×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सोनापुर मिनरल्सको आईपीओको ‘हरिबिजोग’, स्थानीयलाई खुला गरिएको सेयर ६ प्रतिशत पनि बिकेन, यस्तो छ कारण

SAGARMATHA CEMENTS
काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले निष्कासन गरेको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नभर्दा कम्पनीको आईपीओको ‘हरिबिजोग’ भएको छ । आयोजना प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीयले खुलेरै सो आईपीओ बहिष्कार गरेपछि निष्कासन गरिएको कुल सेयरको करिव ९४ प्रतिशत सेयर नबिकेको हो ।
सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबारसम्म कम्पनीको आयोजना प्रभावितहरुका लागि निष्काशित सेयरमध्ये ६ प्रतिशतभन्दा कमले सो आईपीओ भरेका छन् । सो आईपीओ  खरिदका लागि ४५८ जनाले ९१ हजार ३० कित्ता खरिदका लागि आवेदन दिएको सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । मंगलबार स्थानीयले आईपीओ भर्ने समय सकिएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । तर सो सेयरमा स्थानीयको खासै रुची नै देखिएन ।
कम्पनीले जारी पुँजीको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरिएको थियो ।  निष्काशित सेयरमध्ये १४ लाख ४६ हजार ४९५ कित्ता बिक्री भएन । बिक्री नभएको सेयर अव दोश्रो चरणमा सर्वसाधारणमा जारी हुने सेयरमा थपेर जारी हुनेछ ।
किन बिकेन सेयर ?
यो कम्पनीको सेयर नाबिक्नुका पछाडी दुई मुख्य कारण छन् । पहिलो भनेको कम्पनी स्वयम् नै गतिलो अवस्थामा नभएका तथ्यहरु बाहिर आएपछि लगानीकर्ताहरुलाई यो सेयरमा लगानी गर्ने इक्षा नै भएन । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम छ भन्ने हो । यसै पनि कम्पनीको प्रक्षेपण निकै असान्धर्भिक भएको, सिमेन्टको बिक्री निकै घटिरहेका बेला नाफा भने पछिल्लो ३ बर्षमा बढेको देखाईएको लगायतका तथ्य बाहिर आएपछि पनि यो सेयरप्रति स्थानीयको क्रेज नदेखिएको हो ।
यो कम्पनीको आईपीओ नबिक्नुको अर्को कारण हो, सेयर प्रिमियममा जारी गरिएको थियो ।  कम्पनीले स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँ दरले सेयर निष्काशन गरेको थियो । आयोजना प्रभावित स्थानीयका लागि अंकित मूल्य अर्थात १०० रुपैयाँमै सेयर निष्कासन हुनुपर्ने माग राखिरहेका स्थानीयको माग सम्बोधन नभएपछि सो कम्पनीको सेयर नै स्थानीयले नकिनिदिएका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal