा कुनै पनि गलत व्यवस्था नभएको र यसले नेपाली सेयर बजारलाई निकै राम्रो गर्ने कुरामा आफु कन्भिन्स भएको बताएपछि यो नियमावली संसोधन भएको थियो । बोर्ड अध्यक्ष हमालको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री स्वयमले पनि ‘गो अहेड’ भनेको प्रधानमन्त्रीको सचिवालय स्रोत बताउँछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: