×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बोर्ड पूँजी बजारको सुधारमा तल्लीन छ, आगामी २ महिनाभित्रमा ९३ वटा ब्रोकर हाउस सञ्चालनमा आउँछन्’- रमेश हमाल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘बोर्ड पूँजी बजारको सुधारमा तल्लीन छ, आगामी २ महिनाभित्रमा ९३ वटा ब्रोकर हाउस सञ्चालनमा आउँछन्’- रमेश हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमालले अबको दुई महिनाभित्रमा ९३ वटा ब्रोकर सञ्चालनमा ल्याउने बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

पूँजी बजार सुधारका लागि अहोरात्र खटिएको दाबी गर्दै हमालले लगानीकर्ताको चाहना अनुसार नयाँ ब्रोकर थप्ने कार्यलाई तिव्रता दिएको बताएका छन् । ‘हामीले हाल थप १८ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएका छौं ।’, उनले भने, ‘हाल ब्रोकरको संख्या ६८ पुगेको छ । अबको दुई महिनामा ९३ ब्रोकर सञ्चालनमा ल्याउँछौं ।’ त्यस्तै, उनले पछिल्लो सयम थप १८ ब्रोकरलाई लाइसेन्स दिएको बताउँदै अर्को वर्षदेखि भने त्यसलाई कमोडिटी एक्सचेञ्ज अनुसार सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी दिएका छन् ।

पछिल्लो समय बोर्डका कार्यलाई डिजिटलमा प्रविधिसंग जोडेर कार्य गर्दै आएकोले काममा उल्लेखित सुधार भएको र पूर्ण रुपमा डिजिटल टोक्नोलोजिमा रुपान्तरण गरेर आईपीओ प्रणालीलाई बढीमा ४५ दिनको स्वीकृति दिने गरि काम गर्ने हमालले बताए । ‘डिजिटल टोक्नोलोजिमा उल्लेख्य फड्को मारेर हामीले हाम्रा आइपीओ प्रणालीलाई बढीमा ४५ दिनमा स्वीकृति दिनेगरि बाँकी सबै कुराहरु इलेक्ट्रोनिक प्रणालीमार्फत पेपरलाई घटाएर हामी अगाडी बढ्नुपर्ने छ ।’, उनले भने, ‘देशको अर्थतन्त्रमा योगदान गर्ने गरि निजी इक्विटी र भेन्चर पूँजीको माध्यमबाट राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुग्ने गरि पूँजी विविधिकरणका लागि उद्यमशीलताको विकास गर्न नेप्सेमा एस्एमसि प्याटफर्म गठन गर्न लागेका छौँ ।’

‘प्राइभेट इक्विटी र भेन्चर पूँजीको उचित माध्यमबाट राष्ट्रिय पूँजी निर्माणमा सहयोग गर्ने, इकोनोमिको विविधिकरणका लागि सिस्टम्याटिक बाटो खोल्ने र त्यसमार्फत उद्यमशीलताको प्रर्वद्धन र विकास गर्न एस्एसी प्याटफर्म खडा गर्दै छौं ।’, बोर्ड अध्यक्ष हमालले भने, ‘अहिले यो प्रस्ताव अर्थ मन्त्रालयमा छ । केही समयपछि क्याविनेटबाट पास भएपछि त्यसलाई लागू गर्नासाथ भेन्चर क्यापिटल र प्राइभेट इविक्टीको पूर्ण इकोसिस्टम नेपालमा पहिलो पटक तयार हुन्छ ।’

उक्त इकोसिस्टम निर्माण पछि नेपालमा लगानी गर्न चाहने साना तथा मध्यम स्टार्टअप कम्पनीका लगानीकर्ताहरुलाई पनि बिना धितो लगानी गरेर काम गर्ने वातावरण निर्माण हुने बोर्ड अध्यक्ष हमालको छ ।
त्यस्तै, उनले नेपालको अर्थतन्त्रलाई विविधिकरण गर्नका लागि सेकेन्डरी मार्केटमा एनआरएनएहरुलाई समेत ल्याएर अर्थतन्त्रको तरलता र पूँजी निर्माणको यात्रामा फड्को मार्ने गरी काम गर्ने भन्दै त्यसका लागि उच्चस्तरीय कमिटी नै बनाएर काम गरिरहेको जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: