×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

आरम्भ चौतारी लघुवित्त घोटाला प्रकरण : सदस्यहरुको किर्ते तमसुक बनाएर करोडौँ हिनामिना गर्ने अर्का मेनेजर पनि पक्राउ !

SAGARMATHA CEMENTS
काठमाण्डौं । पछिल्लो समय सबैभन्दा बढी हिनामिना र घोटाला प्रकरणमा जोडिएको र बचतकर्ताहरुको रकम हिनामिनामा देशकै सबैभन्दा अगाडी रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका अर्का पूर्व मेनेजर पक्राउ परेका छन् । अनियमितामा संलग्न भएको आरोपमा लघुवित्तका ओखलढुङ्गा शाखाका पूर्व शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा पक्राउ परेका हुन् ।
गत २०७९ फागुन १५ गते तत्कालीन शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले लघुवित्तका विभिन्न समूहका २५७ सदस्यहरुको किर्ते तमसुक बनाएको खुलेको थियो । यसरी किर्ते तमसुक बनाएर नक्कली कागजात खडा गरेर उनले करिव ३ करोड ८४ लाख ३९ हजार ३ सय ६० रुपैया हिनामिना गरेका थिए । आफ्नो पोल खुलेपछि उनी फरार रहेका थिए । अन्तत: उनी पक्राउ परेका छन् ।
बचतकर्ताको पैसा हिनामिना गरेर उनी लुकेर बसेका थिए । उनले सदस्यको पैसा चलाएको स्वीकारेका छन् । यद्यपी संस्थाले भनेजसरी वा भनेजति पैसा भने नचलाएको उनको तर्क छ ।
यसअघि नक्कली ऋणी खडा गरी ८ करोड बढी रकम अपचल गरेको भन्दै सोहि लघुवित्त वित्तीय संस्थाका मेनेजर विवश पाण्डेलाई पक्राउ गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal