काठमाडौँ । सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराइज फोकस्ड इक्वीटी फण्ड पब्लिकले नरुचाएको स्वीकारेका छन् । आफ्नो म्युचुअल फण्डलाई पब्लिकबाट खासै राम्रो प्रतिक्रिया नआएको बताउँदै उनले पब्लिकका तर्फबाट आफ्नो म्युचुअल फण्ड नरुचाइएको स्वीकारेका हुन् ।
‘पब्लिकबाट खासै राम्रो रेस्पोन्स आएन । अव संस्थागत लगानीकर्ताकै भर हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘प्रचारप्रसार पनि प्रभावकारी देखिएन । पब्लिकबाट जस्तो रेस्पोन्सको अपेक्षा थियो, त्यो भएन । अव संस्थागत लगानीकर्ताले लगानीकर्तामै फोकस गर्ने योजनामा छौं ।’
उनका अनुसार सनराइजको म्युचुअल फण्ड (सनराइज फोकस्ड इक्वीटी फन्ड पूरा नबिक्ने लगभग पक्कापक्की भएको छ । ‘पब्लिकले थाहा पाउनुपर्नेजति पनि थाहा नभएको हो कि भन्ने निष्कर्ष छ हाम्रो । भरेकाले पनि १० कित्तामात्र भरेका छन् । १ अर्व २० करोडको बराबरको इकाईमध्ये संस्थागतसमेत गरेर १ अर्वचाहिं हुन्छ कि भन्ने छ । तर हाम्रो फण्ड नबिक्ने पक्का छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
तोकिएको समयमा फण्ड बिक्री नभएपछि सनराइज क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय माघ २४ गतेसम्मका लागि लम्बाईएको थियो ।तर माघ २२ गतेसम्म पनि फण्डको ५० प्रतिशतभन्दा बढी इकाई बिक्री भएको छैन । ‘सबैले अन्तिम दिन कुर्नुभएको छ । पब्लिकबाट त खासै रेस्पोन्स नै आएन । अव संस्थागत लगानीकर्ताले पनि अन्तिम दिन कुर्नुभएको देखिएको छ ।’ सीइओ श्रेष्ठले अर्थ सरोकारसँग भने ।
क्यापिटलले माघ १० गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको सनराइज फोकस्ड इक्विटी फण्ड बिक्री खुला गरेको थियो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड १० बर्ष अवधिको बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ ।
सो फण्डमा माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । तर खासै फाइदा नहुने देखेपछि अहिले लगानीकर्ता यो फण्डमा आकर्षित छैनन् । आवेदन दिन छाएकाहरुले सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्