Skip to content
LAXMI SUNRISE BANK

वृद्धाश्रम बनाउनुपर्ने भवनमा सुधार गृह बनाउन लागेको भन्दै विरोधमा धनगढीबासी

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा वृद्धा आश्रम भनेर निर्माण गरिएको भवनमा सुधार गृह बनाउन लागिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा स्थानीयसँगको समन्वयबिनै सुधार गृह बनाउन लागिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।

यसअघि वृद्धा आश्रम बनाउने भन्दै निर्माण गरिएको उक्त भवनमा नगरपालिकाले स्थानीयसँग कुनै समन्वय नै नगरी सुधार गृह बनाउने पहल गरेको स्थानीयहरुको आरोप छ ।

‘एउटा प्रयोजनका लागि निर्माण भएको संरचना अर्को प्रयोजनका लागि प्रयोग गर्नु गलत हो ।’, आन्दोलनरत एक स्थानीयले भने, ‘यसमा हाम्रो पूर्ण विमति छ । कुनै पनि हालतमा यहाँ सुधार गृह निर्माण हुन दिदैनौँ ।’

आन्दोलनरत स्थानीले उक्त वृद्ध आश्रम भनेर निर्माण गरिएको भवनमा तालाबन्दी समेत गरेका छन् । साथै उनीहरुले ‘वृद्धा आश्रम भनिएकोमा सुधार केन्द्र चाहिँदैन’ भन्दै नाराबाजीसमेत गरेका थिए । हाल आन्दोलनरत स्थानीय र धनगढी उपमहानगरपालिकाबीच वार्ता चलिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK