×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकमा निक्षेपकर्ताको करोडौं रुपैयाँ गायब, व्यवस्थापक भन्छन्-‘मैले पैसा चलाएको हो, तिर्छु’ (भिडियो)

काठमाडौँ । माछापुच्छ्रे बैंकमा निक्षेपकर्ताको करोडौं रुपैयाँ हराएको छ । निक्षेपकर्ताले बैंकमा जम्मा गरेको रकम खातामा नभएको पाइएपछि बैंकको साखारहित बैंकिङबाट करोडौं रुपैयाँ हिनामिना गरेको रहस्य बाहिरिएको हो । माछापुच्छ्रे बैंक लिमिटेडले ०७५ सालमा रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोहिणीहवामा सञ्चालन गरेको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालयमा स्थानीयले जम्मा गरेको करोडौं रुपैयाँ हिनामिना भएको खुलेकोबैंकको खाताबाट नै पैसा गायब भएपछी अहिले निक्षेपकर्ताहरु बैंकविरुद्ध उत्रिएका छन् । बिरोधमा उत्रिएकाहरुले बैंकले साखारहित बैंकिङ सेवाका नाममा भएको करोडौंको घोटालाका विषयमा छानविन गर्न आलटाल गरेको आरोपसमेत लगाएका छन् ।

भएको के हो ?
घटना लुम्बिनीको हो । लुम्बिनीस्थित एक साखारहित बैंकिङ सेवामार्फत माछापुच्छ्रे बैंकमा पैसा जम्मा गरेका निक्षेपकर्ताको रकम बैंकको खातामा जम्मा नै नभएको खुलासा भएको हो । रूपन्देहीको सम्मरीमाईस्थित बैंकको साखारहित बैंकिङ सेवामार्फत बैंकमा खाता खोलेर रकम जम्मा गरेका कसैको पनि रकम बैंकको खातामा जम्मा भएकै रहेनछ । निक्षेपकर्तासँग बैंकको भौचर पनि छ, बैंकको एटिएम पनि छ । तर खातामा पैसा छैन । यसरी बैंकमा करोडौं रुपैयाँ घोटाला हुँदा अहिले आफुले दुख गरेर बैंकमा पैसा जम्मा गर्नेको बिजोग भएको छ । विदेशबाट श्रीमानले पठाएर बैंकमा जम्मा गरेको पैसा, ठेलागाडा चलाएर कमाएर बैंकमा जम्मा गरेको पैसा लगायत निम्न आयस्रोत भएकाहरुको रकम माछापुछ्रे बैंकबाट गायब भएको छ ।


१ होइन, २ होइन सो क्षेत्रका १ हजारभन्दा धेरै विपन्न परिवारको रकम माछापुच्छ्रे बैंकबाट हराएको छ । बैंकको साखारहित काउन्टरबाट बदमासी भएको चाल पाएपछि बैंकले सूचना नै टाँस गरेर सो काउन्टर सेवा कार्यालय बन्द त गरेको छ, तर निक्षेपकर्ताको करोडौं रुपैयाँ हिनामिना हुँदा पनि बैंकले यस विषयमा जुन तदारुकताका साथ अनुसन्धान गर्नुपर्ने हो, त्यसरी अनुसन्धान भने गरेको छैन ।निक्षेपकर्ताले आफुले डिपोजिट गरेको रकम बैंक खातामा नरहेको चाल पाएपछि बैंक पुगे । बैंकले सुरुमा उनीहरुलाई थुमथुम्यायो । पैसा फिर्ता गर्छौं भन्ने आश्वासन पनि दियो । तर हप्तौं बितिसक्दा पनि आफ्नो पैसा फिर्ता नभएपछि निक्षेपकर्ताले बैंकमा उजुरीसमेत दिए । तर बैंकले उजुरीसमेत लिन मानेन । अहिले बैंकले हजार बढी निक्षेपकर्तालाई दिनरात रुवाएको छ ।पीडीतहरु भन्छन्- सेवा कार्यालय सञ्चालन गर्न भनी बैंकले नियुक्त गरेका प्रतिनिधि र स्वयं बैंकका जिम्मेवार कर्मचारीको समेत संलग्नता र मिलेमतोमा घटना घटेको छ । आफुले दुख गरेर कमाएको पैसा बैंकबाट नै गायब भएपछी अहिले पीडीतहरु आक्रोशित छन् ।
यता माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण केसीका अनुसार स्थानीय निरञ्जन पाठकलाई शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न बैंकले एजेन्ट तोकेर कारोबार गर्न जिम्मा लगाएको र पछि त्यस कार्यालयको कारोबार सन्तोषजनक नदेखिएपछि शाखा बन्द गरी छानबिन तथा अनुसन्धान गरिरहेको छ । बैंकका एक उच्च अधिकारीका अनुसार यस विषयमा तथ्य बाहिर आएपछि बैंकले अनुसन्धान टोलीसमेत सम्बन्धित ठाउँमा पठाएको छ । तर आक्रोशित भीडले जे पनि गर्न सक्ने भन्दै उनीहरु गोप्य रुपमा घटनाको अनुसन्धान गरिरहेका छन् ।

पीडीतहरु भन्छन्- ‘माछापुच्छ्रे बैंकले बर्बाद बनायो’

बिहीबार घटनाबारे बुझ्न पुगेका संचारकर्मीहरुसँग पीडीतहरु रुँदै भन्दै थिए- ‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन ।’ ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ । माछापुच्छ्रे बैंकले बर्बाद बनायो’ सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्दै थिए,सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा छन् । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उनीहरूले महिनैपिच्छे पठाएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आए । तर बैंक स्टेटमेण्टमा उनको खातामा पैसा छैन ।

गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उनी बैंकको भैरहवा शाखामा पैसा निकाल्न गए, उनको खातामा मात्र ९० हजार मात्र रहेको थाहा पाए । यो अवधिमा उनले सो बैंकमा चार लाख जम्मा गरिसकेको बताउँछन् । अहिले उनी बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहेका छन् ।

सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुच्छ्रे बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार जम्मा गरे । उनको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उनले बैंकमा निवेदन दिन गए तर बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उनको गुनासो छ ।

बैंक व्यवस्थापकले स्वीकारे गल्ती, तर गरिएन पक्राउ !

बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताए । उनले भने- ‘मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।’ सेवाग्राहीको दाबी सबै सत्य नभएको र एक करोड ३२ लाख मात्र अनियमित भएको उनको भनाइ छ । व्यवस्थापकले यसरी गल्ती स्वीकार्दा पनि उनलाई प्रहरीले पक्राउ गरेको छैन ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: