Skip to content
LAXMI SUNRISE BANK

सुरू भयो ह्वावे डिजिटल नेपाल कन्क्लेभ, प्रधानमन्त्रीद्वारा उद्धघाटन

अर्थ सरोकार

काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ मा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति रहेको थियो ।

यस्तै, अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्व मन्त्री गणेश शाह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, क्यान महासंघका अध्यक्ष रञ्जीत पोदार, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायत नेपाल सरकारका उच्च अधिकरी, साझेदार संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तित्व लगायतको उपस्थिति रहेको थिय ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रूपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयास स्वरूप २ दिने कन्क्लेभ आयोजना गरिरहेको बताएका थिए ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रडण्डले डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी रहेको बताए । सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनले जानकारी दिए । सरकारले डिजिटल डिभाइड कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिएको बताउँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकासका लागि आवश्यक नीति बनाएर छिटो कार्यान्वयनमा ल्याइने बताए ।

यस्तै कार्यक्रमको फायरसाइड पावर संवादमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससँगै सोचाइमा पनि परिवर्तन बताइन् । ‘सुरूमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ। सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ ।’

सबै नागरिकमाझ सूचना प्रविधिको पहुँच पर्‍याउन सरकारले काम गरिरहेको र यस क्षेत्रको विकासका लागि आवश्यक नीति बनाउने तथा परिमार्जन गर्ने काम मन्त्रालयले गरिरहेको उनको दावी छ ।

उद्धघाटन शत्रमा डिजिटल क्यापाबिलिटजको बारे वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डिजिटल पोलिसी क्यापाबिलिटज विषयमा चाङ हाक चोई,ह्वावे एशिया प्यासिफिक क्षेत्रका सिनियर इन्डष्ट्री सोलुसन एक्सपर्ट ली युन सेङ र डिजिटल नेपाल पहलको बारेमा सञ्चार सचिव कृष्ण बहादुर राउतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK