×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आत्मह’त्या रोकथाम दिवस : ‘सेयर बजारमा डुबेर लगानीकर्ताले प्राण फाल्ने सिलसिला कहिलेसम्म…? (सम्पादकीय)

अर्थ सरोकार

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार

PRIME CA

आत्मह’त्या रोकथाम दिवस : ‘सेयर बजारमा डुबेर लगानीकर्ताले प्राण फाल्ने सिलसिला कहिलेसम्म…? (सम्पादकीय)

काठमाडौँ । केहि समय अगाडी बिराटनगरका मेहता थरका एक चर्चित सेयर लगानीकर्ताले आत्महत्या गरे । घरमै बिष सेवन गरेका उनको उपचारका क्रममा निधन भयो । बुल बजारमा सेयरमा लगानी गरेका उनी इन्भेष्टमेन्ट कम्पनीका संचालकसमेत थिए । सेयरमा डुबेपछि उनले साथीभाईसँगको पैसाको व्यवहार मिलाउन सकेनन । व्यवहार नमिलेपछि साथीभाईले ‘टर्चर’ दिए । त्यसपछि उनले आत्महत्या रोजे ।
अर्को घटना अहिल्लो बुल बजारको हो । प्राविधिक विश्लेषणमा अब्बल रहेका जीवन श्रेष्ठले बजार बियरिसतर्फ जाँदै गर्दा आत्महत्या गरे । उनको पनि व्यवहार त्यतिबेला नमज्जासँग बिग्रिएको थियो ।
जीवन श्रेष्ठको घटना भएको केहि समयपछि एक सेयर लगानीकर्ताले त आफुमात्र होइन, आफ्नी श्रीमती, र छोराहरुलाई पनि नदीमा हेलाए । संयोगबस्, उनी बाँचे । छोरा र श्रीमतीको निधन भयो । उनी अहिले आत्महत्या दुरुत्साहनको मुद्धामा जेलमा छन् ।
यस्तै, सेयरमा डुबेर आत्महत्याको बाटो रोज्नेहरु धेरै छन् । तर बर्षेनि आजकै दिन मनाईने आत्महत्या रोकथाम सिवास मनाईरहँदा सेयर बजारमा लगानी गर्नेहरुले किन मृत्युको बाटो रोजिरहेका छन् भन्ने तथ्य बुझ्न नियामकलाई फुर्सद छैन ।
सेयर बजार जोखिमको क्षेत्र हो । यसमा लगानी गर्दा पैसा कमाउने मात्र होइन, गुमाउने डर पनि हुन्छ भन्ने विषयको ज्ञान नहुँदा यो क्षेत्रमा धेरै डुबेका छन् । नियामक नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकाय यस विषयमा सचेत हुन आवश्यक छ । सेयर बजार सचेतना कार्यक्रमहरु बढाएर लगानीकर्तालाई सचेत बनाउन जरुरी छ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छन् । पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् ।
घटनाक्रम बाहिर नआएपनि नेपालमा थुप्रै सेयर लगानीकर्ताले सेयरमा घाटा खाएकै कारण आत्महत्या गरिरहेका छन् । यस विषयमा सरकार स्वयम् पनि जिम्मेवार हुनुपर्छ । सेयर लगानीकर्ताहरुलाई मर्नबाट जोगाउने पहिलो दायित्व सरकारको नै हो । यसमा सरकार, भोलि होइन आजै, आज होइन अहिल्यै गम्भीर भएर लाग्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: