×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु

PRIME CA
GLOBAL IME BANK

शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु

२१ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँण लगायतका अभियुक्तहरुसँग थुनछेक बहस सुरु भएको हो । बहसका लागि अहिले अभियुक्तहरुलाई जिल्ला अदालत ल्याइएको छ ।

पुर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक बहसमा पूर्व महान्यायधिवक्तादेखि नेपाल बार एसोशियसनका अध्यक्षसम्मलाई उतार्दै छन् । जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती हुन् । उनी गृहमन्त्री छँदा खाती महान्यायधिवक्ता थिए । उनको पक्षबाट बहसमा उत्रिने सबै अधिवक्ताको नेतृत्व खातीले नै गर्ने छन् । टोलीमा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरे पनि सहभागि छन् । त्यस बाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् ।

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतार्दै छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दैछन् । टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।
पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् ।

अर्का ‘हाइफ्रोफाइल’ अभियुक्त डा. इन्द्रजित राईले पनि बहसका लागि ‘हाइप्रोफाइल’ अधिवक्तालाई नै बहसमा उतार्ने तयारी गरेका छन् । तर, उनले बहसमा उत्रिने अधिवक्तको सूची भने अदालतमा पेश गरिसकेका छैनन् । सरकारी वकिलकोतर्फबाट बहसमा सात सरकारी वकिल उत्रिँदैछन् । टोलीको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी पोखरेलले गर्दै छन् । उनको टोलीमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनि र प्रकाश घिमिरे सहभागि छन् ।

अभियुक्त विरुद्धको थुनछेक बहस आज(आइतवार)बाट सुरु हुनेछ । बहस साता दिनसम्म चल्ने छ । घटनामा १६ अभियुक्त पक्राउ परेका छन् । १२ फरार छन् । अनुसन्धानको ६० दिनपछि अभियुक्त विरुद्ध अदालतमा मुद्या दर्ता भएको थियो । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्या चलाइएको छ । टोपबहादुरको पक्षमा पनि प्रतिष्ठित वकिलहरुले बहस गर्दैछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: