Skip to content
LAXMI SUNRISE BANK

सुदूरका कानूनमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो 

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री सवार गाडी दुर्घटनामा भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ४८० नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको बताइएको छ ।

दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएको र मन्त्रीको खुट्टा र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK